संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घीय प्रमुखले इथियोपियामा भएको युद्धविरामलाई सबैले सहयोग गर्नुपर्ने बताएका छन् । इथियोपियाको सरकार र यहाँ हिंसात्मक युद्ध गरिरहेको विद्रोहीका बीचमा भएको युद्धविरामलाई सहयोग गर्न संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसले सो आग्रह गरेका हुन् ।
दक्षिण अफ्रिकाको पिर्टोरियामा गएका केही दिनदेखि इथियोपियाको सरकारका प्रतिनिधि र यहाँको टिगरे क्षेत्रमा गएका केही वर्षदेखि हिंसा जारी राखेको विद्रोही समूहका बीचमा शान्ति वार्ता भएको थियो ।
सो वार्तापछि बुधबार यी दुवै पक्ष तत्कालै युद्धविराम गर्न सहमत भएका बताइएको छ । सो युद्धविरामको संयुक्त राष्ट्रसङ्घ र विश्व समुदायले नै स्वागत गरेको छ । संयुक्त राष्ट्रसंङ्घ महासचिव गुटरेसले पनि सो क्षेत्रमा युद्धविरामको स्वागत गर्दै इथियोपियाली नागरिक र विश्व समुदायलाई यस कार्यको स्वागत गरी आवश्यक सहयोग गर्नुपर्ने बताएका छन् ।
उनले टिगरे क्षेत्रमा जारी रहेको हिंसाका कारण यहाँको जनजीवन अत्यन्तै प्रभावित भएको भन्दै यसबाट नागरिकको शान्तिपूर्ण र स्वतन्त्रपूर्वक बाँच्न पाउने अधिकारको सम्मान गर्न तथा देशमा शान्ति स्थापना गर्न सबैको सहयोग आवश्यक रहेको बताएका छन् ।
विश्व समुदायले पनि युद्ध विराम यहाँको पहिलो पाइला भएको भन्दै आगामी दिनमा यहाँ शान्ति स्थापना गर्नका लागि सबै लाग्नुपर्नेमा जोड दिएका छन् ।बुधबार इथियोपियाली सरकार र उत्तरी इथियोपियाली टिगरे क्षेत्रका विद्रोहीका तर्फबाट तोकिएका वार्ता टोलीका तर्फबाट एक संयुक्त प्रेस विज्ञप्ति जारी गरी तत्कालका लागि युद्धविराम गर्न सहमत भएको जनाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: