Ntc summer Offer
Khabar Dabali १८ मंसिर २०८० सोमबार | 4th December, 2023 Mon

अमेरिकाको ओहायोमा नेपाली भाषीको फुटबल उत्सव सुरु

खबरडबली संवाददाता

काठमाडौँल  । अमेरिकावासी नेपाली भाषी समुदायका लागि फुटबल खेलको महोत्सव अमेरिकाको ओहायो राज्यस्थित सिनसिनाटी सहरमा शुक्रबारदेखि सुरु भएको छ ।

‘इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसनले’ आयोजना गरेको सो प्रतियोगिताको उद्घाटन शुक्रबार राति फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले एक समारोहबीच गरे । प्रतियोगितामा भाग लिन अमेरिकामा बसोबास गर्ने नेपाली भाषी हुनुपर्ने प्रावधान राखिएको छ ।

तीन दिनसम्म जारी रहने सो उत्सवमा अमेरिकाका विभिन्न राज्यबाट ३८ वटा फुटबल टिमको सहभागिता रहेको छ । युवा, महिला र ३५ वर्षमाथि उमेर समूहका भेट्रानका भिन्नभिन्न टिमबीच प्रतिस्पर्धामा हुने बताइएको छ । 

सो खेलको विजेतका लागि १५ हजार अमेरिकी डलर (१९ लाख ४० हजार नेपाली रुपैयाँ) पुरस्कार राखिएको छ । उद्घाटनलगत्तै युनिक ब्वाइज फुटबल क्लब र पथरी इ वान फुटबल क्लबबीच प्रतिस्पर्धा भएको थियो । 

त्यसैगरी कोलम्बस स्टार फुटबल क्लब र रिबोलुसन फुटबल क्लब तथा रोयल फुटबल क्लब र सिन्सी कुल क्याट फुटबल क्लबका बीच प्रतिस्पर्धा हुने कार्यक्रम रहेको छ ।

तीन वटा फुटबल मैदानमा एकै समयमा आइएन क्रिष्ट युनाइटेड भर्सेस एरो फुटबल क्लब, मिचिगन फुटबल क्लब भर्सेस ब्लाकलिक युनाइटेड, साङ्ग्रिला युथ फुटबल क्लब भर्सेस नर्थ डकोटा युनाइटेड फुटबल क्लबका बीच प्रतिस्पर्धा हुने कार्यक्रम रहेको छ । 

त्यसैगरी रोही कोलम्बस फुटबल क्लब भर्सेस एफसी युनाइट, इन्ट्रा फुटबल क्लब भर्सेस बेलडागी युथ फुटबल क्लब, एफसी नाइट भिजन भर्सेस बिवाइएससी, चुके फुटबल क्लब भर्सेस युनाइटेड ओन्टारियो फुटबल क्लब, टिमाइ स्क्वाड भर्सेस एफसी ओरेञ्ज, भरमण्ट एघार भर्सेस पीस जोन स्पोर्टिङ अफ बिसिएएका बीच रोचक प्रतिस्पर्धा हुँदैछ ।

उद्घाटनकै दिन सम्पन्न भेट्रानतर्फको खेलमा ह्यारिसवर्ग भेट्रान्स भर्सेस एक्रन भेट्रान्स, सिन्सी इन्ट्रा भेट्रान्स भर्सेस मिनिसोटा भेट्रान्स, सिन्सी येल भेट्रान्स भर्सेस कोलम्बस इन्ट्रा भेट्रान्स, रिभाइभल भेट्रान्स भर्सेस् हिलसिटी भेट्रान्सका बीच पनि प्रतिस्पर्धा हुनेछ ।

युवाका २६ वटा टिम सहभागी रहेकाले यो समूहको खेल नकआउट विधिबाट गरिएको खेल आयोजक समितिका संयोजक राजन चुहानले बताए  । भेट्रान्सतर्फ आठ वटा टिम र महिलातर्फ चार वटा टिम सहभागी छन् । महिला टिमबीच हुने प्रतिस्पर्धा भने अमेरिकी पूर्वीय समयानुसार शनिबार सुरु हुने आयोजना संयोजक चुहानले जानकारी दिए  ।

खेल सुरु हुनुअघि बिहीबार साँझ सिनसिनाटीको होटल मेरियटमा खेल टिमका म्यानेजर, क्याप्टेन र कोचलाई आयोजक संस्था इन्ट्रा फाउण्डेसनले स्वागत समारोहको आयोजना गरेको थियो । फाउण्डेसनका प्रवक्ता केशव आचार्य र सचिव गोपाल धितालले सहभागीको स्वागत गरेका थिए भने गायक तथा सङ्गीतकार केशव पौडेलले तयार गरेको इन्ट्राको खेल गीत पनि पहिलोपल्ट सार्वजानिक गरिएको थियो ।

विभिन्न चरणमा खेल भई फाइनलमा पुग्न सफल टिमका बीच सेप्टेम्बर २५ मा अन्तिम प्रतिस्पर्धा हुने कार्यक्रम तय भएको छ । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यौन क्रियाकलापमा जबरजस्ती संलग्न गराइएका ३ जना नाबालिकाको उद्धार

काठमाडौँ।  होटल सञ्चालकले जबरजस्ती यौन गतिविधिमा संलग्न गराएका ३ जना नाबालिकाको उद्धार गरिएको छ। यस सन्दर्भमा काठमाडौँको नयाँबसपार्कस्थित पश्चिम लुम्ब...

अफवाह फैलाउने युट्युबसहित थप १८ मिडिया कारबाहीमा

काठमाडौँ। प्रेस काउन्सिल नेपालले दर्तारसूचीकरण नभई अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने थप १८ वटा युट्युव च्यानलालाई आवश्यक कारबाहीको लागि सिफारिश गरेको...

मन्त्रिपरिषद्मा हेरफेर हुँदैन : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले नै मन्त्रिपरिषद्मा कुनै हेरफेर नहुने स्पष्ट पारेका छन् । जलवायु परिर्वतनसम्बन्धी सम्मेलन कोप–२८ मा स...

जापानमा भालुको आक्रमण इतिहासमै उच्च

टोक्यो। आर्थिक वर्ष सन् २००६ मा रेकर्ड राख्न सुरु भएपछि जापानभर भालुको आक्रमण कीर्तिमानीस्तरमा पुगेको छ । मुलुकमा भालुको आक्रमण यो वर्ष सबैभन्दा खराब ...

एनएसएल : इलाम पेनाल्टीमा चुक्दा बुटवलको जित

काठमाडौँ। एफसी बुटवल लुम्बिनीले नेपाल सुपर लिग (एनएसएल) को आफ्नो तेस्रो खेलमा आएर पहिलो जित निकालेको छ।  त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा भएको खेलम...

जलवायु सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ‘कोप’ २८ मा सहभागी भई आज अपराह्न स्वदेश फर्किएका...

अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गरेको आरोपमा ५ जना पक्राउ

काठमाडौँ। अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गरेको आरोपमा ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछापको दोरम्बा घर भई हाल ललितपुर बस्ने २७ वर्षीय...

भेद्‌भावको अन्त्य गरेर आर्थिक-सामाजिक रुपान्तरण कायम गर्नुपर्छ : माधव नेपाल

काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अपाङ्गता भएका व्यक्तिको संवैधानिक अधिकार सुनिश्चितता गर्नुपर्ने बताएका छन् । अध्यक्ष ने...

वायुसेवा निगमले भन्यो– हाम्रो कमजोरीका कारण कालोसूचीबाट नहटेको भन्नेमा सत्यता छैन

काठमाडौँ। नेपाल वायु सेवा निगमले आफ्नो कमजोरीका कारण युरोपेली युनियन (ईयू)ले नेपाललाई उडान सुरक्षा चासो सूची (कालोसूची)बाट नहटाएको भन्ने आरोप खण्डन गर...

एनसेलको शेयर खरिदबिक्री शङ्कास्पद : अमरेशकुमार सिंह

काठमाडौँ। प्रतिनिधिसभा सदस्य डा अमरेशकुमार सिंहले दूरसञ्चार कम्पनी एनसेलको शेयर खरिदबिक्री शङ्कास्पद भएको दाबी गर्दै छानबिनका लागि सरकारसँग माग गरेका ...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies