Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

यसरी भड्कियो सुर्खेतमा आन्दोलनः प्रत्यक्षदर्शी पत्रकारको बयान

\"surkhet_cover_photo\"सुर्खेत । शीर्ष नेताहरुले सिमाङकनसहितका प्रदेशहरु निर्माण गरी हस्ताक्षर गरेपछि त्यसका विरुद्ध सुर्खेतमा चर्किएको आन्दोलनमा सोमबार ३ जनाको मृत्यु हुनुको साथै ठूलो क्षति भएको छ । मध्यपश्चिमाञ्चल विकास क्षेत्रको कर्णाली र भेरीअञ्चलका केही जिल्लालार्ई छुट्याएर सुदुरपश्चिममा  मिसाएको र राप्तीका जिल्लाहरु र भेरीका बाँके र बर्दियालाई अर्काे प्रदेशमा राखिएको भन्दै सुर्खेतमा आन्दोलन सुरु भएको हो । शनिबारदेखि सुरु भएको आन्दोलनले उग्ररुप लिंदा सोमबार बिहानैदेखि सुर्खेत तनावग्रस्त बन्यो । अखण्ड मध्यपश्चिमको माग गर्दै प्रदर्शन चर्केपछि मध्यपश्चिमाञ्चलको क्षेत्रीय सदरमुकाम वीरेन्द्रनगरमा प्रशासनले कफ्र्यु लगायो । मध्यपश्चिमाञ्चल विकास क्षेत्रका जिल्लाहरुलाई एउटै प्रदेशमा राख्नुपर्ने माग गर्दै अखण्ड मध्यपश्चिम नागरिक आन्दोलन संघर्ष समितिले घोषणा गरेको आन्दोलन नियन्त्रण बाहिर गएपछि स्थानीय प्रशासनले दिउँसो साढे १ बजेदेखि राती ९ बजेसम्म कफ्र्यू लगाएको थियो ।
कांग्रेसका जिल्लाबासी नेता पूर्णबहादुर खड्काले भने एमालेले नै जनता भड्काएको आरोप लगाएका छन् । उनको आरोपमा केही सत्यता भने देखिन्छ । नागरिक संघर्ष समितिका संयोजक तेजविक्रम बस्नेत एमाले सुर्खेतका जिल्ला कमिटी सदस्य हुन् ।
राजनीतिक दलका शीर्ष नेताहरु एमाओवादी अध्यक्ष पुष्प कमल दहाल ‘प्रचण्ड’, डा. बावुराम भट्टराई, एमालेका केपी शर्मा ओली, माधव कुमार नेपाल, प्रधानमन्त्री सुशील कोईराला लगायतका दलका नेताहरुले सुर्खेतमा आइपुगेर ‘नयाँ बन्ने प्रदेशको प्रान्तीय राजधानी सुर्खेत हुनेछ’ भनेर बोल्थे बेजोडको ताली खाएर फर्कन्थे । तर साउन २३ गते राती भएको प्रदेशको सिमाङकन सम्वन्धी मध्यपश्चिम क्षेत्रलाई टुक्रयाउने कार्य राजनितीक दलका शिर्ष नेताहरुबाटै भएको खबर सुन्दा सुर्खेतबासीहरु एकासी आक्रोसित बन्न पुगे । \"sukhet२४ साउनमा नागरिक संघर्ष समिति सुर्खेतले शान्तिपूर्ण आन्दोलनको ¥याली निकालेको थियो, उक्त ¥यालीमा भण्डै ५ सय जती सुर्खेती जनताहरु सडकमा उत्रिए । २५ गते विहानै देखी स्वतःस्फुर्त रुमा सुर्खेतको वीरेन्द्रनगर बजार बन्द भयो । सबै उद्योगी व्यापारी, सर्ब साधारण, वालबच्चा, विद्यार्थी, महिला चोकचोकमा जम्मा भए । आन्दोलनको नेतृत्व भने कसैले गरेको थिएन । एउटा चोकबाट सुरुभएको ¥याली अर्को चोकमा पुग्दा हजारौ आन्दोलनकर्ताहरु जम्मा भईसकेका थिए । ती आन्दोलनकारीले नारावाजी गदै सुरुमा झुप्रा बृहत खानेपानी तथा उपभोक्ता संस्थाको कार्यालयमा तोडफोड गरे । उनीहरुले आन्दोलनमा सहभागी हुनुपर्ने बेला चुनावको मतपरिणामतर्फ लागेको भन्दै तोडफोड गरेका हुन् । झुप्राको कार्यालयमा संस्थाको स्किम समितिको निर्वाचनको मतगणना भइरहेको थियो । आन्दोलनकारीले मतगणना रोक्न माग गर्दै तोड्फोड गरे । त्यसैक्रममा प्रहरीले आन्दोलनकारीलाई रोक्न खोजेपछि उनीहरु सिधै जिल्ला प्रशासनमा पुगेर तोडफोड गरे । जिल्ला प्रशासनको गेट फुटाइदिएका थिए । जिल्ला प्रशासन कार्यालयभित्रै पनि आन्दोलनकारीले क्षति पु¥याएको प्रशासन कार्यलयले बताएको छ । तर क्षति कति भयो भन्ने विवरण आइसकेको छैन । जिल्ला प्रशासनलाई नै कब्जामा लिएपछि जिल्ला प्रशासनको सुरक्षामा खटिएको प्रहरीले आन्दोलनकारीलाई तितरबितर बनाउन खोज्यो । केहीबेर ढुङ्गा हानाहान भए पनि त्यति ठूलो भिडन्त भएन । जिल्ला प्रशासनबाट आक्रोशसहित निस्किएका उनीहरुले केही समयमै एमालेको पार्टी कार्यालयमा तोडफोड गरे । दल र सुर्खेतबाट निर्वाचित जनप्रतिनिधीहरुप्रति निकै आक्रोशित उनीहरुले एमाओवादी र नेपाली काँग्रेसको कार्यालयमा पनि आक्रमण गरे । दुवै कार्यालयका फर्निचर र कागजातहरु निकालेर आगो लगाइदिए । नेताहरुप्रति आक्रोशित भीड सिधै नेपाली काँग्रेसका सहमहामन्त्री तथा पूर्व गृहमन्त्री पूर्णबहादुर खड्काको घरमा पुगे । सुर्खेतबाट प्रतिनिधित्व गर्ने सबैभन्दा उच्च पदको नेता भएको तर सुर्खेतको लागि कुनै वास्ता नगरेको भन्दै खड्काप्रति आक्रोशित भीड त्यहाँ पुगेर एउटा गोठ र रोकिराखेको गाडीमा आगजनी गरे । त्यसपछि भने प्रहरीले आन्दोलनकारीलाई घेरा हाल्यो । दोहोरो झडप सुरु भयो । आन्दोलनकारीले पूर्व गृहमन्त्री खड्काको घरमा नै आगो लगाउने प्रयास गरिरहेपछि प्रहरीले गोली चलायो । \"sukhetलामो समयसम्म प्रहरीले निरन्तर गोली र अश्रुग्याँस हानिरह्यो । प्रहरीको गोली र अश्रुग्याँसको प्रवाह नगरी आकोशित भीड अगाडि बढिरहँदा दर्जनौलाई गोली लाग्यो । एक जनाको गोली लागेकै ठाउँमा मृत्यु भयो । यतिबेलासम्म वीरेन्द्रनगर नगरपालिका–४ भैरवस्थानमा टिकाराम गौतमको प्रहरीको गोली लागेर मृत्यु भइसकेको थियो । यस्तै कफ्र्युको उल्लंघन गरेको भन्दै प्रहरीले साँझ गोली हान्दा अर्का एकको पनि ज्यान गयो। वीरेन्द्रनगर नगरपालिका–८ का यामबहादुर विसीलाई प्रहरीले गोली हान्दा मृत्यु भएको हो । यस्तै एक जनाको गोली लागेकै अवस्थामा स्थानीय मंगलगढी चोकमा शव भेटिएको बताइएको छ । पूर्णबहादुर खड्काकै घर बचाउने क्रममा प्रहरी र आन्दोलनकर्ताहरुबीच भएको झडपमा दर्जनौं नागरिकहरुलाई गोली लागेको छ । यसक्रममा मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रहरी प्रमुख केशव अधिकारी लगायत प्रहरीहरु र सर्वसाधारणहरु घाइते भएका छन् । प्रहरीकै गोली लागेर १९ जना घाइते भएको बताइएको छ । यसबाहेक ४० जना बढी घाइते भएका छन् । घाइते मध्ये ८ जनाको अवस्था गम्भीर रहेको छ । जसमा चार जनालाई छातीमा गोली लागेको छ भने अरुलाई टाउको र अन्य भागमा गोली लागेको छ । खजुराकी लक्ष्मी चन्द, नेवारेका रुपलाल ढकाल, नेवारेकै महेन्द्र विक, ईत्रामका वीरेन्द्र रोकाय, नेवारेका भवानीप्रसाद आचार्य, जिल्ला प्रहरीका कार्यलय, सुर्खेतको भ्यानका ड्राईभर वीरबहादुर बिष्ट घाइते भएका छन् । घाइतेहरुमध्ये अरुको नाम खुलेको छैन । घाइतेको सुर्खेतको देउती अस्पताल र मध्यपश्चिमक्षेत्रीय अस्पतालमा उपचार भएको छ । प्रहरीको गोली लागेर घाइते भएकोबारे स्थानीय प्रशासनले भने पुष्टि गरेको छैन । प्रहरीले चलाएको गोली लागेर सुर्खेतको बुलबुले एफएममा कार्यरत पत्रकार आइसिहं रोका पनि घाइते भएका छन् । उनको खुट्टामा गोली लागेको छ । स्थिति तनावग्रस्त भएपछि कफ्र्यु लगाइएपनि आन्दोलनकर्ताले सुर्खेत क्षेत्र नं. २ बाट निर्वाचित सभासद् हृदयराम थानीको घरमा पनि तोडफोड गरे । आन्दोलनकारीले सुर्खेतका प्रहरी प्रमुख एसपी राजेशकुमार लाल कर्ण चढेको भ्यानसहित आधा दर्जन गाडि जलाइदिएका छन् । संघर्ष समितिका संयोजक तेजविक्रम बस्नेतले भने आफूहरुले शान्तिपूर्ण आन्दोलन गरेको तर कताबाट अराजक समूह आएर तोडफोड गरेको बताएका छन् । उनले तोडफोडमा उत्रिएको समूहलाई आफूहरुले नचिन्ने बताए । यता सुर्खेतका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले स्थानीय ऐन २०२८ अनुसार जनताकै रक्षाका लागि कफ्र्यू लगाइएको बताएका छन् । यस्तो अवस्थामा सुरक्षाकर्मीले गोली हान्न सक्ने उनले बताए । अखण्ड मध्यपश्चिमको नारा सूरुमा स्थानीय एमालेले लगाएको थियो । तर सुर्खेतमा शनिबारबाट चलेको आन्दोलनको प्रत्यक्ष नेतृत्व भने एमालेले गरेन । एमाओवादी र कांग्रेसका नेता कार्यकर्ता यो आन्दोलनमा सहभागी छैनन् भने आफ्नो धारणा समेत सार्वजनिक गरेका छैनन् । कांग्रेसका जिल्लाबासी नेता पूर्णबहादुर खड्काले भने एमालेले नै जनता भड्काएको आरोप लगाएका छन् । उनको आरोपमा केही सत्यता भने देखिन्छ । नागरिक संघर्ष समितिका संयोजक तेजविक्रम बस्नेत एमाले सुर्खेतका जिल्ला कमिटी सदस्य हुन् । उनैले नेतृत्व गरेको आन्दोलनमा एमालेको सहभागिता छैन भनेर पत्याउने आधार पनि देखिंदैन । नागरिक सघर्ष समितिले भने आन्दोलनमा राप्रपा र बैद्य माओवादीबाट भएको घुसपैठियाले अराजक हरकत गरेका आंशका गरेको छ । आजपनि बन्द छ सुर्खेत मंगलबार पनि सुर्खेतको वीरेन्द्रनगर स्वत स्फुर्त रुपमा बन्द छ । आफना मागहरु पूरा नभएसम्म बन्द गर्ने ब्यापारीहरुको भनाई रहेको छ । सुर्खेत उद्योग वाणिज्य संघले घटनाको क्षतीपूर्ति समन्वय गरेर अगाडि बढ्ने हल्ला आएता पनि संघका अध्यक्ष प्रकाश अधिकारीले आन्दोलनको कुनै पनि क्षतिप्रति संघ जिम्मेवार नभएको बताए । नागरिक संघर्ष समितिका अध्यक्ष तेजप्रसाद बस्नेतले आफूहरु आन्दोलनलाई कसरी अगाडि बढाउने भन्ने विषयमा सारोकारवालाहरुसँग छलफल चलाईरहँदा तोडफोड भएको बताउँछन् । मंगलबार विहान ८ बजेदेखि नागरिक संघर्ष समिति, राजनीतिक दलका जिल्लाका शीर्ष नेताहरु, क्षेत्रीय उद्योग वाणिज्य संघ लगायत विभिन्न सरोकारवालाहरु, आन्दोलनलाई कसरी रोक्ने र क्षति पुर्ति लगायतको विषयमा छलफल गरिरहेका छन । हिजोदेखि सुर्खेतवाट विभिन्न ठाउँका लागि छुट्ने सवारी साधनहरु नचल्दा नेपालगञ्ज, जाजरकोट, रुकुम, कालीकोट, जुम्ला, काठमाडौं, पोखरा लागायतका सर्वसाधारणहरु अलपत्र परेका छन ।   \"surkhet-andalon\" फोटो : यज्ञ खत्री / सुर्खेत
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending