Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

पूर्वराष्ट्रपति डा यादवको प्रश्न– के अहिलेको राजनीतिक निमुखाको पक्षमा छ त ?

खबरडबली संवाददाता
भक्तपुर । पूर्वराष्ट्रपति डा रामवरण यादवले के अहिलेको राजनीतिक निमुखाको पक्षमा छ त भनेर प्रश्न गरेका छन् । 
 
आज काठमाडौँको काँडाघारीस्थित नेपाल चर्खा प्रचारक गान्धी तुलसी स्मारक महागुठीले आयोजना गरेको १५३ औँ गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवस २०७९ मा उनले महात्मा गान्धीले समातेको बाटोलाई अवलम्बन गर्दै निमुखा जनताको पक्षमा राजनीति गर्ने बेला आएको बताएका हुन् । 
 
“गान्धीको विकासको सोच, निमुखा जनताप्रति करुणा राख्ने राजनीति थियो तर के अहिलेको राजनीतिक निमुखाको पक्षमा छ त ?”, पूर्वराष्ट्रपति डा यादव भने, “राजनीतिबाट पनि मोक्ष प्राप्ति हुन्छ, राजनीति अरुका लागि, समाजका लागि, देशका लागि, निमुखाका लागि हुनुपर्छ, तर खै सिकेका ? त्यसैले अब युवाले निमुखाको पक्षमा राजनीति गर्नुपर्छ ।”
 
भारतमा गान्धीले समाजसँग, जनतासँग, देशसँग जोडेर स्वतन्त्रताको आन्दोलनको नेतृत्व गरेको चर्चा गर्दै उनले चर्खा आन्दोलन गरेर अङ्ग्रेजबाट देशलाई मुक्त गराउन उनको योगदान ठूलो रहेको बताए । मानिसले नै अहिले प्रकृतिको विनाश गरेर नेपाल मात्रै होइन विश्वमा बढ्दो जलवायु परिवर्तनले २२ औँ शताब्दीमै मानव सभ्यता मुस्किल सङ्कटमा पर्ने जनाउँदै उनले विश्व सङ्कटमा र आफ्नो देश सङ्कटमा पर्दा पनि देशको नेतृत्व गर्नेलाई कुनै मतलब नभएको टिप्पणी गरे ।
 
कुनै पनि प्रश्न बिना जीवनको अर्थ छैन भन्दै उनले मानव जातीले जल, जमिन, हावालगायत प्राकृतिक विनाश निम्त्याउँदा विश्वमा खाद्य सङ्कट, इन्धन सङ्कट बढ्दै जाँदा विश्वमा करोडौँ मानिस भोकमारीको चपेडामा परिरहँदा युक्रेन र रुसको युद्धले विश्व आक्रान्त बनेको बताए । 
 
कार्यक्रममा दिल्ली विश्वविद्यालयका प्रा रामचन्द्र प्रधान, गान्धी पुरी आश्रमका संस्थापक अध्यक्ष अगष्ट इन्द्र उदियान, भारतीय राजदूतावासका डेपुटी चिफ अफ मिसनका प्रतिनिधि प्रसन्न श्री वास्तब, गान्धी तुलसी दर्शन अध्ययनका शङ्कर तिवारी, जापानी नागरिक किसिमोटो आगुमी, नानाका हिगुची, पूर्व सङ्घीय सांसद दीपक कुइँकेल, कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीलगायतले गान्धीले ल्याएको स्वतन्त्रताका बारेमा चर्चा भएको थियो । 
 
कार्यक्रमका सभापति एवं महागुठीका अध्यक्ष उद्यमोहन श्रेष्ठले नेपाल चर्खा प्रचारक गान्धी तुलसी स्मारक महागुठीले यहाँको विकासमा पु¥याएको योगदानको चर्चा गरे ।
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies