Ntc summer Offer
Khabar Dabali २ कार्तिक २०८१ शुक्रबार | 18th October, 2024 Fri
Investment bank

यसरी कब्जा गर्दैछ माओवादी मोर्चाले राजधानी

काठमाडौं, बसन्त ऋतु त्यसै पनि पुरानाको नाश र नयाँको सुरुवात हो । प्रकृतिको यो नियमसँग नेपाली राजनीतिको पनि मेल रहेको इतिहास छ । हुनत बसन्त ऋतु चैत–बैशाखमा पर्छ । तर पनि बसन्त ऋतु नेपाली जनतालाई नयाँ उत्साह र नयाँ युग बनेर आउने गरेको छ । त्यसको तयारीका लागि फागुन महिना महत्वपूर्ण रहने  गरेको छ । २००७ सालको फागुन महिना, २०४६ सालको चैत महिना, २०५२ सालको फागुन महिना र २०६२ सालको चैत महिनाहरुको स्मरण गर्दा यो कुराको पुष्टी हुन आउँछ । यसपाली बसन्त ऋतु अगावैको फागुन महिना पनि त्यस्तै बन्ने एमाओवादी नेतृत्वको तीस दलिय मोर्चाको विश्वास छ । शान्ति प्रक्रियाको पहिलो सर्तका रुपमा रहेको दलीय सहमतिका आधारमा नयाँ संविधान जारी गर्ने भन्ने सहमति र बहुमतका आधारमा एकपक्षीय संविधान बनाउने भन्ने असहमतिको बहस अहिले नेपाली राजनीतिक द्वन्द्वको रुपमा देखिएको छ । १० बर्षे जनयुद्धलाई जनताको संविधान बनाउन शान्तिमा रुपान्तरण गरेको शक्ति र आफ्ना पहिचान र अधिकारका लागि आन्दोलन गरिरहेको शक्ति सहमतिमा संविधान बनाउनु पर्ने भन्दै आन्दोलनरत छन् । फागुन १६ गते आन्दोलनरत दलहरुले सहमतिमा संविधान बनाउन दबाब दिने उदेश्यले बृहत जनसभाको आयोजना गरेका छन् । सो जनसभालाई आन्दोलनको एक हिस्साको रुपमा तयारीको रुपमा मात्रै बुझ्नु पर्ने कुरा एमाओवादीका महासचिब कृष्णबहादर महरा बताउँछन् । मोर्चाको योजना  ? एमाओवादी नेतृत्वको मोर्चाले फागुन १६ गतेको जनप्रशर्दनका लागि आ–आफ्ना पार्टीका सबै कमिटिहरुमा चरणबद्द बैठक, भेला तथा प्रशिक्षणहरु सम्मन्न गरिसकेको एमाओवादीले जनाएको छ । उनीहरुले आफ्नो आन्दोलनलाई तीन चरणमा बाँडेका छन् । पहिलो चरण अन्तरगत भण्डाफोर तथा खबरदारी अभियान रहेको छ । उक्त अभियानको अवधी माघ १२ गते बाट फागुन १६ गतेसम्मको विशाल जनप्रर्दशनसहित आमसभा हो  । गत माघ १२ गतेबाट २० गतेसम्म आ–आफ्ना पार्टीका बैठक र आन्दोलनको तयारी गरेका थिए । त्यसैगरी माघ २१ गतेबाट २९ गतेसम्म निर्वाचन क्षेत्रस्तरीय अन्तरक्रिया सभा र भण्डाफोर तथा खबरदारी कार्यक्रम भएका थियो । फागुन महिनाको सुरुबाट १० गतेसम्म जिल्ला स्तरीय धर्ना, घेराउ, जनप्रदर्शनको कार्यक्रम रहेको थियो । पहिलो चरणको संघर्षको कार्यक्रमको उत्कर्षका रुपमा आन्दोलनकारी दलहरुले फागुन १६ गतेको जनप्रदर्शन तथा सभालाई लिएका छन् । भोली शनिबार हुने जनप्रदर्शन अघि भएका प्रचारात्मक आन्दोलनबाट तीस दलिय मोर्चा उत्साहित छ । राजधानी लगायत पश्चिम तथा पूर्वका केही जिल्ला र मधेशमा सम्पन्न कार्यक्रमहरुबाट मोर्चा उत्साहित भएको हो । एमाओवादीका सचिब बर्षमान पुन ‘अनन्त’ भन्छन् ‘आन्दोलन हाम्रो तयारी अनुरुपै अघि बढेको छ । बरु जनसहभागिताबाट हामी थप उत्साहित छौं’ । मोर्चाका अनुसार सबै तयारी पुरा भएको छ । कस्तो छ तयारी एमाओवादी नेतृत्वको मोर्चाले २ लाख मानिसहरु राजधानी ल्याउने योजना बनाएको छ । जसका लागि मुख्यत राजधानी र राजधानी आसपासका जिल्लाहरुबाट सबैभन्दा ठुलो अपेक्षा राखेको छ । करिब १ लाख ५० हजार मानिसहरु यिनै क्षेत्रहरुबाट ल्याउने योजना रहेको बुझिन्छ भने बाँकी जिल्लाहरुबाट प्रधिनिधित्व मात्रै हुने गरी सक्रिय कार्यकर्ता तथा इच्छुक जनता समेत ल्याउने जनाइएको छ । कंयन जिल्लाहरुबाट मानिसहरु हिड्ने क्रम सुरु भइसेको छ । नेवाः राज्यका माओवादी इन्चार्ज तथा नेता झक्कु सुबेदी भन्छन्, ‘हामीसँग राजधानीमा मात्रै ४० हजार पार्टी सदस्यहरु छन् । तिनले २, २ जनाको दरले अनिवार्य ल्याउन भनेका छौं’ । राजधानीबाट १ लाख भोट ल्याएको माओवादीले ति १ लाख मध्य ३० देखि ४० हजार भोटरहरु ल्याउने र आउने आँकलन गरेको छ । एमाओवादीको राजधानीमा सबैभन्दा ठुलो अर्को शक्ति छ –मजदुर संगठन । मजदुर संगठनका अध्यक्ष शालिकराम जम्कट्टेल ५० हजार मजदुर आउने दावी छर्गन् । ‘५० हजार मजदुर त हामीसँगै छ । हाम्रो चिन्ता राजधानीमा खुट्टा टेक्ने ठाउँ नहोला भन्ने हो’ । यसैगरी एमाओवादी संरचनामा ताम्मासालिङ्ग क्षेत्रमा मात्रै ६० हजारको हाराहारीमा पार्टी सदस्यको संख्या छ । ति सबै पार्टी सदस्यलाई १६ को प्रदर्शनमा नआए स्वत पार्टी सदस्यता खारेज हुने व्यवस्था यसअघि नै एमाओवादीले गरिसकेको छ । राजधानी र ताम्मासालिङ्गलाई छोड्दा अझै माओवादीसँग ६० भन्दा बढी जिल्लाहरु बाँकी रहन्छन् । प्रत्येक जिल्लामा ५ हजार भन्दामाथि पार्टी सदस्यहरु छन्  । सरदरको कुरा गर्ने हो भने एमाओवादी भनाइमा १० हजार पार्टी सदस्य छन् । ति जिल्लाहरुहरुबाट ५ सयका दरले मानिसहरु ल्याउने माओवादी योजना छ । त्यसरी आउँदा ३० देखि ४० हजारको संख्यामा हुन्छ । एमाओवादीको माथि उल्लेखति दावी सत्य हुने हो भने ३ लाखको हाराहारीमा मानिसहरु राजधानी भेला हुनेछन् । राजधानी करिबकरिब ठप्पै हुनेछ भने राजधानीको सवारी आवागमन दिनभर ठप्प रहने छ । जुलुश तथा प्रदर्शनका पाँच केन्द्र यि सबै मानिसहरु मोर्चाले राजधानीका मुख्य पाँच स्थानमा उतार्ने छ । काठमाण्डौको कंलकी र बल्खुको केन्द्र हुने गरी कालिमाटी, लगनखेल, कोटेश्वर, गौशला र बालाजुबाट प्रदर्शन सूरु हुनेछ । कालीमाटीको केन्द्र जहाँ पश्चिम कमाण्डका जनसमुदायलाई केन्द्रित गरिने छ । जसको नेतृत्व एमाओवादीका नेता बाबुराम भट्टराईले गर्नेछन् । त्यसैगरी बालाजु केन्द्रको नेतृत्व एमाओवादी अध्यक्ष प्रचण्डले गर्नेछन् । बालाजु र गौशलाको जुलुश राजधानीको कमलपोखरीमा भेट हुने योजना मोर्चाले बनाएको छ । त्यसैगरी कोटेश्वरमा एमाओवादी नेता नारायणकाजी श्रेष्ठले नेतृत्व गर्ने छन् भने गौशलामा अर्का नेता गिरिराजमणी पोखरेल हुने छन् । उता लगनखेलमा भने एमाओवादीका सचिव वर्षमान पुन अनन्तले नेतृत्व गर्ने एमाओवादी योजना रहेको छ । तीस दलिय मोर्चामा आवद्ध बाँकी दलका नेताहरुको कार्यविभाजन भने भइसकेको छैन । यी पाँचओटै केन्द्रका प्रदर्शनहरु राजधानीको खुल्लामञ्चमा पुग्नेछ र सभामा परिणत हुने छ । खुल्लामञ्चमा मात्रै मानिसहरु नअटाउने आँकलन माओवादीको छ । सोही कुरा ध्यानमा राख्दै राजधानीका मानिसहरुभन्दा पहिला राजधानी बाहिरबाट आएका मानिसहरुलाई खुल्लामञ्चमा प्रबेश गराइने व्यावस्था मिलाइएको युवा परिचालन समितिका इन्चार्ज जनार्दन शर्मा प्रभाकरले बताए । २० हजार वाइसिएल \"IMG_7555\" एमाओवादी नेतृत्वको मोर्चाले जनपर्दशनका लागि २० हजार युवा परिचालन गर्ने भएको छ । तीस दलिय मोर्चाका गरी २० हजार भनेर निर्णय गरिएपनि एमाओवादीको सहायक संगठन वाइसिएल नेपालले मात्रै २० हजार वाइसिएल परिचालन गर्ने तयारी गरेको वाइसिएलका कार्यवहाक अध्यक्ष आरसी शर्माले बताए । शर्माका अनुसार राजधानीबाट १० हजार, ताम्मासालिङ्गबाट ५ हजार र बाँकी जिल्लाहरुबाट ५ हजार गरी २० हजारको संख्यामा स्वयंमसेवकको भुमिकामा युवा उत्रिनेछन् । उनिहरुले प्रदर्शनको व्यवस्थापन तथा सुरक्षा गर्ने छन् भने राज्यपक्षसँग झडपको स्थिति आएमा उनिहरु अग्रपंतिबाट नेतृत्व गर्ने छन् । सुरक्षा, मास व्यावस्थापन, पानी तथा विरामी पर्दाका अवस्थामा उनिहरुको मुख्य भुमिका हुने छ । राजधानीका सबै प्रदर्शनहरुमा गरी ३,३ हजारको संख्यामा स्वंयमसेवक परिचालन हुने छन् भने मञ्च तथा कार्यक्रम स्थलको व्यवस्थापनका लागि ५ हजारको संख्यामा स्वंयमसेवक परिचालन हुने छ । राजधानीमा गत १२ गते निकालिएको लाठी जुलुश स्वयंमसेवकीय भूमिकाको तयारी र रोलकाल भएको उनको जिकिर थियो । आकस्मिक स्वास्थ्य शिविर पाँचवटै केन्द्रका प्रदर्शनहरुमा एम्बुलेन्स तथा स्वस्थ्यकर्मीहरुको व्यावस्था गरिएको एमाओवादी निकट स्वास्थ्यकर्मी संघकी भिमा गौतमले बताइन् । उनका अनुसार कार्यक्रम स्थल खुल्लामञ्चमै पनि २ वटा शिविरहरु हुने छन् । जहाँ प्रारम्भिक स्वस्थ्य सेवा उपलब्ध गराउने उनिहरुको योजना छ । कार्यक्रम स्थलमा समेत केही एम्बुलेन्सको व्यवस्था गरिएको छ । आकस्मिक अवस्था तथा प्रारम्भिक उपचारले नहुने भए तत्कालै अस्पतालहरुमा पठाइने छ । डिजिटल व्यानर कार्यक्रमका खुल्लामञ्मा डिजिटल प्रविधिको व्यानर राखिने छ । जो एलइडी सिस्टमको हो । घरमा टेलिभिजन हेरिएजस्तै स्क्रिनमा व्यानर तथा सभाका प्रत्यक्ष गतिविधिहरु हेर्न सकिनेछ । मञ्चको व्यवस्थापन गरिरहेका पूर्व विद्यार्थी नेता हिमाल शर्मा भन्छन् ‘पुराना आन्दोलनका तथा मोर्चाका फुटेजहरु समेत देखाउने तयारी भइरहेको छ’ । उक्त स्क्रिन मञ्चको माथिल्लो भाग जहाँ राजनीतिक दलहरुले कार्यक्रम गर्दा मुख्य व्यानर राख्थे–सोही ठाउँमा राखिने छ । बागबजार सम्म साउण्ड मानिसहरुको उपस्थितिलाई ध्यानमा राखेर बागबजार, पुरानो बसपार्क, शहिदगेट, सुन्धारा, काठमाण्डौ मल, र गणेशमान शान्तिबाटिका सम्म सुन्न सकिने गरी साउण्ड सिष्टमको व्यावस्था गरिएको एमाओवादीले जनाएको छ । बैद्यको साथ एकीकृत नेकपा माओवादीको करिब २ वर्ष पहिला टुक्रिएको नेकपा–माओवादीले एमाओवादी मोर्चाले गर्ने कार्यक्रमलाई सघाउने भएको छ । एजेण्डा सबै नमिलेपनि दुश्मनको दुश्मन मेरो मित्र भने झै गोलमेच सभाबाट संविधान निमार्णको अडान राखिरहेको बैद्य माओवादीले सडक संघर्षका कार्यक्रमहरुमा प्रचण्डलाई सहयोग गर्ने निर्णय गरिसकेको छ । र ‘कब्जा’ यसरी जनपरिचालन तथा प्रदर्शन गर्दा एमाओवादीे मोर्चाको राजनीतिक रुपमा आफु अब्बल रहेको सन्देश जाने बुझाई छ । यो ‘राजधानी कब्जा नै हो’ मजदुर संगठनका अध्यक्ष शालिकराम जम्कट्टेलको बुझाइ छ । मोर्चाका नेताहरु पनि कब्जा कै बुझाइमा छन् । जुन प्रदर्शन उनिहरुले सोचेअनुरुप भएमा उनिहरुले भनेजस्तै सहमितय संविधान निमार्णका लागि सरकार पक्षीय शक्ति एउटा ठुलो नैतिक दबाब हुनेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy