Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

एउटै एजेण्डामा हस्ताक्षर गरेका दल विभाजित

\"Surkhetसुर्खेत । सुर्खेतमा गत शनिबारदेखि सुरु भएको आन्दोलनले केही शान्तिपूर्ण रुप लिए पनि सुर्खेतीहरु अझै एजेण्डामा एकीकृत हुन सकेका छैनन् । सुरुमा अखण्ड मध्यपश्चिमको मागसहित सुरु भएको आन्दोलन बिचमा आक्रामक बनेपछि कसैले लिन नमानेको नेतृत्व बिहिबार भने  नेतृत्व लिने च्याउ उम्रे झंै गरी उम्रिए र दलहरुले नेतृत्व लिएर शान्तिपूर्ण बनाउने प्रयास गरेका छन् । जिल्लाका सबै दलहरुले आन्दोलनलाई एकीकृत भएर अगाडि बढाउने भन्दै सुरुमा राखिएको अखण्ड शब्द हटाएका छन् तर कार्यान्वयन भने गर्न सकेका छैनन् । बिहिबार बिहान सबै दलहरुले छुट्टाछुट्टै ¥याली निकाले र सभाहरु गरे । बिहानको ¥यालीमा सबैभन्दा अगाडि नेपाली काँग्रेस लाग्यो । त्यसपछि एमाओवादी र एमालेको ¥याली थियो । तीन पार्टीले आ–आफ्ना झण्डासहित ¥याली निकाले । तीन दलको सभा अस्थायी बसपार्कमा भयो । त्यसकै नजिकै मंगलगढीमा राप्रपाको सभा थियो । यस्तै, जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका सभाहरु पनि छुट्टाछुट्टै भए । आन्दोलनका क्रममा मत्यु भएकाहरुका आफन्त र गिरफ्तार भएकाहरुका आफन्तले दिउँसो जिल्ला प्रहरी कार्यालय नजिक नाराबाजी गरिरहे । \"Surkhetदिउँसो ३ बजे पुनः राजनीतिक दलहरुले संयुक्तरुपमा ¥याली निकाल्ने सहमति भएको थियो तर दिउँसो पनि दलहरुबीच एकता हुन सकेन । दलहरुले छुट्टाछुट्टै ¥याली र सभाहरु गरे । दिउँसो एकीकृत माओवादी र नेपाली कांग्रेसले संयुक्तरुपमा पिपल चौतारामा सभा गरे । त्यही समयमा एमालेले छुट्टै मंगलगढीमा सभा ग¥यो भने  राप्रपा, नेमकिपालगायतका दलहरुका सभा पनि छुट्टै भए । दलहरुले यो आन्दोलनलाई एकीकृत गरी निष्कर्षमा पु¥याउनका लागि अखण्ड हटाउने र सबै दलहरु एक भएर अगाडि बढ्ने सहमति गरेका थिए । बिहान बसपार्कमा भएको सभामा बोल्दै नेपाली कांग्रेसका उपसभापति उपेन्द्र थापाले मध्यपश्चिमलाई छुट्टै राज्य घोषणा गर्नुपर्ने र मृतकका आफन्तका परिवारलाई क्षतिपूर्ती दिनुपर्ने बताए । उनले मागहरु पुरा नभएसम्म सबै सुर्खेतहरुलाई शान्तिपूर्ण आन्दोलनमा सहभागी हुन आग्रह गरेका थिए । उनले मध्यपश्चिमलाई सातौं राज्य घोषणा नगरेसम्म सुर्खेत प्रादेशिक राजधानी बन्न नसक्ने भन्दै छुट्टै सातौं राज्य घोषणा हुनुपर्ने बताए । यस्तै एमाले सुर्खेतका अध्यक्ष धु्रवकुमार शाहीले सुर्खेतलाई प्रादेशिक राजधानी बन्ने अवस्था नबनेसम्म आन्दोलन जारी हुने बताए । \"Surkhetसभामा बोल्दै पूर्व सभासद् तथा एमाओवादी सुर्खेतका अध्यक्ष नरबहादुर बिष्टले राप्ति अञ्चल नमिसिएपनि भेरी र कर्णाली अञ्चललाई मिलाएर सातौं प्रदेश बनाउनुपर्ने बताए । यो प्रदेशको राजधानी सुर्खेत नै हुनुपर्ने उनको भनाइ छ । उनले यो आन्दोलनका क्रममा तीन जनाको मृत्यु भएकोले उनीहरुलाई सहिद घोषणा गर्नुपर्ने र एक जनाका परिवारलाई दश लाखका दरले क्षतिपूर्ती दिनुपर्ने, घाइतेहरुलाई निशुल्क उपचार गर्ने व्यवस्था मिलाउनु पर्ने बताए । उनले यो सबैको हितको लागि गरिएको आन्दोलन भएको भन्दै कुनै व्यक्ति विशेषलाई गाली नगरी संयमित हुन सबैलाई आग्रह पनि गरे । संयमित हुन राष्ट्रिय मानवअधिकार आयोगको अनुरोध राष्ट्रिय मानवअधिकार आयोगको टोलीले सुर्खेतको घटनाको अनुगमन गरेको छ । आन्दोलनले हिंसात्मक रुप लिन थालेपछि राष्ट्रिय मानवअधिकार आयोगकी प्रवक्ता मोहना अन्सारीको नेतृत्वको टोली सुर्खेत आएको थियो । बुधबार सुर्खेत आएको टोलीले बिहीबार यहाँका राजनीतिक दल, स्थानीय प्रशासन नागरिक अगुवा र सञ्चारकर्मीहरुसँग आन्दोलनका बारेमा बुझेको छ । टोलीमा आयोग क्षेत्रीय कार्यालय नेपालगन्जका निर्देशक मुरारी खरेललगायतको टोली यहाँ आएको हो । प्रवक्ता अन्सारीले आन्दोलनकारी र प्रहरी प्रशासनलाई संयमित हुन अनुरोध गरेकी छिन् । उनले अधिकार माग्नु जनताको हक भएको भन्दै यसमा हस्तक्षेप गर्न नहुने र आन्दोलनकर्ता पनि संयमित हुनुपर्ने बताइन् । पीडितहरु थप आक्रोशित आन्दोलनका क्रममा मृत्यु भएका आफन्तहरु बिहिबार थप आक्रोशित भएका छन् । आफन्तहरुले बिहिबार छुट्टै धर्ना कार्यक्रम गरेका छन् । उनीहरुले मृतकलाई सहिद घोषणा गर्नुपर्ने, क्षतिपूर्ती दिनुपर्ने, घाइतेको निःशुल्क उपचार गर्नुपर्ने र पक्राउ गरिएका आन्दोलनकर्तालाई निसर्त रिहाइ गर्नुपर्ने माग राखेका छन् । उनीहरुले मागहरु पुरा नभएर आन्दोलनलाई थप कडाइका साथ अगाडि बढाउने बताएका छन् । \"Surkhetदलहरु जाँगर चलाउ संघीयताको आन्दोलन अनियन्त्रीत बनीरहेका बेला बिहिबार थोरै सकारात्मक सन्देश आउने गरि शान्तिपूर्ण देखिएको छ । दलहरुले यो आन्दोलनाई शान्तिपूर्ण बनाउनका लागी एउटा महत्वपूर्ण भुमिका खेलेका छन् । भलै आन्दोलन अहिले पनि संगठित हुन सकेको छैन । आन्दोलनले यसरी उग्र रुप लियो कि कसैले चाहेर पनि नियन्त्रण गर्न सक्तैनन् जस्तो लागेको थियो । जब संघीय प्रदेशको सिमांङ्कन गर्दा मध्यपश्चिम टुक्रियो । कर्णाली अञ्चलका जिल्ला र भेरीका केही जिल्लालाई सुदुरपश्चिमाञ्चल विकास क्षेत्रमा मिसाइयो त्यसपछी नियन्त्रण बाहिर गएको आन्दोलनले जिल्लालाई नै तहस नहस गरायो । मध्यपश्चिमकै जिल्लाहरु मिलेर बनेको प्रदेशको राजधानी सुर्खेत हुनेमा सुर्खेतीहरु विश्वस्त थिए र अहिले पनि छन् । तर, यसलाई निष्कर्षमा पुर्याउन र यो आन्दोलनलाई अझ सम्बृद्ध वृहत बनाउन सबैको एकता अझ जरुरी छ । शान्तिपूर्ण र मर्यादित बनाउन अझ जरुरी छ । यसर्थ, सुर्खेतीले यस अघि गरेका शान्तिपूर्ण आन्दोलनबाट पनि सिकेर कुनै हालतमा आन्दोलनलाई निष्कर्षमा पुर्याउन जरुरी छ । त्यसका लागि गर्न सक्ने जती र अपनाउन सक्ने उपाय जति अपनाएर भोलीदेखि नै खास माग खास समुह खास योजनामा काम गर्न दलहरु संकल्पकृत भए आन्दोलन सशक्त हुन र मर्यादित हुन सक्छ । त्यसका लागी दलहरुको इच्छाशक्ती हुनैपर्छ । दलहरु जाँगर चलाउ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending