काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री स्वर्गीय सूर्यबहादुर थापा पञ्चायतकालमा मात्र नभएर बहुदलीय प्रजातन्त्रमा प्रधानमन्त्री भई मुलुकको राजनीतिमा संलग्न अनुभवी, व्यावहारिक र कुशल व्यक्तित्व भएको बताएका छन् ।
सूर्यबहादुर थापा प्रतिष्ठानद्वारा आज यहाँ आयोजित नेपालका पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको आत्मकथा ‘मेरा नौ दशक’ लोकार्पण कार्यक्रममा उनले नौ दशक लामो आयु बाँचेका स्व थापा नेपाली राजनीतिमा सम्झनायोग्य नेताहरूहरूमध्ये एक रहेको उल्लेख गरे । प्रधामन्त्री देउवाले भने, “सूर्यबहादुर थापा नेपालको राजनीतिक इतिहासमा सुपरिचित र सुप्रसिद्ध राजनीतिज्ञ हुनुहुन्छ । मुलुकको राजनीतिलाई आफ्नो विचार एवं दूरदृष्टि अनुरूप सञ्चालन एवं प्रभावित गर्न सक्ने उहाँ एक कुशल राजनीतिज्ञ हुनुहुन्थ्यो ।” उनको कार्यकालमा मुलुकमा विभिन्न महत्वपूर्ण सुधारात्मक कार्यक्रमहरू कार्यान्वयनमा आएको उल्लेख गदै प्रधानमन्त्री देउवाले मुलुककै इतिहासमा पहिलो पटक जनमत सङ्ग्रह उनकै प्रधानमन्त्रीत्व कालमा भएको बताए ।
नेपाली राजनीतिको अनेक आरोह–अवरोह भोगेका स्व थापाको आत्मकथा नेपालको राजनीति र इतिहास बुझ्नका लागि एउटा रोचक र गतिलो कृति हुने प्रधानमन्त्री देउवाको भनाइ थियो । “धनकुटाको ग्रामीण परिवेशमा जन्मिई अनेक सङ्घर्ष झेल्दै मुलुकको राजनीतिको उच्च पदसम्म पुग्न सफल थापाले जीवनमा गरेको सङ्घर्ष र भोगेको दुःख सुखका कथाहरू यो आत्मकथामा समेटिएको छ । यो कृतिमा वरिष्ठ राजनीतिज्ञ थापाले आफ्नो बाल्यकाल, युवावस्था र प्रौढावस्थामा भोगेका, देखेका र संलग्न भएका महत्वपूर्ण घटनाक्रमहरूलाई समेटिएको छ । यो आत्मकथा आजका नयाँ पुस्ताका राजनीतिकर्मीहरूका लागि रोचक, ज्ञानबद्र्धक र प्रेरणादायी कृति हुने विश्वास मैले लिएको छु”, प्रधानमन्त्री देउवाले भने ।
उक्त कृतिमा दोस्रो विश्वयुद्ध, भारतीय स्वतन्त्रता सङ्ग्रामलगायतका अन्तर्राष्ट्रिय परिघटनाहरूदेखि नेपालको २००७ सालको राजनैतिक क्रान्ति, २००७ देखि २०१७ सालसम्मको राजनैतिक सङ्क्रमण, पञ्चायतकालीन राजनीतिक व्यवस्था, २०३६ सालको जनमत सङ्ग्रह, २०४६ सालको जनआन्दोलन र बहुदलको घोषणा, माओवादी द्वन्द्व, २०६२÷६३ सालको दोस्रो जनआन्दोलन र संविधानसभाको उतारचढावसम्मका घटनाको वर्णन र विश्लेषण गरिएको छ ।
पुस्तकमा स्व थापाले आफू मन्त्री तथा प्रधानमन्त्री हुँदाको परिस्थिति र त्यो समयमा के कस्ता राजनीतिक निर्णय गरियो, त्यसमा कर्मचारीतन्त्रको साथ र सहयोग कसरी लिइयो, सुरक्षाकर्मी कसरी परिचालित गरियो, राजनीतिक परिचालन कसरी गरियो भन्नेलगायतका कुरा पनि समेटिएको हुँदा यो कृति राजनीतिक व्यक्तिहरूका साथै प्रशासक तथा सुरक्षाकर्मीहरूका लागि उत्तिकै रोचक हुने प्रधानमन्त्री देउवाले बताए । यस कृतिको प्रकाशनबाट नेपालको राजनीतिक इतिहासमा खुल्न बाँकी धेरै तथ्यहरू बाहिर प्रकाशमा आई त्यतिबेलाको इतिहासलाई बुझ्न सबैलाई सहयोग पुग्ने उनको भनाइ थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: