Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

युक्रेनलाई सहयोगबारे छलफल

खबरडबली संवाददाता

किभ । युक्रेनमा आवश्यक सहयोग बारे युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलिन्स्किीले फ्रान्सका विदेशमन्त्रीसँग भेटवार्ता गरेका छन् । हाल युक्रेनको भ्रमणमा रहेका  फ्रान्सेली विदेशमन्त्री क्याथोरिन कोलोनासँगको भेटका क्रममा युक्रेनका राष्ट्रपति जेलिन्स्किीले युक्रेनलाई सहयोग गर्न आग्रह गरेका छन् ।

युक्रेनमा केही महिना अघि रुसले गरेको आक्रमणपछि यहाँको आर्थिक लगायतको अवस्था कमजोर हुदै गएको छ । हाल पश्चिमा देशहरुले युक्रेनको आर्थिक तथा समाजिक क्षेत्रमा सहयोग गरिरहेका छन् । बेलायत र अमेरिकाले युक्रेनलाई आवश्यक पर्ने हात हतियचर समेत उपलब्ध गराइरहेका छन् ।

युक्रेन युरोपियन युनियनको सदस्य बन्ने तयारीमा रहेकाले यसका लागि आवश्यक सहयोग गर्न पनि उनले फ्रान्सेली विदेशमन्त्रीसँग आग्रह गरे । सो भेटका क्रममा फ्रान्ससँग युक्रेनी राष्ट्रपतिले प्रतिरक्षाका क्षेत्रमा आवश्यक सहयोगका लागि पनि आग्रह गरेको युक्रेनी राष्ट्रपतिको कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।

सो विज्ञप्तिमा राष्ट्रपति जेलिन्स्किीले युक्रेनको पछिल्लो अवस्थाको बारेमा फ्रान्सलाई जानकारी गराएको र उनीहरुका बीचमा युक्रेनका लागि हाल गर्न सकिने सहयोगका बारेमा कुराकानी भएको जनाइएको छ ।

युक्रेनमा रुसको आक्रमणका विरुद्धमा फ्रान्सले पनि युक्रेनलाई विगतदेखि सहयोग गर्दै आएको छ । गएको फेब्रुअरी महिनामा रुसले युक्रेनमाथि हमला गरेको थियो । सो हमलाबाट युक्रेनमा मानवीय र आर्थिक क्षति पुगेको छ । रुसले युक्रेनमाथि गरेको सो हमलापछि फ्रान्सेली विदेशमन्त्री कोलोनाले गरेको युक्रेनके यो दोस्रो पटकको भ्रमण हो । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies