Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

युक्रेन–रसिया युद्धले खोस्यो फिनल्याण्डवासीको खुसी

खबरडबली संवाददाता

हेल्सिन्की । युक्रेन–रसिया युद्धका कारण विश्वका अधिकांश मुलुक मूल्यवृद्धिको मारमा छन् । शिक्षा र रोजगारीका अवसरमा युरोपका विभिन्न मुलुकमा पुगेका नेपालीलाई पनि मूल्यवृद्धिले दुःख दिएको छ । विगत लामो समयदेखि हेल्सिन्की बस्दै आएका नेपालीले युक्रेन–रसिया युद्धका कारण यहाँको दैनिक जीवनमा नराम्रो असर परेको बताएका छन् । फिनल्याण्डमै जन्मिएर विभिन्न स्थानमा रेष्टुरेन्ट सञ्चालन गर्दै आएका २९ वर्षीय अरुण शर्माले फिनल्याण्डका नागरिकसहित नेपाली पनि मूल्यवृद्धिको मारमा परेको बताए  । 

सामाजिक सुरक्षा राम्रो भए पनि झण्डै दोब्बर भएको मूल्यवृद्धिले हरेकलाई दुःख दिएको छ । शर्माको परिवार विगत ४० वर्षदेखि फिनल्याण्डमै छ । युएनडिपीको ‘वल्र्ड ह्याप्पीनेस इन्डेक्स’का अनुसार फिनिस नागरिक विश्वका अन्य देशका नागरिकभन्दा खुसी छन् । तर युद्धकै कारण अवस्था फेरिँदै गएको छ । जग्गा र घर खरिद गर्नेभन्दा आर्जन गरेको रकम रेस्टुरेन्ट तथा होटलमा गएर खर्च गर्ने, विभिन्न खेलमा रमाउने संस्कार भएका फिनिस नागरिकको दैनिकीमा परिवर्तन आएको छ । उनीहरुले खर्च कम गर्न थालेका छन् । घुम्ने र रमाउने बानी परेका फिनिस नागरिक बचतमा लागेका छन् । युद्धका नकारात्मक समाचार आउन थालेपछि झन् उनीहरु पहिलेजस्तो रमाउन पनि छाडेका छन् । युद्धका कारण सामाजिक एवं आर्थिक समस्या निम्तिएकाले उनीहरुको संस्कारमा समेत परिवर्तन आउन थालेको देखिएको हो । 

हेल्सिन्कीको ‘डाउन टाउन’स्थित माउन्ट एभरेष्टमा काम गर्दै आएका शर्माले भने, “यहाँका नागरिकले पनि पैसा खर्च गर्न छोडे, बचतमा लागेका छन् ।” उनका अनुसार दैनिक उपभोग्य वस्तुमा उच्च मूल्यवृद्धि भएका कारण उनीहरु खर्च कटौती गर्दैछन् । सोही कारण फिनिस अर्थतन्त्रमा नै समस्या देखिन थालेको पाइएको छ ।

यहाँको आन्तरिक र बाह्य व्यापारका धेरै असर देखिएको छ । पेट्रोलियम पदार्थको मूल्य दोब्बर भएको छ । ग्यास बिक्री गर्ने कम्पनीले पहिले रुसबाट ग्यास ल्याएर बिक्री गर्दै आएकामा अहिले त्यहाँबाट ग्यास नआएपछि अन्य क्षेत्रबाट आएको ग्यास महङ्गो मूल्यमा बिक्री गरिहेका छन् ।

हेल्सिन्कीको वर्तमान वास्ताविक तथ्य प्रस्तुत गर्दै अरुण शर्माले भने, “यही २०२२  फेब्रेवरी २४ देखि मूल्यवृद्धि उच्च भएको छ । यस अवधिमा यहाँ नौ दशमलब पाँच प्रतिशतको मूल्यवृद्धि छ ।” त्यसैगरी पर्यटक आउने सङ्ख्या ह्वात्तै घटेको छ । विगत सात वर्षदेखि हेल्सिन्की बस्दै आएका सागर खरेलले धेरै खर्च गर्ने रुसी पर्यटक फिनल्याण्ड आउन छोडेको बताए  ।

महँगीले फिनल्याण्डका सबै क्षेत्रलाई असर गरेको उल्लेख गर्दै उनले भने, “दैनिक उपभोग्य वस्तु महँगो भएको छ । तलब बढेको छैन । पहिले थोरै पैसाले धेरै पाइन्थ्यो भने अहिले त्यस्तो छैन ।” खरेलका अनुसार यहाँको पैसा सस्तो हुँदै गएको छ । युरो र डलर लगभग एउटै छ । पहिला त्यस्तो थिएन ।

विगत १० वर्षदेखि हेल्सिन्की बस्दै आएका मुरारी भण्डारीका अनुसार फिनल्याण्ड र रसियाबीचमा जनस्तरको सम्बन्ध छ । त्यसैले युरोपका अन्य मुलुकभन्दा फिनल्याण्डमा धेरै असर परेको छ । उनले भने, “फिनल्याण्ड र रसियाको सम्बन्ध भनेको नेपाल र भारतको जस्तै हो । सबै क्षेत्रमा असर परेको छ । रसियाबाट पर्यटक आउने गर्थे तर अहिले त्यस्तो छैन ।”

त्यसैगरी फिनल्याण्ड विगत ४० वर्षदेखि बस्दै आउनुभएका भक्तिराम भण्डारीले पनि मूल्यवृद्धिका कारण देशमा असर परेको बताए । उनले भने,  “दैनिक उपभोग गर्ने सामग्री खरिद गर्न मुस्किल भएको छ, पेट्रोलको मूल्य बढेको छ । पहिला प्रतिलिटर एक युरो ३० सेन्टमा पाइने पेट्रोल अहिले दुई युरो १० सेन्ट पुगेको छ । एक महिना पहिला त झण्डै प्रतिलिटर तीन युरोसम्म पुग्यो । यहाँका लागि यो अत्यधिक हो ।”

यहाँका नागरिकले मात्र होइन सरकारले पनि मूल्यवृद्धिको सकस भोग्नु परेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र फिनल्याण्डका विकास सहायता तथा अन्तरराष्ट्रिय व्यापार मन्त्री झिल्ले स्किन्नरी बीच मङ्गलबार यहाँ भएको भेटवार्ताका क्रममा पनि मूल्यवृद्धिको विषय प्रवेश पाएको थियो । स्किन्नरीले युक्रेन र रुस युद्धका कारण फिनल्याण्डले खाद्यान्न र पेट्रोलियम पदार्थको मूल्य उच्च भएर र त्यसले यहाँको सामाजिक एवं आर्थिक समस्या निम्त्याएको बताए  ।

फिनिस नेपाली समाजका सचिव नवीन भट्टराईका अनुसार फिनल्याण्डमा पाँच हजारभन्दा बढी नेपाली बस्दै आएका छन् । सबैभन्दा बढी हेल्सिन्कीमा छन् । यहाँका नेपालीलाई बेरोजगार बस्न त परेको छैन तर पछिल्लो समय मूल्यवृद्धिको समस्याले भने सताएको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending