Khabar Dabali २८ श्रावण २०८३ बिहीबार | 13th August, 2026 Thu
Investment bank

मोडलिङ क्षेत्रमा रमाउँदै लक्ष्मी सुनार

खबरडबली संवाददाता

काठमाडौं । पछिल्लो समयमा म्युजिक भिडियोहरु निरन्तर रुपमा बजारमा आइरहेका छन् । दिनहुँ जस्तो नयाँ मोडेल र कलाकारहरु जन्मिरहेका छन । मोडलिङको रहर अवसरको खोजीमा धेरै रहेको पाइन्छ । रहर सबैको हुन्छ मोडलिङमा रम्ने तर पनि मोडलिङमा भविष्य बनाउने सिमित हुन्छन त्यसमा एक प्रतिनिधि बनेकी छिन् कर्णाली प्रदेशको सुर्खेत जिल्लाको लक्ष्मी सुनार ।

सुर्खेत जिल्लामा जन्मेकी सुनार  मोडलिङमा नै आफनो भविष्य खोजिरहेकी छन् । मोडलिङ गर्दै आएकी लक्ष्मी  आफु रहरले नभएर सफल कलाकार बन्ने महान सपना पुरा गर्नका लागि यस क्षेत्रमा लागेको बताउँछिन् । सुनारले उत्साहित हुदै भनिन् – मेरो सानैदेखी कलाकार बन्ने ठुलो सपना थियो । त्यही सपनालाई पुरा गर्न म मोडलिङमा आएकी हुँ ।

आफनो मेहनत गरे अनुसार सफलता पाइरहेको बताउदै सुनारले भनिन ‘गर्दै जाँदा एक दिन अवश्य पनि सफलता मिल्छ त्यसैले मैले मोडलिङलाई निरन्तरता दिनुपर्छ ,सबैको सुझाव र प्रेरणाका साथ एकदिन सफल हुने विश्वास लिएकी छुँ ।’ हुन त लक्ष्मी कलाकारमात्र बन्ने उनको शौख होइन उनी एउटा बक्सर पनि हुन । उनी विशेष गरेर कराँतेमा  आफु दख्खल भएको बताउछिन ।

सानै उमेरदेखि मोडलिङ क्षेत्रमा एउटा छुट्टै नाम कमाउन चाहन्थे लक्ष्मीले भनिन् । आफनो कर्तव्यबाट कहिल्यै टाढा नभइ हिम्मत र शाहसका साथ अगाडि बढिरहेको बताउछिन । घरपरिवारमा यस क्षेत्रमा खासै कोही नलागेपनि परिवारको राम्रै सपोर्ट छ । मोडलिङको सुरवाती अवस्थामा पाएको माया र हौसलाले आफु उत्साहित भएको बताउँदै उनले साथीहरुको सपोर्टले काम गर्न सजिलो भएको सुनाईन् ।

No description available.

विशेष गरेर लक्ष्मी  आफु सर्ट मुभीहरु हेर्न रुचाछिन तर पनि आफु भने लभ स्टोरी र एक्सन प्रधान चलचित्रमा अभिनय गर्न आफनो रुची भएको बताउने लक्ष्मी  पछल्लो समय म्युजिक भिडियोहरुमा ब्यस्त रहेकी छन् । म्युजिक भिडियो गर्दै आएकी लक्ष्मी चलचित्रमा अफर आएमा आफुलाई सुट भएमा अभिनय गर्ने बताईन् । ग्लामर भन्दैमा उत्ताउलोपन भन्दा पनि कथा अनुसार ग्लामर सिन दिन रुचाउने लक्ष्मी  विशेष गरेर डान्सीङ बीटका गीतहरुमा डान्स गर्ने गरेकी छन ।

No description available.

अभिनय विटमा भन्दा आफु डान्सिङबीटका गीतहरुमा कन्फिडेन्ट भएको उनी बताउछिन । उमेरले २२ औँ बसन्त पार गरेकी लक्ष्मी  एकअर्काको भावना बुझ्नु, सुखदुखमा साथ नछोड्नु नै मायाँका रुपमा लिन्छिन । बजारमा देखिएको फेसनेवल माया आफुलई राम्रो नलाग्ने उनी बताउछिन । लक्ष्मी  भन्छिन ‘माया प्रेम भन्ने वित्तिकै जोपायो उसको विश्वास गर्नाले पछुताउनु पर्छ, माया भनेको सोचेर गर्नुपर्छ उनले भनिन‘ ‘प्रेम फेशन होइन, देखाउनका लागि लगाउने लुगा होइन प्रेम त केवल भावनात्मक हुनुपर्छ अनिमात्र जीवन निर्वाह गर्न सहज हुन्छ ।

No description available.

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिंहदरबारमा खाद्य व्यवस्था कम्पनीको नयाँ बिक्री कक्ष सञ्चालनमा

काठमाडौं । सिंहदरबार परिसरमा सरकारी कर्मचारी तथा सर्वसाधारणलाई लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नयाँ बिक्री कक्ष सञ्चालनमा ल्य...

देउवा स्वदेश फर्किँदै, विमानस्थलमा सुरक्षा कडाइ

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किँदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा ...

विश्वासको मत जुटेन, सुदूरपश्चिमका मुख्यमन्त्री शाहले राजीनामा दिदै

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह विश्वासको मत जुटाउन नसक्ने भएपछि पदबाट राजीनामा दिने तयारीमा छन्। प्रदेशसभामा सम्बोधन गरेपछि ब...

अपडेट: प्युठानको खोला किनारमा पाँच शव फेला

बुटवल । रोल्पाको थबाङमा पहिरोमा परेर बेपत्ता भएकाहरूको हुन सक्ने आशंका गरिएका पाँच जनाको शव प्यूठानमा फेला परेको छ। स्वर्गद्वारी नगरपालिका–९, जुडापाटा...

सिन्धुपाल्चोकको बाह्रबिसेमा टिपर दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौँ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वरस्थित भित्री सडकखण्डमा ढुङ्गा बोकेको टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । केन्द्री...

किशोर श्रेष्ठको पक्राउप्रति नेपाल मिडिया सोसाइटीको आपत्ति, तत्काल रिहाइको माग

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधानसम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई समाचार लेखेकै आधारमा पक्राउ गरिएको भन्दै नेपाल मिडिया सोसाइटीले आपत्त...

पत्रकार श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको धर्ना, केहीबेर घम्साघम्सी

काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई विनाशर्त रिहा गर्न माग गर्दै नेपाल पत्रकार महासंघले काठमाडौं प्रहरी परिसरअगाडि धर्ना तथा प्रदर्शन गरेको छ। महासंघ ...

प्यूठानमा खोलाका किनारमा चार शव फेला, पहिचान खुल्न सकेन

प्यूठान । प्यूठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा बिहीबार माडी र लुङ्ग्री खोलाको किनारमा चार वटा शव फेला परेका छन्। फेला परेका शवमध्ये अधिक...

रुकुमपूर्वमा पहिरोले मध्यपहाडी लोकमार्ग ठप्प, यात्रु बाटोमै अलपत्र

रुकुमपूर्व । लगातारको वर्षापछि खसेको पहिरो र लेदोसहितको भलका कारण रुकुमपूर्वमा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। सडक अवरुद्ध हुँदा काठमाडौं हुँदै रुक...

कञ्चनपुरका दुई हजार दुई सय व्यवसायीको दुर्घटना बिमा

कञ्चनपुर। कञ्चनपुर उद्योग वाणिज्य संघले दुई हजार दुई सय व्यवसायीको सामूहिक दुर्घटना बिमा गराएको छ । गत आर्थिक वर्ष २०८२/८३ देखि व्यवसायीको दुर्घटना बि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending