Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

यसरी कब्जा गर्दैछ माओवादी मोर्चाले राजधानी

काठमाडौं, बसन्त ऋतु त्यसै पनि पुरानाको नाश र नयाँको सुरुवात हो । प्रकृतिको यो नियमसँग नेपाली राजनीतिको पनि मेल रहेको इतिहास छ । हुनत बसन्त ऋतु चैत–बैशाखमा पर्छ । तर पनि बसन्त ऋतु नेपाली जनतालाई नयाँ उत्साह र नयाँ युग बनेर आउने गरेको छ । त्यसको तयारीका लागि फागुन महिना महत्वपूर्ण रहने  गरेको छ । २००७ सालको फागुन महिना, २०४६ सालको चैत महिना, २०५२ सालको फागुन महिना र २०६२ सालको चैत महिनाहरुको स्मरण गर्दा यो कुराको पुष्टी हुन आउँछ । यसपाली बसन्त ऋतु अगावैको फागुन महिना पनि त्यस्तै बन्ने एमाओवादी नेतृत्वको तीस दलिय मोर्चाको विश्वास छ । शान्ति प्रक्रियाको पहिलो सर्तका रुपमा रहेको दलीय सहमतिका आधारमा नयाँ संविधान जारी गर्ने भन्ने सहमति र बहुमतका आधारमा एकपक्षीय संविधान बनाउने भन्ने असहमतिको बहस अहिले नेपाली राजनीतिक द्वन्द्वको रुपमा देखिएको छ । १० बर्षे जनयुद्धलाई जनताको संविधान बनाउन शान्तिमा रुपान्तरण गरेको शक्ति र आफ्ना पहिचान र अधिकारका लागि आन्दोलन गरिरहेको शक्ति सहमतिमा संविधान बनाउनु पर्ने भन्दै आन्दोलनरत छन् । फागुन १६ गते आन्दोलनरत दलहरुले सहमतिमा संविधान बनाउन दबाब दिने उदेश्यले बृहत जनसभाको आयोजना गरेका छन् । सो जनसभालाई आन्दोलनको एक हिस्साको रुपमा तयारीको रुपमा मात्रै बुझ्नु पर्ने कुरा एमाओवादीका महासचिब कृष्णबहादर महरा बताउँछन् । मोर्चाको योजना  ? एमाओवादी नेतृत्वको मोर्चाले फागुन १६ गतेको जनप्रशर्दनका लागि आ–आफ्ना पार्टीका सबै कमिटिहरुमा चरणबद्द बैठक, भेला तथा प्रशिक्षणहरु सम्मन्न गरिसकेको एमाओवादीले जनाएको छ । उनीहरुले आफ्नो आन्दोलनलाई तीन चरणमा बाँडेका छन् । पहिलो चरण अन्तरगत भण्डाफोर तथा खबरदारी अभियान रहेको छ । उक्त अभियानको अवधी माघ १२ गते बाट फागुन १६ गतेसम्मको विशाल जनप्रर्दशनसहित आमसभा हो  । गत माघ १२ गतेबाट २० गतेसम्म आ–आफ्ना पार्टीका बैठक र आन्दोलनको तयारी गरेका थिए । त्यसैगरी माघ २१ गतेबाट २९ गतेसम्म निर्वाचन क्षेत्रस्तरीय अन्तरक्रिया सभा र भण्डाफोर तथा खबरदारी कार्यक्रम भएका थियो । फागुन महिनाको सुरुबाट १० गतेसम्म जिल्ला स्तरीय धर्ना, घेराउ, जनप्रदर्शनको कार्यक्रम रहेको थियो । पहिलो चरणको संघर्षको कार्यक्रमको उत्कर्षका रुपमा आन्दोलनकारी दलहरुले फागुन १६ गतेको जनप्रदर्शन तथा सभालाई लिएका छन् । भोली शनिबार हुने जनप्रदर्शन अघि भएका प्रचारात्मक आन्दोलनबाट तीस दलिय मोर्चा उत्साहित छ । राजधानी लगायत पश्चिम तथा पूर्वका केही जिल्ला र मधेशमा सम्पन्न कार्यक्रमहरुबाट मोर्चा उत्साहित भएको हो । एमाओवादीका सचिब बर्षमान पुन ‘अनन्त’ भन्छन् ‘आन्दोलन हाम्रो तयारी अनुरुपै अघि बढेको छ । बरु जनसहभागिताबाट हामी थप उत्साहित छौं’ । मोर्चाका अनुसार सबै तयारी पुरा भएको छ । कस्तो छ तयारी एमाओवादी नेतृत्वको मोर्चाले २ लाख मानिसहरु राजधानी ल्याउने योजना बनाएको छ । जसका लागि मुख्यत राजधानी र राजधानी आसपासका जिल्लाहरुबाट सबैभन्दा ठुलो अपेक्षा राखेको छ । करिब १ लाख ५० हजार मानिसहरु यिनै क्षेत्रहरुबाट ल्याउने योजना रहेको बुझिन्छ भने बाँकी जिल्लाहरुबाट प्रधिनिधित्व मात्रै हुने गरी सक्रिय कार्यकर्ता तथा इच्छुक जनता समेत ल्याउने जनाइएको छ । कंयन जिल्लाहरुबाट मानिसहरु हिड्ने क्रम सुरु भइसेको छ । नेवाः राज्यका माओवादी इन्चार्ज तथा नेता झक्कु सुबेदी भन्छन्, ‘हामीसँग राजधानीमा मात्रै ४० हजार पार्टी सदस्यहरु छन् । तिनले २, २ जनाको दरले अनिवार्य ल्याउन भनेका छौं’ । राजधानीबाट १ लाख भोट ल्याएको माओवादीले ति १ लाख मध्य ३० देखि ४० हजार भोटरहरु ल्याउने र आउने आँकलन गरेको छ । एमाओवादीको राजधानीमा सबैभन्दा ठुलो अर्को शक्ति छ –मजदुर संगठन । मजदुर संगठनका अध्यक्ष शालिकराम जम्कट्टेल ५० हजार मजदुर आउने दावी छर्गन् । ‘५० हजार मजदुर त हामीसँगै छ । हाम्रो चिन्ता राजधानीमा खुट्टा टेक्ने ठाउँ नहोला भन्ने हो’ । यसैगरी एमाओवादी संरचनामा ताम्मासालिङ्ग क्षेत्रमा मात्रै ६० हजारको हाराहारीमा पार्टी सदस्यको संख्या छ । ति सबै पार्टी सदस्यलाई १६ को प्रदर्शनमा नआए स्वत पार्टी सदस्यता खारेज हुने व्यवस्था यसअघि नै एमाओवादीले गरिसकेको छ । राजधानी र ताम्मासालिङ्गलाई छोड्दा अझै माओवादीसँग ६० भन्दा बढी जिल्लाहरु बाँकी रहन्छन् । प्रत्येक जिल्लामा ५ हजार भन्दामाथि पार्टी सदस्यहरु छन्  । सरदरको कुरा गर्ने हो भने एमाओवादी भनाइमा १० हजार पार्टी सदस्य छन् । ति जिल्लाहरुहरुबाट ५ सयका दरले मानिसहरु ल्याउने माओवादी योजना छ । त्यसरी आउँदा ३० देखि ४० हजारको संख्यामा हुन्छ । एमाओवादीको माथि उल्लेखति दावी सत्य हुने हो भने ३ लाखको हाराहारीमा मानिसहरु राजधानी भेला हुनेछन् । राजधानी करिबकरिब ठप्पै हुनेछ भने राजधानीको सवारी आवागमन दिनभर ठप्प रहने छ । जुलुश तथा प्रदर्शनका पाँच केन्द्र यि सबै मानिसहरु मोर्चाले राजधानीका मुख्य पाँच स्थानमा उतार्ने छ । काठमाण्डौको कंलकी र बल्खुको केन्द्र हुने गरी कालिमाटी, लगनखेल, कोटेश्वर, गौशला र बालाजुबाट प्रदर्शन सूरु हुनेछ । कालीमाटीको केन्द्र जहाँ पश्चिम कमाण्डका जनसमुदायलाई केन्द्रित गरिने छ । जसको नेतृत्व एमाओवादीका नेता बाबुराम भट्टराईले गर्नेछन् । त्यसैगरी बालाजु केन्द्रको नेतृत्व एमाओवादी अध्यक्ष प्रचण्डले गर्नेछन् । बालाजु र गौशलाको जुलुश राजधानीको कमलपोखरीमा भेट हुने योजना मोर्चाले बनाएको छ । त्यसैगरी कोटेश्वरमा एमाओवादी नेता नारायणकाजी श्रेष्ठले नेतृत्व गर्ने छन् भने गौशलामा अर्का नेता गिरिराजमणी पोखरेल हुने छन् । उता लगनखेलमा भने एमाओवादीका सचिव वर्षमान पुन अनन्तले नेतृत्व गर्ने एमाओवादी योजना रहेको छ । तीस दलिय मोर्चामा आवद्ध बाँकी दलका नेताहरुको कार्यविभाजन भने भइसकेको छैन । यी पाँचओटै केन्द्रका प्रदर्शनहरु राजधानीको खुल्लामञ्चमा पुग्नेछ र सभामा परिणत हुने छ । खुल्लामञ्चमा मात्रै मानिसहरु नअटाउने आँकलन माओवादीको छ । सोही कुरा ध्यानमा राख्दै राजधानीका मानिसहरुभन्दा पहिला राजधानी बाहिरबाट आएका मानिसहरुलाई खुल्लामञ्चमा प्रबेश गराइने व्यावस्था मिलाइएको युवा परिचालन समितिका इन्चार्ज जनार्दन शर्मा प्रभाकरले बताए । २० हजार वाइसिएल \"IMG_7555\" एमाओवादी नेतृत्वको मोर्चाले जनपर्दशनका लागि २० हजार युवा परिचालन गर्ने भएको छ । तीस दलिय मोर्चाका गरी २० हजार भनेर निर्णय गरिएपनि एमाओवादीको सहायक संगठन वाइसिएल नेपालले मात्रै २० हजार वाइसिएल परिचालन गर्ने तयारी गरेको वाइसिएलका कार्यवहाक अध्यक्ष आरसी शर्माले बताए । शर्माका अनुसार राजधानीबाट १० हजार, ताम्मासालिङ्गबाट ५ हजार र बाँकी जिल्लाहरुबाट ५ हजार गरी २० हजारको संख्यामा स्वयंमसेवकको भुमिकामा युवा उत्रिनेछन् । उनिहरुले प्रदर्शनको व्यवस्थापन तथा सुरक्षा गर्ने छन् भने राज्यपक्षसँग झडपको स्थिति आएमा उनिहरु अग्रपंतिबाट नेतृत्व गर्ने छन् । सुरक्षा, मास व्यावस्थापन, पानी तथा विरामी पर्दाका अवस्थामा उनिहरुको मुख्य भुमिका हुने छ । राजधानीका सबै प्रदर्शनहरुमा गरी ३,३ हजारको संख्यामा स्वंयमसेवक परिचालन हुने छन् भने मञ्च तथा कार्यक्रम स्थलको व्यवस्थापनका लागि ५ हजारको संख्यामा स्वंयमसेवक परिचालन हुने छ । राजधानीमा गत १२ गते निकालिएको लाठी जुलुश स्वयंमसेवकीय भूमिकाको तयारी र रोलकाल भएको उनको जिकिर थियो । आकस्मिक स्वास्थ्य शिविर पाँचवटै केन्द्रका प्रदर्शनहरुमा एम्बुलेन्स तथा स्वस्थ्यकर्मीहरुको व्यावस्था गरिएको एमाओवादी निकट स्वास्थ्यकर्मी संघकी भिमा गौतमले बताइन् । उनका अनुसार कार्यक्रम स्थल खुल्लामञ्चमै पनि २ वटा शिविरहरु हुने छन् । जहाँ प्रारम्भिक स्वस्थ्य सेवा उपलब्ध गराउने उनिहरुको योजना छ । कार्यक्रम स्थलमा समेत केही एम्बुलेन्सको व्यवस्था गरिएको छ । आकस्मिक अवस्था तथा प्रारम्भिक उपचारले नहुने भए तत्कालै अस्पतालहरुमा पठाइने छ । डिजिटल व्यानर कार्यक्रमका खुल्लामञ्मा डिजिटल प्रविधिको व्यानर राखिने छ । जो एलइडी सिस्टमको हो । घरमा टेलिभिजन हेरिएजस्तै स्क्रिनमा व्यानर तथा सभाका प्रत्यक्ष गतिविधिहरु हेर्न सकिनेछ । मञ्चको व्यवस्थापन गरिरहेका पूर्व विद्यार्थी नेता हिमाल शर्मा भन्छन् ‘पुराना आन्दोलनका तथा मोर्चाका फुटेजहरु समेत देखाउने तयारी भइरहेको छ’ । उक्त स्क्रिन मञ्चको माथिल्लो भाग जहाँ राजनीतिक दलहरुले कार्यक्रम गर्दा मुख्य व्यानर राख्थे–सोही ठाउँमा राखिने छ । बागबजार सम्म साउण्ड मानिसहरुको उपस्थितिलाई ध्यानमा राखेर बागबजार, पुरानो बसपार्क, शहिदगेट, सुन्धारा, काठमाण्डौ मल, र गणेशमान शान्तिबाटिका सम्म सुन्न सकिने गरी साउण्ड सिष्टमको व्यावस्था गरिएको एमाओवादीले जनाएको छ । बैद्यको साथ एकीकृत नेकपा माओवादीको करिब २ वर्ष पहिला टुक्रिएको नेकपा–माओवादीले एमाओवादी मोर्चाले गर्ने कार्यक्रमलाई सघाउने भएको छ । एजेण्डा सबै नमिलेपनि दुश्मनको दुश्मन मेरो मित्र भने झै गोलमेच सभाबाट संविधान निमार्णको अडान राखिरहेको बैद्य माओवादीले सडक संघर्षका कार्यक्रमहरुमा प्रचण्डलाई सहयोग गर्ने निर्णय गरिसकेको छ । र ‘कब्जा’ यसरी जनपरिचालन तथा प्रदर्शन गर्दा एमाओवादीे मोर्चाको राजनीतिक रुपमा आफु अब्बल रहेको सन्देश जाने बुझाई छ । यो ‘राजधानी कब्जा नै हो’ मजदुर संगठनका अध्यक्ष शालिकराम जम्कट्टेलको बुझाइ छ । मोर्चाका नेताहरु पनि कब्जा कै बुझाइमा छन् । जुन प्रदर्शन उनिहरुले सोचेअनुरुप भएमा उनिहरुले भनेजस्तै सहमितय संविधान निमार्णका लागि सरकार पक्षीय शक्ति एउटा ठुलो नैतिक दबाब हुनेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: