Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रबाट कांग्रेस र एमालेद्वारा उम्मेदवारको सिफारिस

खबरडबली संवाददाता

महेन्द्रनगर । आगामी मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रबाट  नेपाली कांग्रेस र नेकपा (एमाले)ले उम्मेदवारको सिफारिस गरेका छन् ।

कांग्रेसका तीन वटै निर्वाचन क्षेत्रका क्षेत्रीय समितिले आ–आफ्नो क्षेत्रका सम्भावित प्रतिनिधिसभा सदस्यका उम्मेदवारको नाम जिल्ला कार्यसमितिमा सिफारिस गरेको हो । कांग्रेसले कञ्चनपुर निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभाको प्रत्यक्षतर्फ दिवान विष्ट र समानुपातिकमा कृष्णादेवी गिरीको नाम सिफारिस गरेको छ ।

सो निर्वाचन क्षेत्रमा पर्ने दुई वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रत्यक्ष र समानुपातिकतर्फ गरी कांग्रेसले ३० जनाको नाम सिफारिस गरेको छ ।

त्यसैगरी निर्वाचन क्षेत्र नं २ मा कांग्रेसले केन्द्रीय सदस्य नारायणप्रकाश साउँद, हरिप्रसाद बोहरा र प्रेम बलायरको नाम प्रत्यक्षतर्फ सिफारिस गरेको क्षेत्रीय सभापति लालबहादुर सिंहले जानकारी दिनुभयो । निर्वाचन क्षेत्र नं २ का दुई प्रदेशसभामा कांग्रेसले प्रत्यक्ष र समानुपातिक गरी ४६ जनालाई सिफारिस गरेको छ ।

त्यसैगरी यहाँको निर्वाचन क्षेत्र नं ३ मा  कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखक र प्रेमबहादुर विष्ट प्रतिनिधिसभाको उम्मेदवारका लागि सिफारिस भएका छन् । 

उक्त क्षेत्रमा कांग्रेसले प्रदेशसभाका दुई निर्वाचन क्षेत्रमा प्रत्यक्ष र समानुपातिक गरी ६० जनाको नाम सिफारिस गरेको कांग्रेस कञ्चनपुरले जनाएको छ ।

त्यसैगरी प्रमुख प्रतिपक्षी दल एमालेले पनि तीन वटै निर्वाचन क्षेत्रमा सम्भावित उम्मेदवारको नामावली छनोटलाई तीव्रता दिएको छ । यहाँको निर्वाचन क्षेत्र नं १ मा निर्वाचन क्षेत्रीय समन्वय किमिटीले सुदूरपश्चिम प्रदेशसभा सदस्य तारालामा तामाङ, नेताद्वय खेम सुवेदी र वीरबहादुर थापाको नाम जिल्ला कमिटीमा सिफारिस गरेको छ ।

उक्त क्षेत्रमा पर्ने प्रदेशसभाका दुई  निर्वाचन क्षेत्रमा एमालेले १६ जनाको नाम सिफारिस भएको छ । एमालेले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा हालका प्रतिनिधिसभा सदस्य रहेका नरबहादुर धामी र युवा सङ्घका निर्वमान अध्यक्ष बचनबहादुर सिंहको नाम क्षेत्रीय कमिटीबाट सिफारिस गरेको जनाएको छ ।

प्रदेशसभातर्फ निर्वाचन क्षेत्र नं २ को ‘क’ मा कर्णाली प्रदेशका पूर्व प्रदेशप्रमुख गोविन्दप्रसाद कलौनी र ‘ख’ मा तत्कालीन संविधानसभा सदस्य कृपाराम रानाको नाम सिफारिस गरेको छ । 

त्यसैगरी  निर्वाचन क्षेत्र नं ३ मा एमालेबाट डा दीपकप्रकाश भट्ट, निरु पाल, राजेन्द्र रावल, ईश्वरी खरेल र हिरा सार्की प्रतिनिधिसभाको उम्मेदवारका लागि सिफारिस भएका छन् । डा भट्ट २०७४ सालमा कांग्रेस नेता लेखकलाई पराजित गर्र्दै यहाँबाट प्रतिनिधिसभा सदस्य पदमा  निर्वाचित भएका थिए  । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending