Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

नवौँ राष्ट्रिय खेलकुद: एथ्लेटिक्समा चार स्वर्ण पदकको छिनोफानो

खबरडबली संवाददाता
पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत एथ्लेटिक्समा चार स्वर्ण पदकको छिनोफानो भएको छ ।
 
पोखरा रङ्गशालामा आज बिहान सम्पन्न खेलमा पाँच हजार मिटर महिला दौडतर्फ  बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छिन । सन्तोषीले नेपाल पुलिस क्लबकी राजपुरा पछाईलाई पछाडि पार्दै स्वर्णपदक जितेकी हुन् । सन्तोषीले निर्धारित दूरी १७ मिनेट ०५.२९ सेकेन्डमा पूरा गरिन् ।
 
स्वर्ण पदक जितेकी सन्तोषीले राष्ट्रिय कीर्तिमानको लक्ष्य राखेको भए पनि चोटको कारण पूरा गर्न नसकेको बताइन । महिला पाँच हजार मिटरमा कान्छीमाया कोजुको नाममा रहेको १६ मिनेट ४९.५९ सेकेन्डको कीर्तिमानी छ ।
 
त्यसैगरी यसअघि भएको दश हजार मिटर दौडमा पनि सन्तोषीले स्वर्ण पदक जितेकी थिइन् । सोही स्पर्धामा रजत पदकमा चित्त बुझाएकी पुलिसकी खेलाडी राजपुराले १७ मिनेट १२.०५ सेकेन्डमा निर्धारित दूरी पूरा गरिन् । त्रिभुवन आर्मी क्लबकी पूर्णलक्ष्मी न्यौपानेले कास्य जितिन । उनले निर्धारित दूरी १८ मिनेट ०३.०० सेकेन्डको समयमा पूरा गरिन । 
 
यसैगरी आजै भएको एथलेटिक्सको पुरुष चार सय मिटर हर्डल्समा त्रिभुवन आर्मी क्लबका रामप्रसाद थारुले स्वर्ण पदक हात पारेका छन् । उनले निर्धारित दूरी ५३.५३ सेकेन्ड समय खर्चदै पूरा गरे । 
 
सोही स्पर्धामा आर्मीकै जीवन चौधरीले ५३.८९ सेकेन्ड समय लगाउँदै रजत पदक जिते । सशस्त्र प्रहरी बल (एपीएफ) का निरप्रताप महतोले कास्य जिते । उनले ५३.९२ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै कास्य जितेका हुन् ।
 
त्यस्तै एथ्लेटिक्सको महिला आठ सय मिटर दौडमा एपीएफ क्लबकी फुलमती रानाले स्वर्ण पदक जितिन । उनले निर्धारित दूरी दुई मिनेट २७.३६ सेकेन्ड समय खर्चदै स्वर्ण जितेकी हुन् । सोही स्पर्धामा आर्मीकी सरस्वती भट्टराईले दुई मिनेट २७.५० सेकेन्डको समय लगाउँदै रजत पदक जितेकी हुन् । आर्मीकी रेखा लिम्बूले कास्य जितिन् । उनले निर्धारित दूरी दुई मिनेट ३०.४८ सेकेन्डको समय लगाउँदै कास्य जितेकी हुन् । 
 
आजै भएको पुरुष आठ सय मिटर दौडमा आर्मीका सोमबहादुर कुमालले स्वर्ण जिते । सोमले निर्धारित दूरी एक मिनेट ५४.०८ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् । सो स्पर्धामा पुलिसका तेजबहादुर कार्कीले रजत जिते । उनले एक मिनेट ५५.२१ सेकेन्डसहित रजत जितेका हुन् । त्यस्तै आर्मीका सुनिल सुनारले एक मिनेट ५५.५२ सेकेन्डसहित कास्य जिते ।
 
ज्याभलिन थ्रोको पुरुषतर्फ आर्मीका रोहित चौधरीले स्वर्ण जिते
 
नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सको ज्याभलिन थ्रोको पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका रोहित चौधरीले स्वर्ण पदक जितेका छन् । पोखरा रङ्गशालामा आज भएको खेलमा रोहितले ६४.२५ मिटर थ्रो गर्दै स्वर्ण पदक जितेका हुन् ।
 
सोही स्पर्धामा एपीएफका रमेश पोखरेलले ५५.४३ मिटर थ्रो गर्दै रजत पदक हात पारे । एपिएफकै मनोज डगौँराले ५३.३९ मिटर थ्रो गर्दै कास्य पदक हात पारे ।
 
एथ्लेटिक्सको चार गुणा १०० मिटर रिलेमा त्रिभुवन आर्मी र एपीएफलाई स्वर्ण
 
यसैगरी एथ्लेटिक्सको ४ गुणा १०० मिटर रिलेमा त्रिभुवन आर्मी र एपीएफ क्लबले स्वर्ण पदक जितेका छन् । महिला रिलेमा आर्मीकी रमिता थारू, सरस्वती चौधरी, जयरानी थारु र निर्मला थापा सम्मलित टोलीले ४९.६० सेकेन्डको समय निकाल्दै स्वर्ण जितेको हो । 
 
मनिषा अधिकारी, अनिशा भण्डारी, सविना खातुन मियाँ र निशा घर्ती सम्मिलित गण्डकी प्रदेशले ५२.७५ सेकेन्डको समय निकाल्दै रजत जितेका छन् । रजिना दुलाल, स्वगता खाइजु, प्रकृति सुवाल र लुजला अमात्य सम्मलित बागमती प्रदेशले ५२.७६ सेकेन्डसहित कास्य जितेका छन् । 
 
सोही स्पर्धाको पुरुषतर्फ निरप्रताप महतो, आशिष चौधरी, शिवराज पार्की, चन्द्रबहादुर पुलामी सम्मिलित एपीएफ टोलीले ४२.४४ सेकेन्डको समय निकाल्दै स्वर्ण जितेको हो । जीवन चौधरी, विवेक थारु, युवराज विक, डिल्ली महतो सम्मिलित आर्मीले ४२.६० सेकेन्डसहित रजत जित्यो भने सिमान पाण्डे, सुजल डाँगी, रोशन थारु र तुलसीराम थारु सम्मिलित लुम्बिनी प्रदेशले ४४.३८ सेकेन्डको समय निकाल्दै कास्य जितेका छन् ।
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending