Khabar Dabali २० श्रावण २०८३ बुधबार | 5th August, 2026 Wed
Investment bank

नवौँ राष्ट्रिय खेलकुदः तेक्वान्दोमा पुलिसलाई चार स्वर्ण

खबरडबली संवाददाता

काठमाडौँ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत म्याग्दीको बेनीमा जारी तेक्वान्दो खेलको पुम्सेतर्फको बिधाका उपाधिमा नेपाल प्रहरीले वर्चश्व कायम गरेको छ । पुम्से एकल र पियरको महिला पुरुष दुवैमा विजेता बनेको  प्रहरीले पुरुष टिम पुम्सेतर्फ पनि प्रथम बनेर चार स्वर्ण पदक जितेको छ । महिलातर्फको टिम पुम्सेमा भने नेपाली सेनाले जितेको छ ।  

राष्ट्रिय खेलकुद परिषद्का प्रमुख तेक्वान्दो प्रशिक्षक नवीन श्रेष्ठले प्रहरीका निशा दर्नाल महिला र कमल श्रेष्ठ एकल पुम्सेमा विजयी भएका बताए  । महिलातर्फ सेनाकी स्वतिका तामाङ दोस्रो, प्रदेश नं १ की सुशीला राई र गण्डकीकी अर्पण अधिकारी तेस्रो भएका छन् । पुम्से एकल पुरुषमा लुम्बिनीका युवराज राना द्वितीय, गण्डकीका आयुष गुरुङ र प्रदेश नं १ का विवेक राई तेस्रो भए । 

पुम्से पियरमा प्रहरीका निशा दर्नाल र अस्मिन राउत प्रथम, सेनाका दीपेन्द्र गुरुङ र प्रशन्ना क्षेत्री दोस्रो, गण्डकीका आयुश गुरुङ र अर्पणा अधिकृत तथा प्रदेश नं १ का विवेक राई र सुविक्षा राई तेस्रो भएका छन् । 

पुरुषको टिम पुम्सेमा पुलिसका प्रेमबहादुर लिम्बू, जितबहादुर भाट र कमल श्रेष्ठ प्रथम, सेनाका दीपेन्द्र गुरुङ, राजन रिमाल, रामकुमार पोखरेल द्वितीय, गण्डकीका टार्जन कायत मगर, तिलक सिउथानी मगर र युकेश थापामगर तथा सशस्त्र प्रहरीका सिर्जन श्रेष्ठ, नोर्वु मोक्तान र योवन दाहाल तेस्रो भए । 

टिम पुम्से महिलामा सेनाका स्वतीका तामाङ, निता गुरुङ, प्रशन्ना क्षेत्री प्रथम, पुलिसका निशा दर्नाल, सीता तामाङ, मोनिका रम्तेल द्वितीय, सशस्त्र प्रहरीका मोनिका मगर, स्मृति नेपाली र चन्दा शाही तथा प्रदेश नं १ का मनिषा विश्वकर्मा, शान्ति राई र सुशीला राई तेस्रो भए । तेक्वान्दोको पुम्मे विधातर्फको सबै खेल सकिएको राखेपका प्रमुख तेक्वान्दो प्रशिक्षक श्रेष्ठले बताए । 

गेरोगीतर्फ शनिबार महिलाको ५३ र पुरुषको ५८ केजी तौल समूहको पहिलो चरणको खेल सकिएको छ । महिलाको ५३ केजी तौल समूहबाट सेनाका गीता कडायत, लुम्बिनी प्रदेशका निलिमा मल्ल, प्रहरीका आयुशा लामा र सशस्त्र प्रहरीका अस्मिता खड्का क्वाटरफाइनलमा प्रवेश गरेका छन् । 

पुरुष ५८ केजी तौल समूहबाट मधेस प्रदेशका सोव अख्तर, बागमतीका रेहन केसी, पुलिसका सुवासचन्द्र बोहोरा र सेनाका लोकबहादुर राउत क्वाटरफाइनल प्रवेश गरेका छन् । राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको प्रतियोगिता कात्तिक २ गतेसम्म सञ्चालन हुनेछ ।

सातवटा प्रदेश, तीनवटा विभागीय र गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०का तीन सय ३० खेलाडी सहभागी भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । समितिका प्रशिक्षक कर्ण प्रधानले २२ वटा इभेन्ट्सका खेल हुने जानकारी दिनुभयो । स्वर्ण र कास्य २२–२२ तथा ४४ वटा रजत पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending