Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

पोखरामा कांग्रेस संस्थापनद्वारा देउवा पक्षीय कार्यकर्ताको हत्या

\"N.C.\"पोखरा । कास्कीको लेखनाथ नगरपालिकामा नेपाली कांग्रेसका देउवा पक्षिय नेता रामजी पौडेलको संस्थापन पक्षिय नेताद्वारा हत्या गरिएको छ ।   लेखनाथ नगरपालिका १ बरालथरका देउवा पक्षिय नेता पौडेलको गए राती संस्थापन पक्षका नेता रहेका राजु रानाभाट सहितको समूहले हत्या गरेको प्रहरीले जनाएको छ ।   गए राती उनको शव प्रहरीले घर भन्दा एक किलोमिटर टाडा पृथ्वी राजमार्गको गगनगौँडा नजिकै मारिएर फालेको अवस्थामा फेला पारेको थियो ।   कास्कीका प्रहरी प्रमुख हरिबहादुर पालले दिएको जानकारी अनुसार दुवै पक्षबीच लामो समयदेखि विवाद रहँदै आएको थियो । मृतक पौडेलले नेपाली कांग्रेसको कास्की क्षेत्र नम्बर १ को नगर समितिको अध्यक्षमा उम्मेदवारी दिएका थिए ।   बिहीबार राति स्थानीय कांग्रेसी नेता बुद्धिमान तामाङको घरमा विवाद मिलाउन छलफल भएको थियो। छलफल विवादमा बढेपछि पौडेल छलफलबाट निस्किएर हिँडेका थिए ।   पौडेलसँगै हिँडेका स्थानीय कार्यकर्ता मनोज गुरुङ घाइते भएका छन् । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले रानाभाटलाई पक्राउ गरेको छ । उनले प्रहरीसामु पौडेलको हत्या गरेको स्वीकार गरेको प्रहरीले बतायो ।   घटनामा संलग्न प्रकाश गुरुङ, रविन केसी र विश्वास गौतम फरार रहेको प्रहरीले जनाएको छ । उनीहरु सबै संस्थापन पक्षका कार्यकर्ता हुन् । प्रधानमन्त्री सुशील कोइराला र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा समर्थकका रूपमा नेपाली कांग्रेसका कार्यकर्ताहरू देशभर विभाजित छन् ।   भदौ १७ गते हुने पार्टीको महाधिवेशनका लागि स्थानीय तहमा क्रियाशिल सदस्यता वितरण र निर्वाचन भइरहेको सन्दर्भमा भएको हत्याले कांग्रेसको राजनीति र महाधिवेशनलाई प्रभावित पार्ने बुझिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy