Khabar Dabali १२ आश्विन २०७९ बुधबार | 28th September, 2022 Wed

राप्ती नदीमा विद्यार्थी बोकेको डुङ्गा दुर्घटना हुँदा २५ विद्यार्थी घाइते

खबरडबली संवाददाता

घोराही । दाङको राप्ती नदीमा विद्यार्थी बोकेको डुङ्गा दुर्घटना भएको छ । विद्यार्थी बोकेर नदी पार गर्न लागेको उक्त डुङ्गा दुर्घटना हुँदा २५ विद्यार्थी घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख सुरेश काफ्लेले दिएको जानकारी अनुसार दुर्घटनामा परेकामध्ये गम्भीर घाइते तीन विद्यार्थीको लमहीमा उपचार जारी छ । क्षमताभन्दा तीन÷चार गुणा बढी विद्यार्थी बोकेका कारण दुर्घटना भएको प्रहरीको भनाइ छ । 

प्रहरीका अनुसार आज बिहान ९ बजेतिर लमही नगरपालिका– ९ बाट डुङ्गा चढेर राप्ती नदी पार गरी राजपुर–७ स्थित मावि सिक्टामा अध्ययनका लागि जान लागेका थिए । लमही–९ तरुलियाका सिक्टा माविमा कक्षा ६ मा अध्यनरत १३ वर्षीय मनिष विक, सोही कक्षामा अध्यनरत १२ वर्षीया रीमा राम्जाली, कक्षा ९ मा अध्यनरत १६ वर्षीय सन्दिप विकको लमहीमा उपचार जारी रहेको छ । यीबाहेक अन्य सबै विद्यार्थीको अवस्था सामान्य रहेको छ ।

विद्यार्थी सवार डुङ्गा पल्टिएपछि उनीहरुका कापी, किताब, झोला सबै भिजेर नष्ट भएका छन् । दुर्घटना भएको देख्ने बित्तिकै स्थानीयवासीले बालबालिकाको उद्धार गरेका थिए ।

Khabardabali Desk–PS

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

"बैंकले नाफा खानका लागि ब्याजदर बढाउँदा व्यवसायी मारमा परेका छन्"

काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा ब्याजदर बढाउँदा व्यवसायी मारमा परेका छन् । नेपाल उद्योग वाणिज्य सङ्घ काठमाडौँले आज यहाँ आयोजना गरेको ‘वित्तीय समस...

'निलम्बन प्रधानन्यायाधीशलाई अवकास पछि प्रधानन्यायाधीश सरह सुविधा दिने सरकारको निर्णय आपत्तिजनक'

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले निलम्बन प्रधानन्यायाधीशलाई अवकास पछि प्रधानन्यायाधीश सरह सुविधा दिने सरकारको निर्णय आपत्तिजनक रहेको बताए...

नेपालसँग बङ्गलादेश २ गोलअन्तरले पराजित

काठमाडौँ । अन्जन विष्टको ह्याट्रिक मद्दतमा नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बङ्गलादेशलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई ६० बुँदे निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन राजनीतिक दलहरुलाई ...

सर्वसम्मतिले समानुपातिक नामावली टुङ्गो लगाइएको होः प्रवक्ता डा महत

नागरिकता विधेयक प्रमाणीकरण नहुँदा संवैधानिक सर्वोच्चतामा प्रहार

विदेशी पाहुना पाउनै मुस्किलः तीनवटा उडानमा ८ जना विदेशी पर्यटक

प्रवद्र्धनमा नयाँ तौरतरिका अनिवार्य

मनास्लु हिमपहिरा अपडेट: घाइते सबैको उद्धार, मृतक राईको शव उठाउन समस्या

गोरखा । उत्तरी गोरखाको मनास्लु हिमालस्थित तेस्रो आधार शिविरमा सोमबार गएको हिमपहिरामा परी घाइते भएका सबैको उद्धारको काम सकिएको छ । पहिरामा परेका १३ मध्...

मादल बनाउने पेसा धान्दै ‘रामबहादुर’

रामपुर । सेतै फुलेका कपालमाथि ढाकाटोपी, चिटिक्क परेको सानो घरको पिँढीमा बसेर मादलमा खरी भर्नमै ध्यान तानिएको छ रामबहादुर वादीको । उनी आफ्नै सुरमा बिहा...

थप ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ५४ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा तीन हजार आठ सय २९ जनाको नमूना परीक्षण गरिएको थियो ।  एक...

थप ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ५४ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा तीन हजार आठ सय २९ जनाको नमूना परीक्षण गरिएको थियो ।  एक...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page