Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

व्यावसायिक कुरिलो खेतीतर्फ किसानको आकर्षण बढ्दो

\"kurilo\"काठमाडौं । बजारमा कुरिलोको माग बढ्न थालेसँगै यसको व्यावसायिक खेतीतर्फ किसानको आकर्षण बढेको छ । लगानीअनुसारको प्रतिफलका साथै बजारमा दिनप्रतिदिन माग बढेपछि किसान कुरिलोको व्यावसायिक खेतीतर्फ लोभिएका हुन् । पछिल्ला समयमा काठमाडौँका विभिन्न स्थानमा कुरिलोखेती गर्ने क्रम बढेको जिल्ला कृषि विकास कार्यालय काठमाडौँका बागवानी विकास अधिकृत रेवतीराज शर्माले बताए । शर्माका अनुसार काठमाडौँको दक्षिणकाली, फर्पिङ, थानकोट, नाङ्लेभारलगायतका स्थानमा यसको व्यावसायिकखेती सुरु गरिएको छ । काठमाडौँ बाहिर धादिङ, ललितपुर, काभ्रे, सिन्धुपाल्चोकलगायतका जिल्लामा पनि यसको व्यावसायिक खेती बढ्दो छ । विशेष गरी मध्यपहाडी क्षेत्रको भिरालो जमिनमा कुरिलोखेती गर्ने गरिन्छ । घाम पर्ने पारिलो पाखोमा लगाइने कुरिलोलाई बहुवर्षीय खेतीका रुपमा लिइन्छ । विशेषतः वैशाख, जेठ र असार महिना कुरिलोखेती गर्ने उपयुक्त मौसम मानिन्छ । कुरिलो एकपटक लगाएपछि त्यसबाट करिब २० वर्षसम्म उत्पादन लिन सकिन्छ । त्यसैले यो खेती दिगो आयआर्जनको माध्यम बनेको कृषि सेवा केन्द्र दक्षिणकालीका प्रमुख रघुनाथ खड्काले बताए। नेपालमा राणाकालीन समयदेखि नै यसको खेती थालिएको बताइन्छ ।  यसको व्यावसायिक खेती २०३०/३१ सालदेखि सुरु गरिएको हो । राणाकालीन समयमा जापानबाट मेरी वासिङ्टन जातको कुरिलो ल्याइएको प्रमुख खड्का बताउछन् । व्यावसायिक खेती गर्न मेरी वासिङ्टन, क्यालिफोर्निया ६६, क्यालिफोर्निया ७११, क्यालिफोर्निया ५०० र भाइकिड जातलाई किसानहरु बढी रुचाउँछन् । ‘यसको खेती न्यानो र समशीतोष्ण हावापानीयुक्त मध्यपहाडी क्षेत्रमा गर्न सकिने भएकाले मध्य पहाडी क्षेत्रका सामुदायिक, निजी वन तथा किसानले आफ्ना पाखापखेरामा कुरिलो लगाएर अतिरिक्त आम्दानी गर्न सक्छन् । ’ – खड्काले थपे। तरकारीसँगै आयुर्वेदिक औषधि बनाउन कुरिलोको प्रयोग हुने गर्दछ । जमिनबाट निस्केको कलिलो टुसालाई तरकारीका रुपमा प्रयोग गरिन्छ । कुरिलो १५० भन्दा बढी जातका हुन्छन् । कुरिलोको भाले र पोथी फूल भिन्दाभिन्दै बोटमा हुन्छ । पराग सेचन गर्न भाले र पोथी बिरुवा एकै ठाउँमा पर्ने गरी मिलाएर लगाउनुपर्छ । पोथी बोट भाले बोटभन्दा कम उत्पादनशील र छोटो आयुको हुन्छ । भाले बोटमा धेरै टुसाहरू पलाउँछन् तर तिनीहरूको मोटाइ भने कम हुन्छ । कुरिलो लगाएको तीन वर्षपछि मात्र उत्पादन लिनु उपयुक्त हुन्छ । एक पटक लगाएपछि हेरचाह, गोडमेल, मलजल गरे लगातार १५/१६ वर्षसम्म राम्रो उत्पादन लिन सकिने लामो समयदेखि व्यावसायिक खेती गर्दै आएका फर्पिङका किसान श्यामकृष्ण बस्नेतको अनुभव छ । केही वर्षयता कुरिलोको प्राङ्गारिक खेती पनि सुरु गरिएको जानकारी गराउँदै बस्नेतले बजारमा थोक मूल्य सामान्यतः ३००  रहेको बताए । उनले भने –‘बजारमा कुरिलोको माग अत्यधिक छ । अझै पनि मागअनुसारको उत्पादन हुन सकेको छैन । स्वदेशमै कुरिलो जस्ता धेरै व्यावसायिक खेती गर्न सकिए पनि रोजगारीको खोजीमा युवा विदेसिने क्रम बढिरहनु आश्चर्यजनक छ ।’ कुरिलोलाई भिटामिन ‘ए’ तथा ‘सी’ प्रशस्त मात्रामा भएको पोषिलो खाद्य पदार्थका रुपमा लिइन्छ । यसमा कार्बोहाइडे«ड, प्रोटिन, क्याल्सियम, पोटासियम, म्याग्नेसियम, आइरनजस्ता पौष्टिक तत्व पाइन्छ । यसको प्रयोग सुप तथा तरकारीका रुपमा र हरियो तथा बफाइएको कुरिलो सलादका रुपमा प्रयोग ल्याउने चलन छ । तुषारो पर्ने क्षेत्र यसको खेतीका लागि उपयुक्त मानिँदैन । सामान्यतः माटोको तापक्रम १० डिग्री सेन्टिग्रेडभन्दा कम हुनु राम्रो मानिन्छ । हिउँदमा बिरुवा सुषुप्त अवस्थामा जानै पर्छ । खासगरी १५ डिग्रीदेखि २५ डिग्री सेन्टिग्रेड तापक्रममा कुरिलोको टुसा राम्रोसँग पलाउँछ । कुरिलोको जरा धेरै गहिराईसम्म जाने भएको हुँदा प्राङ्गारिक पदार्थयुक्त, गहिरो, खुकुलो, निकासको राम्रो व्यवस्था भएको बलौटे माटो यसका लागि राम्रो मानिन्छ । खुकुलो माटोमा कुरिलोको जरा आठ फिट गहिराईसम्म पुग्छ । कुरिलोको जमिनमुनिको भागमा गानो चिल्ला र रेसादार जरा हुन्छन् । रेसादार जराले माटोबाट लवण र पानी सोस्ने र चिल्ला जराले खाद्य पदार्थ सञ्चित गर्ने गर्दछन् । गानो र चिल्लो जरामा खाद्य पदार्थ सञ्चित भई कुरिलोको बहुवर्षीय अङ्ग बन्ने र त्यहाँबाट मुना उत्पादन हुने गर्छ । कुरिलोको टुसा खानयोग्य भाग हो । कसिलो मोटो तथा कम रेसादार भएको टुसा राम्रो मानिन्छ  । टुसाहरु समयमा टिपिएन भने ४–५ फिट अग्लोसम्म बढ्छ र हाँगाहरु विकसित हुन्छन् । कुरिलोका लागि गहिरो खुकुलो निकासको राम्रो व्यवस्था भएको बलौटे माटोका साथै प्राङ्गारिक पदार्थ प्रशस्त भएको माटो राम्रो मानिन्छ । लवणलगायत पौष्टिक तत्व बढी हुने भएकाले कुरिलो बिरामीका लागिसमेत अत्यन्त उपयोगी पौष्टिक तत्वका रुपमा  प्रयोग हुँदै आएको अर्का किसान राजाराम पौडेलले बताए । पौडेलका अनुसार किसानले उत्पादन गरेको कुरिलो घरघरबाटै बिक्री हुनाका साथै काठमाडौँको बल्खु, कालिमाटी, टुकुचालगायतका प्रमुख तरकारी बजारमा बिक्री वितरण हुने गरेको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies