तनहुँ । व्यास नगरपालिका कार्यालयमा आर्थिक वर्ष ०७८/०७९ का लागि रु २४ करोड २९ लाख छ हजार ७३६ वितरण गरिने भएको छ । नेपाल सरकारले सूचीकृत गरेका सात हजार ६१३ जनालाई उक्त रकम वितरण गर्न लागेको नगरपालिका कार्यालय तनहुँले जनाएको छ ।
त्रैमासिक बजेट निकासा भई सामाजिक सुरक्षा भत्ता वितरणका लागि चौथो किस्तामा नपुग रकम रु चार करोड २४ लाख ३८ हजार ३३० राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा माग गरिएको छ ।
ज्येष्ठ नागरिक ७० वर्ष पुगेकालाई रु चार हजार, लोपोन्मुख आदिवासी जनजाति र पूर्ण अशक्त अपाङ्गतालाई रु तीन हजार ९९० का दरले सामाजिक सुरक्षा भत्ता वितरण गरिने प्रावधान रहेको व्यासका पञ्जिकाधिकारी विष्णुकुमार श्रेष्ठले जानकारी दिए ।
त्यसैगरी अन्य ज्येष्ठ नागरिक र एकल महिला ६० वर्ष पुगेका, ७० वर्षमुनिका न्यायिक पृथकीकरण, श्रीमान् नभएका, सम्बन्ध विच्छेद गरेका र विधुवा ६० वर्षभन्दा मुनि श्रीमान् बितेकालाई रु दुई हजार ६६० का दरले भत्ता वितरण गर्न लागिएको हो ।
त्यसैगरी, अति अशक्त अपाङ्गता ‘ख’ वर्गका लागि रु दुई हजार १२८, दलित बालबालिकाका लागि रु ५३२ का दरले भत्ता वितरण गरिनेछ । नगरपालिका कार्यालयले आर्थिक वर्ष ०७७र०७८ मा रु २० करोड १७ लाख ४३ हजार ३१५ सामाजिक सुरक्षा भत्ता वितरण गरेको थियो ।
गतवर्षको तुलनामा यसवर्ष ३३ प्रतिशतले वृद्वि भएको व्यास नगरपालिकाका सूचना अधिकारी एवं आलेप नोडल अधिकृत कुमारकञ्चन जीसीले जानकारी दिए । उनका अनुसार गत वर्ष सात हजार ५६१ जनाले सामाजिक सुरक्षा भत्ता बुझेका थिए ।
मृत्यु हुनेको सङ्ख्याको तुलनामा जन्मदर बढी हुने हुँदा वार्षिक १५ देखि २० प्रतिशतले सामाजिक सुरक्षा भत्ता वृद्धि हुने देखिएको उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: