Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

आन्दोलनकारीको माग यथासम्भव सम्बोधन गर्न सांसदहरुको आग्रह

\"BICC-Nepal\"काठमाडौं । व्यवस्थापिका–संसद्को आजको बैठकमा समय माग गर्दै नेपाली काँग्रेसका तप्तबहादुर विष्टले चार दलबीच प्रदेशको सीमा निर्धारणबारे भएको सहमतिपछि चर्किएको आन्दोलनमा ज्यान गुमाएका नागरिकका परिवारलाई क्षतिपूर्ति तथा घाइतेको निःशुल्क उपचारको माग गरेका छन् । नेकपा ९एमाले०का भीमबहादुर रावलले टीकापुरमा आयोजित एक सभामा नेपाली काँग्रेसका एक सांसदले उत्तेजक अभिव्यक्ति दिएकामा आपत्ति जनाए । सामाजिक सद्भावलाई बिथोल्ने र मुलुकको सार्वभौमसत्ता तथा अखण्डतालाई नै चुनौती दिने खालको अभिव्यक्ति दिएकाले वक्ता सांसदमाथि कारबाही हुनुपर्ने उनको माग थियो । एनेकपा ९माओवादी०का सांसद गणेशमान पुनले पहिचान र सामथ्र्यका आधारमा प्रदेश निर्माणको माग गर्दै आन्दोलनकारीको माग यथासम्भव सम्बोधन गर्नेतर्फ ध्यान दिनुपर्ने बताए । पहिचान, स्वायत्तता र विशेष संरक्षणको माग राखी हुदै आएको आन्दोलनलाई सम्हालेर संविधान जारी गर्ने काम यथाशीघ्र अघि बढाउन उनले आग्रह गरे । राप्रपा नेपालका सांसद लीलादेवी श्रेष्ठले भारतीय सीमा सुरक्षा बल अनधिकृत रुपमा इलाम प्रवेश गरेर पटक पटक नेपाली जनतालाई दुःख दिने काम गरेकामा त्यसलाई रोक्ने व्यवस्था मिलाउन संसद्मार्फत सरकारको ध्यानाकर्षण गराए । तराई मधेस लोकतान्त्रिक पार्टीका सांसद बृजेशकुमार गुप्ताले सरकारले जनतालाई एकीकृत सेवा सुविधा घरदैलो नजिक पु¥याउने तथा विस्तार गर्ने नाममा कार्यालय सार्ने काम भएकामा आपत्ति जनाउँदै कपिलवस्तुबाट चन्द्रौटामा सारिएको सेवा विस्तार कार्यालय पुनः सरदमुकाम तौलिहवामा फर्काउन माग गरे । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सांसद योगेन्द्र चौधरीले जनताले आफ्नो अधिकार माग्दा जनतामाथि दमन गर्ने कस्तो लोकतन्त्र हो भनी प्रश्न गर्दै जनताको आवाज सुनेर संविधानको मस्यौदामा परिमार्जन गर्नुपर्ने बताए । नेपाली काँग्रेसका सांसद रीता शाहीले कर्णाली क्षेत्रको हक अधिकार तथा स्वायत्तताका लागि थालिएको आन्दोलनमा सहभागी हुनेलाई दमन गरिए त्यसको परिणाम अकल्पनीय हुने चेतावनी दिइन । सभासद् अमनलाल मोदीले पहिचानका लागि भएको आन्दोलनमा थारु समुदायमाथि सरकारले दमन गरेको गुनासो गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy