Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

‘उज्यालो चन्द्रागिरि अभियान’: सिसी क्यामरा र सडक बत्ती जडान

खबरडबली संवाददाता

काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले ‘उज्यालो चन्द्रागिरि अभियान’ अन्तर्गत आवश्यकताका आधारमा नगर क्षेत्रमा थप सिसी क्यामरा र सडक बत्ती जडान गर्ने भएको छ । 

नगरपालिकाले पहिलो चरणमा कलङ्की–नागढुङ्गा–पिपलामोड सडक खण्डका विभिन्न स्थानमा ८० थान उच्च प्रविधिको सिसी क्यामरा तथा ५०० सडक बत्ती जडान गरेको थियो । यसबाट सो राजमार्गमा सडक दूर्घटना न्यूनीकरणमा ऐतिहासिक सहयोग मिलेको थियो । नगरपालिकाले चालु नयाँ आर्थिक वर्षमा पनि सो राजमार्गसहित नगरका अन्य अधिकांश मुख्य तथा भित्री सडकमा आवश्यकताका आधारमा सिसी क्यामरा तथा सडक बत्ती जडान गर्ने जनाएको छ । 

यसैबीच नगरप्रमुख घनश्याम गिरीले कलङ्की–नागढुङ्गा– पिपलामोड सडकखण्डमा हुँदै गरेको दोस्रो चरणको सडकबत्ती तथा सिसी क्यामेरा जडान विस्तार कार्यको आज निरीक्षण अनुगमन गरे  । सो अवसरमा उनले भने, “यसअघि पहिलो चरणमा उक्त सडक खण्डमा ८० थान उच्च प्रविधिको सिसी क्यामरा र करिब ५०० थान सडकबत्ती जडान गरिएको थियो  । यसै वर्ष आवश्यकताअनुसार राजमार्गसहित नगरका अन्य अधिकांश मुख्य र भित्री मार्गमा पनि सडक बत्ती जडान गर्ने काम हुन्छ ।”

नगरप्रमुखको पहिलो कार्यकालमा नगरपालिकाको सम्पूर्ण वडालाई सडकबत्ती जडान गर्न बजेट विनियोजित गरिएको उनले  जानकारी दिदैँ तत्कालीन समयमा लगभग आठ हजार थान सडकबत्ती विभिन्न वडामा जडान भएको बताए  । 

उनले भने, “यस आर्थिक वर्षमा उज्यालो चन्द्रागिरि अभियानअन्तर्गत १५ हजार थान सडकबत्ती नगरभरिका मुख्य तथा भित्री मार्ग, धार्मिक तथा साँस्कृतिक स्थल, उद्यानलगायतका सार्वजनिक स्थल तथा अधिकांश स्थानमा जडान गरिनेछ ।” अभियानसँगै यसै वर्ष नगरपालिकाले आवश्यक अधिकांश ठाउँमा ‘फ्रि वाइफाई’ तथा ‘सिसी क्यामेरा’ जडान गरिने नगरप्रमुख गिरीले जानकारी दिए  । यी प्रविधि र बत्ती जडानले नगरक्षेत्रमा दुर्घटना, चोरी डकैती तथा अनियन्त्रित गतिविधि नियन्त्रण हुने जनाइएको छ । उनले भने, “ सुरक्षित  र प्रविधिमैत्री नगरपालिका बनाउन उच्च प्राथमितामा दिएको छु । ”

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending