Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

हेलम्बुमा पहिरोः २१ घर उच्च जोखिममा, स्थानान्तरणसँगै नदी कटान र खेत संरक्षणको माग

खबरडबली संवाददाता

सिन्धुपाल्चोक । गत साउन २७ गते गएको पहिराको कारण हेलम्बु गाउँपालिका–५ उर्लेनीमा २१ घर उच्च जोखिममा छन् । तत्कालीन अवस्थामा ११ घरमात्रै जोखिममा रहे तापनि पहिराले आकार बढाएपछि थप १० घरसहित अहिले २१ घर उच्च जोखिममा रहेको उर्लेनीका पहिरो प्रभावित कान्छामान तामाङले जानकारी दिए ।

अहिले गाउँपालिकाले उपलब्ध गराएको टेण्टमा बसेका प्रभावितले कष्टपूर्ण दैनिकी बिताइरहनुपरेको छ । पहिरो गएलगत्तै वडा कार्यालय र गाउँपालिकाले त्रिपाल, टेण्टलगायतका सामग्री उपलब्ध गराएको थियो । तत्कालै अन्यत्र सरेर बसेका प्रभावित स्थायीरूपमै स्थानान्तरण हुन चाहन्छन् ।

उर्लेनीको बिसौनीबाट साप्रेसम्म करिब पाँच सय मिटर लामो पहिरो खस्दा त्यहाँका नागरिकको जनजीवन कष्टकर बनेको हो । तत्कालै २१ घर मात्र उच्च जोखिममा रहे पनि सिङ्गो गाउँ नै पहिराको जोखिममा रहेको तामाङले बताए । पहिराले बस्तीमात्र होइन, तालामाराङ खोला आसपासका सयौँ रोपनी खेतीयोग्य जमिनसमेत जोखिममा छन् ।

हेलम्बु गाउँपालिका–५ मा पहिरो गएपछि दैनिक खोला बाढी आउने र मेलम्ची नगरपालिका–६ का नदीतटीय क्षेत्रका खेत धमाधम कटान भइरहेको स्थानीय सानोकान्छा तामाङले जानकारी दिए । यसका कारण केही बस्ती र खेतीयोग्य जमिन थप उच्च जोखिममा रहेको स्थानीयले बताएका छन् । पहिरो प्रभावितसँग निरन्तर सम्पर्कमा रहेको बताउँदै वडाध्यक्ष दीपकुमार तामाङले प्रभावितको माग र आवश्यकताका आधारमा गाउँपालिका र अन्य निकायसँग स्थानान्तरणसँगै स्थायी आवास निमार्णका लागि पहल गर्ने बताए । 

उनले गाउँपालिकाको स्रोतले मात्रै नभ्याउने भन्दै प्रदेश र केन्द्र सरकारसँग पटक–पटक आग्रह गर्दा कुनै चासो नदिएकोप्रति गुनासो गरे । गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले पहिराको उच्च जोखिममा रहेका स्थानको पहिचान गरी आगामी दिनमा स्थानान्तरणका लागि विज्ञसहितको टोलीलाई अध्ययन गर्न लगाउने बताए । 

आगामी दिनमा गाउँपालिकाबाट गर्नुपर्ने र गर्नसक्ने काम गर्न गाउँपालिका तयार रहेको अध्यक्ष शेर्पाले बताए । पहिराको जोखिम कायममै रहेकाले आवश्यक सतर्कता अपनाउन गाउँपालिकाले आग्रह गरेको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending