Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

ओली, देउवा र भट्टहरुको लाभहानीमा बन्धक संघीयता

\"cover_neta\" काठमाडौं । एमाले उपाध्यक्ष भीम रावलले पार्टीद्वारा आयोजित एउटा कार्यक्रममा पार्टीले संघीयताप्रति लिएको अडानका कारण नै संघीयताले सार्थक निष्कर्ष पाएको उद्घोष गरे । तर, तिनै भीम रावलले मध्यपश्चिममा तथा आफ्नो गृह जिल्ला अछाममा गएर  ‘आफूहरु संघीयताको पक्षमा रहेको तर जिल्ला र अञ्चल टुक्राउने पक्षमा नरहेको’ अभिव्यक्ति दिए । त्यस्तै, एमाओवादी पार्टीका नेता लेखराज भट्ट हुँदै टोपबहादुर रायमाझीसम्मले जनसभाहरुमा गणतन्त्र र संघीयता आफ्नो पार्टीले बलिदान गरेर ल्याएको बताउँदै गणतन्त्र र संघीयता आफ्नो सन्तान भएको बताए । तर तीनै एमाओवादीका नेताले दुई सन्तान मध्येको एउटा संघीयतामा भने विल्कुल भिन्न मत दिए । जुन मत उनीहरुले दिनै मिल्दैन । लेखराज भट्टले– ‘अखण्ड सुदूरपश्चिम’ हुनुपर्ने अभिव्यक्ति दिए भने, रायमाझीले आफूलाई संघीयता नै मन नपरेको अभिव्यक्ति दिए ।
 अधिकांश नेताहरु मुखमा राम राम गर्छन र बगलीमा छुरा राखेर हिड्छन भन्ने दसी/नजिर हो यो । छ प्रदेशमा संघीयताको सिमांकन गर्नु पूर्व नेताहरुको अभिव्यक्ति संघीयताको पक्षमा आउने गरेको थियो तर जब मुलुक स्पष्ट रुपमा संघीयतामा जाने भयो नेताहरुले आफ्नो बगलीको छुरा झिके र आफ्ना ‘पकेट क्षेत्र’को रक्षामा ओर्लिए
नेताहरुको यो अभिव्यक्ति प्रतिनिधि उदाहरण भर हो । अधिकांश नेताहरु मुखमा राम राम गर्छन र बगलीमा छुरा राखेर हिड्छन भन्ने दसी÷नजीर हो यो । छ प्रदेशमा संघीयताको सिमांकन गर्नुपूर्व नेताहरुको अभिव्यक्ति संघीयताको पक्षमा आउने गरेको थियो तर, जब मुलुक स्पष्ट रुपमा संघीयतामा जाने भयो नेताहरुले आफ्नो बगलीको छुरा झिके र आफ्ना ‘पकेट क्षेत्र’को रक्षामा ओर्लिए । दक्षिणपन्थी धारको नेतृत्व गर्ने कांग्रेस नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हुन् अथवा कृष्णप्रसाद सिटौला हुँदै एमालेका पूर्वगृहमन्त्री रावलसहित छोटो लोकप्रियता बटुल्ने दौडमा लागेका गोकर्ण विष्ट सबै आफ्नो चुनावी राजनीतिलाई मध्यनजर गरेर संघीयतालाई आफ्नो पक्षमा भ्रष्टिकरण गर्न तर्फ लागे । त्यसमा उनीहरुलाई साथ दिने मात्र होइन आफ्नो पूरानो इतिहास बिर्सिएर एमाओवादीका नेताहरु समेत सामेल हुन आई पुगे । मुलकलाई संघीयतामा लैजानुको आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक एवं ऐतिहासिक आधारलाई मध्यनजर गरेर मुलुकको दीर्घकालीन विकास तथा त्यसको दीगोपनका लागि चिन्तन मनन गर्नु पर्नेमा नेताहरुले आफ्नो तात्कालिक लाभ र हानीलाई मध्य नजर गरेर संघीयता लागू गर्ने कारण र औचित्य माथि नै प्रश्न चिह्न खडा गरिदिएका छन् ।
ऐतिहासिक रुपमा राज्यद्वारा पछि पारिएका तथा सदियौदेखि दलनमा पर्दै आएको समुदायको विकास र तिनीहरुकोे राज्यको सबै निकायमा सहभागितालाई मध्यनजर गर्दै भनिएको संघीयतालाई दलका केही नेताहरुको स्वार्थले निम्छरो तुल्याई दिएको छ
ऐतिहासिक रुपमा राज्यद्वारा पछि पारिएका तथा सदियौदेखि दलनमा पर्दै आएको समुदायको विकास र तिनीहरुकोे राज्यको सबै निकायमा सहभागितालाई मध्यनजर गर्दै भनिएको संघीयतालाई दलका केही नेताहरुको स्वार्थले निम्छरो तुल्याई दिएको छ । अखण्ड सुदूरपश्चिम, अखण्ड रुकुम, अखण्ड लुम्बिनी, अखण्ड बाग्लुङ, अखण्ड झापा, मोरङ, सुनसरी लगायतको नाराले संघीयतालाई मात्र प्रशासनिक संघीयतामा सीमित गरी दिने सम्भावना प्रवल बनाएको छ । मुलुक संघीयतामा गएको कागजी श्रेस्ता तयार हुने तर व्यवहारमा एकात्मक राज्य प्रणाली भन्दा भिन्न केही पनि नहुने अहिलेको अवस्थाले देखाएको छ । यहीनेर प्रश्न उठ्नु स्वभाविक छ के संघीयता श्रेस्तामा लेख्नका लागि माग गरिएको थियो ? अथवा समाजमा पिछडिएको समुदायलाई राज्यको मुलधारमा ल्याउनका लागि माग गरिएको थियो । त्यसैले नेताहरुले मुखमा राम राम बगलीमा छुरा लिएर नहिड्नु नै मुलुकका लागि राम्रो हुने देखिन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy