Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

उदयपुर कारागार उच्च जोखिममा

\"Jail-Conviction\"उदयपुर । वैशाख १२ गतेको भूकम्पले जिल्ला कारागार उदयपुरका पर्खाल भत्काएपछि त्यसको पुनःर्निमाण हुन नसक्दा कारागार शाखा उच्च जोखिममा रहेको छ ।   दुईवटा भवन गरेर तीनवटा कोठा रहेको कारागार शाखाको भवनका पर्खाल चिरा परेर लड्ने अवस्थामा पुगेको भए तापनि बजेट निकासा नहुँदा कारागारको पुनःनिर्माण तथा व्यवस्थापन गर्न नसकिएको कारागार शाखाले जनाएको छ ।   भूकम्पको कारण क्षति भएका भवनका पर्खाल र बाहिर कम्पाउन्डको पर्खाल मर्मत गर्न सम्बन्धित विभागबाट पाँच लाख मात्र बजेट आएकाले मर्मत काम हुन नसकेको कारागारका प्रमुख मुकुन्द ढकालले बताए । उलने भने– ‘मुख्य कारागार भवनको पर्खाल नै चिरैचिरा परेर ढल्न लागेको छ, तत्काल ती पर्खाल मर्मत नगरे कुनै पनि बेला दुर्घटना हुन सक्छ ।’   सम्बन्धित विभागबाट पर्याप्त बजेटको व्यवस्थापन हुन नसक्दा अहिले जिल्ला कारागारमा आफूहरुको जीवन नै उच्च जोखिम अवस्थामा रहेको स्वयम् कारागारका कैदीबन्दी बताउँछन् । कारागारमा कैद जिवन बिताउँदै गरेका एक कैदीका अनुसार बाहिर र भित्र पट्टिका पर्खाल भत्किने अवस्थामा हुँदा समेत मर्मत कार्य नहुँदा आफुहरुको जोखिममा बस्नु परेको बताए ।   पचास कैदीबन्दीको मात्र क्षमता रहेको जिल्ला कारागारमा अहिले एक सय ७६ कैदीबन्दी राखिएको छ । विगत लामो समयदेखि कारागारको क्षमताभन्दा बढी कैदीबन्दी रहँदै आएको उक्त कारागारमा भूकम्पपछिको अवस्था झनै जटिल बन्दै गएको छ ।   जिल्ला कारागार शाखाको विकल्पमा अर्को भवन खोजेर कारागार सार्नुपर्ने नत्र पर्याप्त बजेटको व्यवस्थापन गरेर कारागारको मर्मत तथा पुनः निर्माण नगरे जुनसुकै बेला पनि कारागारमा ठूलो मानवीय क्षति हुन सक्ने सरोकारवालाको भनाइ छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending