गण्डकी प्रदेश : अधिकांश क्षेत्रको मतगणना सकियो, कुन पार्टीले कति जिते ?
मंसिर ८ गते, २०७९ बिहिवार 24th November, 2022 Thu१५:४२:१३ मा प्रकाशित
खबरडबली संवाददाता
गण्डकी । गण्डकी प्रदेशका प्रतिनिधिसभाअन्तर्गत १८ निर्वाचन क्षेत्र र प्रदेशसभाअन्तर्गत ३६ निर्वाचन क्षेत्रमध्ये अधिकांशको नतिजा सार्वजनिक भएको छ । स्याङजाको क्षेत्र नं २ मा मतगणना विवादका कारण स्थगित छ भने केहीमा गणना जारी छ ।
कूल ११ जिल्लामा समेटिएको गण्डकीका तीन निर्वाचन क्षेत्र रहेको कास्कीमा अधिकांश स्थानमा नेकपा (एमाले) विजयी भएको छ । प्रतिनिधिसभा सदस्यका लागि कास्कीको निर्वाचन क्षेत्र नं १ मा मनबहादुर गुरुङको अग्रता छ । क्षेत्र नं २ र ३ मा एमालेका क्रमशः विद्या भट्टराई र दामोदर बैरागी निर्वाचित भएका छन् ।
प्रदेशसभातर्फ निर्वाचन क्षेत्र नं १ को (१) मा एमालेका खगराज अधिकारीको अग्रता छ भने (२) मा एमालेका बेदबहादुर गुरुङ (श्याम) निर्वाचित भए । निर्वाचन क्षेत्र नं २ को (१) र (२) मा एमालेका भीम कार्की र कांग्रेसका विन्दुकुमार थापा निर्वाचित भएका छन् । त्यस्तै निर्वाचन क्षेत्र नं ३ को(१) मा कांग्रेसका प्रकाश बरालको अग्रता छ । प्रदेश (२) मा एमालेका गणेशमान गुरुङ विजयी भएका छन् ।
तनहुँको क्षेत्र नं १ र २ मा प्रतिनिधिसभा सदस्यमा कांग्रेसका रामचन्द्र पौडेल र शङ्कर भण्डारी विजयी भएका छन् । क्षेत्र नं १ को प्रदेशसभा (१) र (२) मा क्रमशः कांग्रेसका अशोक श्रेष्ठ र माओवादीका हरिबहादुर चुमान विजयी भएका छन् भने क्षेत्र नं २ को (१) मा एमालेका श्यामराजा महत र कांग्रेसका जितप्रकाश आले विजयी भएका छन् ।
बागलुङको निर्वाचन क्षेत्र नं १ र २ मा प्रतिनिधिसभा सदस्यमा क्रमशः राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेकपा (माओवादी केन्द्र)का देवेन्द्र पौडेल विजयी भएका छन् । क्षेत्र नं १ को प्रदेशसभा (१ं) र (२) मा कांग्रेसका दीपेन्द्रबहादुर थापा र डिल्लीराम सुवेदी निर्वाचित भएका छन् । क्षेत्र नं २ को प्रदेशसभा (१) र (२) मा कांग्रेसकै जित शेरचन र दोर्ण कुँवर विजयी भएका छन् ।
गोरखाको निर्वाचन क्षेत्र नं १ र २ मा प्रतिनिधिसभा सदस्यमा क्रमशः कांग्रेसका राजेन्द्र बजगाईं र माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ विजयी भएका छन् । क्षेत्र नं १ को प्रदेशसभा (१) र (२) मा क्रमशः माओवादी केन्द्रका कृष्ण धिताल र कांग्रेसका नन्दप्रसाद न्यौपाने विजयी भएका छन् भने क्षेत्र नं २ को (१) र (२) मा क्रमशः नेपाल समाजवादीका फणिन्द्र देवकोटा र कांग्रेसका सुरेन्द्रराज पाण्डे विजयी भएका छन् ।
नवलपुरको निर्वाचन क्षेत्र नं १ र २ मा प्रतिनिधिसभामा कांग्रेसका क्रमशः डा शशाङ्क कोइराला विजयी भएका छन् भने विष्णु कार्कीको अग्रता छ । क्षेत्र नं १ को प्रदेशसभा (१) र (२) मा क्रमशः कांग्रेसका महेन्द्रध्वज जिसी र एमालेका रोशनबहादुर गाहा विजयी भएका छन् । क्षेत्र नं २ को (१) र (२) मा क्रमशः एमालेका पद्मा जिसी र लक्ष्मणबहादुर पाण्डे विजयी भएका छन् ।
लमजुङमा प्रतिनिधिसभा सदस्यमा एमालेका पृथ्वीसुब्बा गुरुङ, प्रदेशसभा (१) मा कांग्रेसका टकराज गुरुङ र (२) मा भेषबहादुर पौडेल विजयी भएका छन् । यस्तै पर्वतको प्रतिनिधिसभा सदस्यमा एमालेका पदम गिरी, प्रदेशसभा (१) र (२) मा एमालेका भक्त कुँवर र मित्रलाल बस्याल विजयी भएका छन् ।
हिमालपारीको जिल्ला मुस्ताङमा प्रतिनिधिसभा सदस्यमा कांग्रेसका योगेश गौचन, प्रदेशसभा (१) मा कांग्रेसका नम्डु गुरुङ र (२) मा विकल शेरचन विजयी भएका छन् ।
मनाङमा प्रतिनिधिसभा सदस्यमा कांग्रेसका टेकबहादुर गुरुङ, प्रदेशसभा (१) मा कांग्रेसका मुनिन्द्रजङग गुरुङ र ९२० मा यसअघि नै राजीव गुरुङ (दीपक मनाङे) निर्विरोध निर्वाचित भइसकेका छन् । यस्तै म्याग्दीमा प्रतिनिधिसभा सदस्यमा कांग्रेसका खम्बिर गर्बुजा, प्रदेशसभा ९१० मा माओवादीका हरि भण्डारी र (२) मा रेशमबहादुर जुग्जाली निर्वाचित भएका छन् ।
स्याङ्जाको निर्वाचन क्षेत्र नं १ मा कांग्रेसका राजु थापाको अग्रता छ । प्रदेशसभा ९१० मा एमालेकी सीता सुन्दास विजयी हुनुभयो भने ९२० मा कांग्रेसका बुद्धिबहादुर राना ९कुमार०को अग्रता छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौँ। होटल सञ्चालकले जबरजस्ती यौन गतिविधिमा संलग्न गराएका ३ जना नाबालिकाको उद्धार गरिएको छ। यस सन्दर्भमा काठमाडौँको नयाँबसपार्कस्थित पश्चिम लुम्ब...
काठमाडौँ। प्रेस काउन्सिल नेपालले दर्तारसूचीकरण नभई अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने थप १८ वटा युट्युव च्यानलालाई आवश्यक कारबाहीको लागि सिफारिश गरेको...
टोक्यो। आर्थिक वर्ष सन् २००६ मा रेकर्ड राख्न सुरु भएपछि जापानभर भालुको आक्रमण कीर्तिमानीस्तरमा पुगेको छ । मुलुकमा भालुको आक्रमण यो वर्ष सबैभन्दा खराब ...
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ‘कोप’ २८ मा सहभागी भई आज अपराह्न स्वदेश फर्किएका...
काठमाडौँ। नेपाल वायु सेवा निगमले आफ्नो कमजोरीका कारण युरोपेली युनियन (ईयू)ले नेपाललाई उडान सुरक्षा चासो सूची (कालोसूची)बाट नहटाएको भन्ने आरोप खण्डन गर...
काठमाडौँ। प्रतिनिधिसभा सदस्य डा अमरेशकुमार सिंहले दूरसञ्चार कम्पनी एनसेलको शेयर खरिदबिक्री शङ्कास्पद भएको दाबी गर्दै छानबिनका लागि सरकारसँग माग गरेका ...
प्रतिकृया लेख्नुहोस्: