काठमाडौं । कलाकारितामा स्थापित जोडी दीपकराज गिरी र दीपाश्री निरौलालाई लिएर बेला बेला विभिन्न स्क्यान्डल सार्वजनिक भइरहन्छन्।
फिल्म उद्योगमा जमेको यो जोडीलाई धेरैले जीवनकै जोडीका रुपमा लिने गरेका छन्। तर दीपकका श्रीमती र ३ सन्तान छन्। दीपक हजुरबुवा बनिसक्दा पनि दीपा भने अविवाहित नै छिन्।
दीपक–दीपाले थुप्रै हिट काम गरेका छन्। यो जोडी अहिले फिलम ‘छक्का पन्जा ४’को सुटिङमा छ। पछिल्लो पटक उनीहरु चन्द्रागिरिस्थित भालेश्वर मन्दिरमा देखिएका छन्। उनीहरुको यो जोडीका साथमा त्यहाँका मूल पुजारी विदुर न्यौपाने देखिन्छन्। अर्को खास कुरा अविवाहित दीपाको सिउँदोमा सिन्दुर देखिएको छ।
यो पहिरनमा बनाएको टिकटक न्यौपानेले आफ्नो टिकटक अकाउन्टमा राखेका छन्। भिडियोमा दीपकले पश्चिमी शैलीमा भनेका छन्, ‘भालेश्वर दर्शन आया हो, गुरुबासँग भेट भया हो, अब भालेश्वरले हामी सबैलाई रक्षा गरुन्। जय होस्।’
अहिले यो भिडियो भाइरल भइरहको छ। अविवाहित दीपाको सिउँदोमा सिन्दुर देखेपछि दर्शकले विभिन्न अड्कबाजी गरिरहेका छन्। धेरैले दीपाको विवाह भएको भनेर प्रश्न गरेका छन्।
मनसुन नामकी प्रयोगकर्ताले दीपककै शैलीमा प्रश्न गरेकी छिन् ‘दर्शन गर्न गया हो कि बिहे गर्न गया हो? कुरो बुझ्न गाह्रो भया हो। दिपाको सिउँदो मा सिंदुर हामी जन्ताले देख्या हो।’
दीपकले दीपाको विवाह भएको तर फिल्मका लागि बिहे भएको बताएका छन्। फिल्म ‘छक्का पन्जा ४’ छायांकनका क्रममा उक्त तस्बिर लिएको दीपकले बताएका छन्।
उनी भन्छन्, ‘हामी छक्का पञ्जा ४ को सुटिङका लागि चन्द्रागिरि गएका थियौं। गुरुबाको आग्रहमा टिकटक बनाएका हौं।’ दीपकलाई भिडियोमा आएको कमेन्ट पढ्नु भयो त भनेर गरिएको प्रश्नमा भने, ‘त्यस्तो काम गर्नुहुन्न, आफू सही हुनुपर्छ कमेन्ट आइरहन्छन्।’
हेमराज बिसीको निर्देशनमा छायांकन भैरहको फिल्म ‘छक्का पन्जा ४’को छायांकनसँगै पोस्ट प्रोडक्सनको काम पनि भइरहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: