Khabar Dabali ७ चैत्र २०७९ मंगलवार | 21st March, 2023 Tue

प्रधानमन्त्री देउवाद्वारा पेशागत र व्यावसायिक मर्यादालाई कायम राख्न इन्जिनियरलाई अनुरोध

खबरडबली संवाददाता

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले पेशागत र व्यावसायिक मर्यादालाई कायम राख्न इन्जिनियरलाई अनुरोध गरेका छन् ।  

नेपाल इन्जिनियर्स एशोसिएशनद्वारा आज राजधानीमा आयोजित ६०औँ इन्जिनियर दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले देशलाई समृद्ध बनाउन सडक, पुल, पुलेसा, नहर जलविद्युत् आयोजना तथा सूचना र प्रविधिको विकासको आवश्यकता रहेको बताए । प्रधानमन्त्री देउवाले लागत किफायती, गुणस्तरीय र वातावरणमैत्री पूर्वाधार निर्माण गर्नुनै नयाँ नेपालको आधारशिला भएकाले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । उनले मुलुकको वर्तमान आवश्यकतालाई मध्यनजर गरी इन्जिनियरहरुले दिगो, वातावरणमैत्री र जनताको जीवनयापनमा गुणस्तर वृद्धि हुने गरी कार्य गर्न आवश्यक भएको बताए  । 

नवीनतम विज्ञान र प्रविधिलाई देश सुहाउँदो हुने गरी आवश्यक पूर्वाधार निर्माणका माध्यमबाट देशलाई समृद्ध बनाउन इन्जिनियनरहरु आगामी समयमा थप क्रियाशील हुनुपर्ने आवश्यकता रहेको प्रधानमन्त्री देउवाको भनाइ थियो ।  प्रधानमन्त्री देउवाले राष्ट्रिय विकास र आर्थिक समृद्धिको बाटो कोर्न, जनताको आवश्यकता, चाहना र विश्वको अनुभव तथा रोजाइको परिकल्पनाअनुसारको विकास निर्माणमा अग्रणी भूमिका निर्वाह गर्दै आएका इन्जिनियरहरुको आधुनिक राष्ट्र निर्माणमा योगदान रहेको पनि उल्लेख गरे । उनले इन्जिनियरलाई थप क्षमतावान बनाउनका लागि सम्बन्धित मन्त्रालयसँग छलफल गरेर आवश्यक सहयोग गर्न सरकार तयार रहेको छ भने । उनले पेशागत र व्यावसायिक मर्यादालाई कायम राख्न इन्जिनियरलाई अनुरोध पनि गरे । 

प्रधानमन्त्री देउवाले इन्जिनियरहरुले मुलुकको विकास निर्माणमा पु¥याएको योगदानको प्रशंसा गरे । उनले इन्जिनियर विकास निर्माणका अभियन्ता र परिवर्तनका संवाहक भएको बताए । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले मुलुकको आधुनिक विकासको खाका कोर्न प्रयत्नशील क्षमतावान र ऊर्जाशील इन्जिनियरको योगदानको प्रशंसा गर्दै आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको पूर्वाधार निर्माणमा विशेष ध्यान दिनुपर्ने बताए । उनले नेपाललाई विकासशील राष्ट्रको स्तरमा पु¥याउनका लागि दिगो संरचनाको निर्माण अनिवार्य रहेको र यसका लागि सरकारी तथा निजी क्षेत्रका इन्जिनियरको उच्च लगनशीलता तथा सहभागिता आवश्यक रहेको बताए  । 

उनले  दिवसका सन्दर्भमा दिगो पूर्वाधार निर्माण कार्यमा  गुणस्तरका विषयमा केही कुरा उठ्ने गरेको जानकारी दिँदै त्यसको निरुपण गर्ने दायित्व पनि इन्जिनियर र उहाँहरुका संस्थाको हुने स्मरण गराए । आम नागरिकमा रहेको विकासप्रतिको चाहनालाई मूर्तरुप दिने इन्जिनियर÷आर्किटेक्टको काँधमा महत्वपूर्ण जिम्मेवारी रहेको उल्लेख गर्दै एशोसिएशनका अध्यक्ष डा हरिबहादुर दर्लामीले जनताको आवश्यकतालाई सम्बोधन गर्न यस पेशामा  कार्यरतहरुको समस्यालाई पनि राज्यले सम्बोधन गर्नुपर्नेमा जोड दिए । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

माओवादीको चार दिने केन्द्रीय प्रशिक्षक प्रशिक्षण सुरु

काठमाडौं। नेकपा माओवादी केन्द्रको केन्द्रीय स्कुल विभागको चार महिने प्रशिक्षण सुरु भएको छ। यसको सुरुवातमा माओवादी केन्द्रले अर्थशास्त्रलगायत विषयमा...

१० दलीय गठबन्धनलाई सफल बनाउने जिम्मा कांग्रेसको काँधमा छ : शेखर कोइराला

काठमाडौं।  नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले अहिलेको परिस्थितिलाई कांग्रेसले गम्भीर रूपमा नियालिरहेको उल्लेख गर्दै १० दलीय गठबन्धनलाई सफल बनाउ...

मुख्यमन्त्री जम्कट्टेलले भोलि विश्वासको मत लिने

काठमाडौं।  बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भोलि (बुधबार) प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् । मुख्यमन्त्री नियुक्त भएको ६५ दिनमै उनल...

आदिवासी जनजातिले पहिचानको कुरा उठाउन थालेका छन् : मन्त्री किराती

काठमाडौं।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले अहिले आदिवासी जनजातिले पहिचानको कुरा उठान गरिरहेको बताएका छन्। ‘मातृभाषा, संस्का...

जातीय विभेद र छुवाछुतप्रति शून्य सहनशीलता सुनिश्चित गर्न माग

काठमाडौं।  कुनै न कुनै रूपमा नेपालमा आज पनि विद्यमान जातीय विभेद तथा छुवाछुतको सम्पूर्ण रूपमा अन्त्य गरी शून्य सहनशीलता सुनिश्चित गर्न इन्सेकले माग गर...

विदेशी पर्यटकको लेक लागेर मृत्यु

काठमाडौं। सोलुखुम्बुको खुम्बु क्षेत्रको भ्रमणमा आएका एक विदेशी नागरिकको सोमबार राति लेक लागेर मृत्यु भएको छ।  खुम्बु पासाङल्हामु गाउँपालिका–४ गोरक्...

अयोग्य लडाकुको राहतका लागि प्रारम्भिक प्रक्रिया बुधबारदेखि

काठमाडौं। मन्त्रिपरिषद्को सोमबारको निर्णयअनुसार प्रमाणीकरण भएका अयोग्य लडाकुलाई रु दुई लाख राहत दिन सरकारले बुधबारदेखि आवश्यक प्रक्रिया अघि बढाउने भएक...

नेपाल एयरलाइन्सका सात कर्मचारीलाई निलम्बन

काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल एयरलाइन्सका चालक दलका तीन सदस्यसहित सात कर्मचारीलाई निलम्बन गरेको छ । ताप्लेजुङबाट काठमाडौँ...

गुणस्तरीय शिक्षाका लागि साझा प्रयत्न आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं । नेपाल शिक्षक संघले राष्ट्रपति रामचन्द्र पौडेललाई आज राष्ट्रपति पदमा निर्वाचित भएकामा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको ...

जनमोर्चा सरकारमा नजाने

काठमाडौं । दश दलीय गठबन्धनमा सामेल रहेको राष्ट्रिय जनमोर्चा सरकारमा नजाने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको जनमोर...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page