Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

विद्युतीय मोटरसाइकल आविष्कारक सोहनको परिवारमा खुसी

खबरडबली संवाददाता

सुदूरपश्चिम । धनगढी उपमहानगरपालिका– ५ जाइँ गाउँका विद्यार्थी सोहन कैनीको घरमा आविष्कार गरिएको विद्युतीय मोटरसाइकल हेर्न मङ्गलबार बिहान भीड लागेको थियो । ऐश्वर्य विद्या निकेतन धनगढीमा कक्षा ११ मा अध्ययनरत कैनीले विद्युतीय मोटरसाइकल आविष्कार गरेको खबर फैलिएपछि उनको घरमा मोटरसाइकल अवलोकन गर्नेको भीड लागेको हो ।

नयाँ आकार र प्रकारको मोटरसाइकल आविष्कार भएपछि सोहनकी आमा बसन्तीलाई मोटरसाइकल अवलोकन गर्न आउनेलाई स्वागत गर्न भ्याइनभ्याइ छ । व्यवस्थापन विषयमा अध्ययनरत १६ वर्षीय कैनीलाई घरमा पुग्नेलाई आफ्नो प्रतिभाबारेमा जानकारी दिन निकै व्यस्तता छ । सोहनको प्रतिभालाई अनाँैठो मान्दै त्यहाँ पुग्नेहरुले प्रशंसा गरिरहँदा बसन्तीमा खुसीको सीमा नै थिएन । 

उनले भनिन्, “छोराले गरेको कामलाई मान्छेले अनाँैंठो मान्दै स्यावासी दिँदा आफूलाई गौरवको अनुभूति भइरहेको छ”, उनले थपिन, “सानो कक्षामा पढ्दा उनले घरमै पनि विद्युत् आपूर्ति बन्द भएको बेला पनि ब्याट्री र तारको प्रयोग गरेर बिजुली बत्तीको उज्यालो बनाउने र पङ्खा चल्ने बनाउँथ्यो, यसबाहेक धातुका टुक्रा जम्मा गरेर कहिले खेलौना आकारको गाडी बनाइरहन्थ्यो ।”

सोहनले एसइई परीक्षा दिइसकेपछिको खाली समयमा ग्यारेजमा मोटर मर्मतसम्बन्धी काम सिकेका थिए । कोरोनाको महामारीको समस्या बढ्दा पूरा समय काम सिक्न नपाएको समस्या बताउँदै उनले भनिन्, “आफै घरमा नेट इन्टरनेटको प्रयोगबाट अहिले यो विद्युतीय मोटरसाइकल आविष्कार गर्न सफलता मिल्यो ।” 

कमजोर आर्थिक अवस्थाका कारण विद्युतीय मोटरसाइकल बनाउन चाहिने पाटपूर्जा र अन्य सामग्री जुटाउन सोहनलाई आर्थिक समस्या थियो । कमजोर आर्थिक अवस्थाका कारण मोटरसाइकल आविष्कारको कामका लागि आर्थिक समस्या देखिँदा आमा बसन्तीले ऋण खोजेर भए पनि छोराको योजना सफल बनाउने जुक्ति निकाल्नु भयो । फलस्वरुप महिला समूहबाट रु एक लाख ५० हजार ऋण निकालेर छोरा सोहनको योजनालाई साथ दिइन् ।

“घरमा पैसाको अभाव हुँदा वडा सदस्य माया ताम्राकारको सहयोगमा महिला समूहबाट ऋण निकालेर छोराको कामलाई सघाउन सके”, बसन्तीले भनिन्,“ मोटरसाइकल आविष्कारमा सफलता पाएपछि वडा कार्यालयले रु ५० हजारको सहयोग गर्ने बचन दिएको छ ।” 

सोहनकी बज्यै गौरीदेवी ताम्राकारले मोटरसाइकल आविष्कार गर्न नाति सफल हुँदा आफ्नो जीवनमा सबैभन्दा खुसी भएको बताइन् । जाइँ गाउँका झङ्र ओडले विद्युतीय मोटरसाइकल आविष्कार गर्ने कुरा देशका लागि ठूलो उपलब्धिको विषय भएको बताइन् । 

कैनीलाई यो मोटरसाइकल तयार गर्न दुई महिना लागेको थियो । लागत रु एक लाख पचास हजार परेको छ । ओडले भने,“पेट्रोलबाट चल्ने मोटरसाइलमा पर्ने मूल्यसँग प्रतिस्पर्धा गर्नसक्ने गरी यसलाई अझैँ स्तरीय बनाउन सकेमा देशकै लागि ठूलो उपलब्धि हुनसक्छ ।” आफूले पहिलो पटक मोटरसाइकल चलाउन सिक्दै गर्दा आफै मोटरसाइकल बनाउनुपर्छ र अरुले बनाएको मोटरसाइकल किन चलाउने भन्ने सोच आएको कैनीले बताए  । 

अहिले बजारमा पाउँने मोटरसाइकल ‘सेल्फ स्टार्ट’ प्रबिधीका रहे पनि कैनीले बनाएको मोटरसाइकलमा फ्रिङ्गर प्रिन्ट प्रयोग गरेर चाबी अन गर्दा स्टार्ट हुन्छ । यो मोटरसाइकल चलाउन फिङ्गर प्रिन्ट र चाबी दुवै आवश्यक पर्छ ।

मोटरसाइकलका लागि सोरुममा पाउने पाङ्ग्रा लगायतका पाटपूर्जा र विद्युतीय तार प्रयोग गरिएको छ । मोटरसाइकलमा एक देखि एक सय २७ फिङ्गर प्रिन्ट एड गर्न सकिने कैनीले बताए  । १२ भोल्टेजका चार बटा ब्याट्री जडान गरिएको छ । जसका कारण एक पटक ब्याट्री रिचार्ज गर्दा ५५ किलोमिटर प्रतिघण्टाको गतिमा गुड्न सक्ने जनाइएको छ ।

एकपटक ब्याट्री रिचार्ज गर्दा ६० देखि ६५ किलोमिटरको दूरीसम्म चल्न सक्ने बनाइएको छ ।  विद्यार्थी कैनीले आगामी योजनाबारे भने, “सहयोग पाएमा आगामी दिनमा अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्न मिल्ने ह्वील चियर बनाउने सोच बनाएको छु, देशमा उपलब्धता हुन नसकेको साधन बनाउने प्रयासमा छु ।”

दुई दिनअघि धनगढी उपमहानगरपालिका कार्यालय परिसरमा आयोजित कार्यक्रममा नगर प्रमुख गोपाल हमालले मोटरसाइकल आविष्कार गर्ने कैनीलाई बधाइँ दिँदै आफ्नो पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए । पेट्रोलियम पदार्थको मूल्य महिनैपच्छिे बढ्दै गएको बेला यसको खपत घटाउन र विद्युत्को उपयोग बढाउन कनैले गरेको आविष्कारको सबैतिर प्रशंसा भइरहेको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy