Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

पोखरामा कांग्रेस संस्थापनद्वारा देउवा पक्षीय कार्यकर्ताको हत्या

\"N.C.\"पोखरा । कास्कीको लेखनाथ नगरपालिकामा नेपाली कांग्रेसका देउवा पक्षिय नेता रामजी पौडेलको संस्थापन पक्षिय नेताद्वारा हत्या गरिएको छ ।   लेखनाथ नगरपालिका १ बरालथरका देउवा पक्षिय नेता पौडेलको गए राती संस्थापन पक्षका नेता रहेका राजु रानाभाट सहितको समूहले हत्या गरेको प्रहरीले जनाएको छ ।   गए राती उनको शव प्रहरीले घर भन्दा एक किलोमिटर टाडा पृथ्वी राजमार्गको गगनगौँडा नजिकै मारिएर फालेको अवस्थामा फेला पारेको थियो ।   कास्कीका प्रहरी प्रमुख हरिबहादुर पालले दिएको जानकारी अनुसार दुवै पक्षबीच लामो समयदेखि विवाद रहँदै आएको थियो । मृतक पौडेलले नेपाली कांग्रेसको कास्की क्षेत्र नम्बर १ को नगर समितिको अध्यक्षमा उम्मेदवारी दिएका थिए ।   बिहीबार राति स्थानीय कांग्रेसी नेता बुद्धिमान तामाङको घरमा विवाद मिलाउन छलफल भएको थियो। छलफल विवादमा बढेपछि पौडेल छलफलबाट निस्किएर हिँडेका थिए ।   पौडेलसँगै हिँडेका स्थानीय कार्यकर्ता मनोज गुरुङ घाइते भएका छन् । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले रानाभाटलाई पक्राउ गरेको छ । उनले प्रहरीसामु पौडेलको हत्या गरेको स्वीकार गरेको प्रहरीले बतायो ।   घटनामा संलग्न प्रकाश गुरुङ, रविन केसी र विश्वास गौतम फरार रहेको प्रहरीले जनाएको छ । उनीहरु सबै संस्थापन पक्षका कार्यकर्ता हुन् । प्रधानमन्त्री सुशील कोइराला र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा समर्थकका रूपमा नेपाली कांग्रेसका कार्यकर्ताहरू देशभर विभाजित छन् ।   भदौ १७ गते हुने पार्टीको महाधिवेशनका लागि स्थानीय तहमा क्रियाशिल सदस्यता वितरण र निर्वाचन भइरहेको सन्दर्भमा भएको हत्याले कांग्रेसको राजनीति र महाधिवेशनलाई प्रभावित पार्ने बुझिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending