Ntc summer Offer
Khabar Dabali ९ आश्विन २०८० मंगलवार | 26th September, 2023 Tue

नीलबाराही र भैरव जात्रा सम्पन्न

खबरडबली संवाददाता
भक्तपुर । मध्यपुरथिमि नगरपालिकामा तीन दिन चार रातसम्म सञ्चालन भएको नीलबाराही र भैल प्यांख अर्थात् भैरव नाच सम्पन्न भएको छ । विभिन्न देवी–देवताका मुखुण्डो धारण गरी धार्मिक, सांस्कृतिक, ऐतिहासिक नीलबाराही, लायकू भैरव नाच आज बिहानबाट सम्पन्न भएको छ भने महाकाली नाच भने यही भदौ ३ गतेमात्रै सम्पन्न हुने छ ।
 
मध्यपुरथिमिको बोडेमा हरेक वर्ष गाईजात्राको भोलिपल्टको मध्यराति अर्थात् भाद्र द्वितीयादेखि पञ्चमीसम्म नीलबाराही नाच चार दिन तीन रातसम्म यहाँको टोल–टोलमा प्रदर्शन भएको स्थानीय दिलकृष्ण प्रजापतिले जानकारी दिए  । नाचमा भैरव एक, बाराही चार, कुमारी चार, सिहं चार, द्वारपाल दुई र गणेश चार गरी १९ देवगणले नाच नाच्ने गर्दछन् । देवता १९, गुरु छ, १९ देवताका सहयोगी, बाजा बजाउने नौ जनाको नाचमा प्रतक्ष संलग्नता रहने गर्दछ ।
 
बोडेको लाकुछँेबाट सुरु भई लाछी, लाछकु छेँ, विष्णुघाट, महालक्ष्मी थान, भाँगुटोल, खासी टोल, नीलबाराही स्थान हुँदै पुनः खासी टोल भएर लाकुछेँमा आएर मुखुण्डो निकालेपछि समापन हुने स्थानीय उनले बताए  । प्रत्येक टोलको चोकमा धाँ बाजा, भुस्या, काँय, पाँगा बाजाको तालमा परम्परागत नीलबाराही देवीको नाच देखाउने र यहाँका बासिन्दाले पूजा एवं दान–दक्षिणा दिने परम्परा रहेको  विगत २६ वर्षदेखि पोङ्गा पूजामा सहभागी हुँदै आएका  ४५ वर्षीय रोमन धों श्रेष्ठले जानकारी दिए  । 
 
दैनिक १० देखि १४ घण्टासम्म परम्परागत नियममा बाँधिएर नाच्नुपर्ने नीलबाराही नाचमा सहभागी हुने देवगणले नाच अवधिभर खान, भुइँमा बस्न, अन्यत्र बोल्न, घामपानीमा छाता ओढ्न, दिसापिसाब गर्न र जुत्तासमेत नलगाउने उनले बताए  । त्यसैगरी मल्लकालीन तान्त्रिक लाय्कू भैलः अर्थात् भैरव नाच पनि  भाद्र कृष्ण द्वितीया (गुंलागा द्वितीया)देखि आज बिहान ३ बजे सम्पन्न भएको छ । तान्त्रिक एवं ऐतिहासिक भैरव नाच गत दुई वर्ष कोरोना भाइरस सङ्क्रमणका कारण रोकिए पनि यस वर्ष भने भव्यरूपमा सञ्चालन भएको हो ।
 
मध्यपुरथिमिको लायकू दरबारबाट निस्किएर बालकुमारी मन्दिर प्राङ्गणमा प्रदर्शन गरिएको भैरव नाचमा भैरव दुई, दाःगि अर्थात् कुमारी दुई र ज्यापूँग एक गरी पाँच जना देवगण नाच्ने गरिन्छ । नाचमा यस वर्ष ज्यापुंगःचा रिसल श्रेष्ठ, न्हापा भैलः उज्जवल श्रेष्ठ, लिपा भैलः रोमन श्रेष्ठ, न्हापा दायगं सुजल श्रेष्ठ र लिपा दायगं श्रयन श्रेष्ठले नाच नाचेका छन् ।
 
लायकू भैलः नाच तान्त्रिक विधिअनुसार टोलटोलमा प्रस्तुत गर्ने र नाचमा भैरवले खड्ग, कुमारीले डमरु र ज्यापूँगले ज्यापूँग अर्थात् कपालको बियाँ, अक्षता, ताय् भएको भाडो, हातमा लिएर धांःबाजाका साथै नाचका लागि १२ जनाले दागः, आठ जनाले भुस्या, आठ जनाले पोङ्गा र चार जनाले मुहाली बजाई विभिन्न ३० देखि ३२ तालमा नाच्ने परम्परा रहेको नाचका गुरु अर्जुन श्रेष्ठले बताए  ।
 
त्यसैगरी ८८ वर्षपछि मध्यपुरथिमि नगरपालिका–५ दिगुटोलमा यस वर्ष प्राचीन महाकाली नाच प्रदर्शनी गरिएको छ । थिमिको अन्य ऐतिहासिक नाच महाकाली नाच पनि गाईजात्राको भोलिपल्ट अर्थात् भाद्र द्वितीया साँझ ६ बजेदेखि राति १ बजेसम्म दैनिक सञ्चालन हुने महाकाली नाच सञ्चालन समितिका संयोजक राधेश्याम प्रजापतिले जानकारी दिए  । यो नाच यस वर्ष भदौ ३ गते शुक्रबार कृष्ण जन्माष्टमीमा सम्पन्न गर्ने तयारी गरेको उनले बताए  । यस नाचमा महाकाली, महालक्ष्मी, कुमारी, सिंह, बेता, भूत भैरव, कवं, ख्याक, माकः ९बाँदर० गरी १७ देवगणको स्वरूपमा नाच सञ्चालन गरिन्छ ।
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पोखराको मणिपालमा डाक्टरमाथि हातपात, एकजना पक्राउ

पोखरा। उपचारका क्रममा बिरामीको मृत्यु भएको भन्दै  पोखराको मणिपाल अस्पतालका डाक्टरमाथि हातपात भएको छ । लमजुङको सुन्दरबजार नगरपालिकाकी ५७ वर्षीया सुक...

जापानसँग नेपालको फराकिलो हार

काठमाडौं। १९औं एसियाली खेलकुदअन्तर्गत महिला फुटबलको दोस्रो खेलमा सन् २०११ को विश्वकप विजेता जापानविरुद्ध ८-० ले पराजित हुँदै नेपाल समूह चरणबाटै बाहिरि...

महासमिति बैठकको तयारीमा होमियो कांग्रेस, उपसमिति गठन

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले ९ बुँदे निर्णय गरेको छ। पार्टी प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले महासमिति बैठकलाई भव्...

स्थानीय तहलाई अधिकार दिन कन्जुस्याँइ गर्न हुँदैन : राष्ट्रपति

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले स्थानीय तहलाई अधिकार सम्पन्न हुन नदिइएको बताएका छन् । सोमबार महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्र भवनक...

प्रेम चलाउनेको मुद्दा 'हेर्दाहेर्दै'मा, भोलि पूर्ण सुनुवाइ हुने

काठमाडौं।  त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेको ज्यान मार्ने उद्योगको मुद्दामा आजदेखि सुनुवाइ सुरु भएको छ । जिल्ला अदालत काठमाडौंमा न्...

खिलराज नेतृत्वका पर्यटनमन्त्री भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं। विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा पूर्वमन्त्री रामकुमार श्रेष्ठसहित ३ जनालाई दोषी ठहर गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धा...

आमाको मात्र नाम राखेर नागरिकता दिन सर्वोच्चको परमादेश

काठमाडौं। सर्वोच्च अदालतले आमाको मात्र नाम राखेर नागरिकता दिन परमादेश जारी गरेको छ। बुवाको नाम नराखेर पनि नागरिकता दिन सकिने गरी सर्वोच्चले आदेश जारी ...

किन एसियाली खेलकुदका लागि चीन जाँदैनन् सन्दीप लामिछाने?

काठमाडौं।  क्रिकेटर सन्दीप लामिछानेले एसियाली खेलकुद खेल्न नसक्ने बताएका छन् । एकपछि अर्को पेसी स्थगित हुँदै गएपछि सन्दीप निकै कमजोर मनस्थितिमा पुगेका...

मुस्लिम आयोगले भन्यो : धार्मिक सहिष्णुता खलबलाउने प्रयास गर्नेलाई तत्काल कारबाही होस्

काठमाडौँ । सर्लाहीको मलङ्गवा नगरपालिकामा मूर्ति सेलाउने क्रममा उत्पन्न द्वन्द्वले धार्मिक सहिष्णुता खलबलाउने प्रयास भएको भन्दै मुस्लिम आयोगले सरकारको ...

एमालेलाई कमजोर पार्न विभिन्न तत्वहरू क्रियाशील छन् : शंकर पोखरेल

काठमाडौं।नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेलाई कजोर पार्न विभिन्न तत्वहरू नेपालमा क्रियाशील रहेको बताए। एक टेलिभिजनलाई अन्तर्वार्ता दि...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Alphabet Education Consultancy Pioneer Software Technologies Salt Trending