Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

एउटै एजेण्डामा हस्ताक्षर गरेका दल विभाजित

\"Surkhetसुर्खेत । सुर्खेतमा गत शनिबारदेखि सुरु भएको आन्दोलनले केही शान्तिपूर्ण रुप लिए पनि सुर्खेतीहरु अझै एजेण्डामा एकीकृत हुन सकेका छैनन् । सुरुमा अखण्ड मध्यपश्चिमको मागसहित सुरु भएको आन्दोलन बिचमा आक्रामक बनेपछि कसैले लिन नमानेको नेतृत्व बिहिबार भने  नेतृत्व लिने च्याउ उम्रे झंै गरी उम्रिए र दलहरुले नेतृत्व लिएर शान्तिपूर्ण बनाउने प्रयास गरेका छन् । जिल्लाका सबै दलहरुले आन्दोलनलाई एकीकृत भएर अगाडि बढाउने भन्दै सुरुमा राखिएको अखण्ड शब्द हटाएका छन् तर कार्यान्वयन भने गर्न सकेका छैनन् । बिहिबार बिहान सबै दलहरुले छुट्टाछुट्टै ¥याली निकाले र सभाहरु गरे । बिहानको ¥यालीमा सबैभन्दा अगाडि नेपाली काँग्रेस लाग्यो । त्यसपछि एमाओवादी र एमालेको ¥याली थियो । तीन पार्टीले आ–आफ्ना झण्डासहित ¥याली निकाले । तीन दलको सभा अस्थायी बसपार्कमा भयो । त्यसकै नजिकै मंगलगढीमा राप्रपाको सभा थियो । यस्तै, जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका सभाहरु पनि छुट्टाछुट्टै भए । आन्दोलनका क्रममा मत्यु भएकाहरुका आफन्त र गिरफ्तार भएकाहरुका आफन्तले दिउँसो जिल्ला प्रहरी कार्यालय नजिक नाराबाजी गरिरहे । \"Surkhetदिउँसो ३ बजे पुनः राजनीतिक दलहरुले संयुक्तरुपमा ¥याली निकाल्ने सहमति भएको थियो तर दिउँसो पनि दलहरुबीच एकता हुन सकेन । दलहरुले छुट्टाछुट्टै ¥याली र सभाहरु गरे । दिउँसो एकीकृत माओवादी र नेपाली कांग्रेसले संयुक्तरुपमा पिपल चौतारामा सभा गरे । त्यही समयमा एमालेले छुट्टै मंगलगढीमा सभा ग¥यो भने  राप्रपा, नेमकिपालगायतका दलहरुका सभा पनि छुट्टै भए । दलहरुले यो आन्दोलनलाई एकीकृत गरी निष्कर्षमा पु¥याउनका लागि अखण्ड हटाउने र सबै दलहरु एक भएर अगाडि बढ्ने सहमति गरेका थिए । बिहान बसपार्कमा भएको सभामा बोल्दै नेपाली कांग्रेसका उपसभापति उपेन्द्र थापाले मध्यपश्चिमलाई छुट्टै राज्य घोषणा गर्नुपर्ने र मृतकका आफन्तका परिवारलाई क्षतिपूर्ती दिनुपर्ने बताए । उनले मागहरु पुरा नभएसम्म सबै सुर्खेतहरुलाई शान्तिपूर्ण आन्दोलनमा सहभागी हुन आग्रह गरेका थिए । उनले मध्यपश्चिमलाई सातौं राज्य घोषणा नगरेसम्म सुर्खेत प्रादेशिक राजधानी बन्न नसक्ने भन्दै छुट्टै सातौं राज्य घोषणा हुनुपर्ने बताए । यस्तै एमाले सुर्खेतका अध्यक्ष धु्रवकुमार शाहीले सुर्खेतलाई प्रादेशिक राजधानी बन्ने अवस्था नबनेसम्म आन्दोलन जारी हुने बताए । \"Surkhetसभामा बोल्दै पूर्व सभासद् तथा एमाओवादी सुर्खेतका अध्यक्ष नरबहादुर बिष्टले राप्ति अञ्चल नमिसिएपनि भेरी र कर्णाली अञ्चललाई मिलाएर सातौं प्रदेश बनाउनुपर्ने बताए । यो प्रदेशको राजधानी सुर्खेत नै हुनुपर्ने उनको भनाइ छ । उनले यो आन्दोलनका क्रममा तीन जनाको मृत्यु भएकोले उनीहरुलाई सहिद घोषणा गर्नुपर्ने र एक जनाका परिवारलाई दश लाखका दरले क्षतिपूर्ती दिनुपर्ने, घाइतेहरुलाई निशुल्क उपचार गर्ने व्यवस्था मिलाउनु पर्ने बताए । उनले यो सबैको हितको लागि गरिएको आन्दोलन भएको भन्दै कुनै व्यक्ति विशेषलाई गाली नगरी संयमित हुन सबैलाई आग्रह पनि गरे । संयमित हुन राष्ट्रिय मानवअधिकार आयोगको अनुरोध राष्ट्रिय मानवअधिकार आयोगको टोलीले सुर्खेतको घटनाको अनुगमन गरेको छ । आन्दोलनले हिंसात्मक रुप लिन थालेपछि राष्ट्रिय मानवअधिकार आयोगकी प्रवक्ता मोहना अन्सारीको नेतृत्वको टोली सुर्खेत आएको थियो । बुधबार सुर्खेत आएको टोलीले बिहीबार यहाँका राजनीतिक दल, स्थानीय प्रशासन नागरिक अगुवा र सञ्चारकर्मीहरुसँग आन्दोलनका बारेमा बुझेको छ । टोलीमा आयोग क्षेत्रीय कार्यालय नेपालगन्जका निर्देशक मुरारी खरेललगायतको टोली यहाँ आएको हो । प्रवक्ता अन्सारीले आन्दोलनकारी र प्रहरी प्रशासनलाई संयमित हुन अनुरोध गरेकी छिन् । उनले अधिकार माग्नु जनताको हक भएको भन्दै यसमा हस्तक्षेप गर्न नहुने र आन्दोलनकर्ता पनि संयमित हुनुपर्ने बताइन् । पीडितहरु थप आक्रोशित आन्दोलनका क्रममा मृत्यु भएका आफन्तहरु बिहिबार थप आक्रोशित भएका छन् । आफन्तहरुले बिहिबार छुट्टै धर्ना कार्यक्रम गरेका छन् । उनीहरुले मृतकलाई सहिद घोषणा गर्नुपर्ने, क्षतिपूर्ती दिनुपर्ने, घाइतेको निःशुल्क उपचार गर्नुपर्ने र पक्राउ गरिएका आन्दोलनकर्तालाई निसर्त रिहाइ गर्नुपर्ने माग राखेका छन् । उनीहरुले मागहरु पुरा नभएर आन्दोलनलाई थप कडाइका साथ अगाडि बढाउने बताएका छन् । \"Surkhetदलहरु जाँगर चलाउ संघीयताको आन्दोलन अनियन्त्रीत बनीरहेका बेला बिहिबार थोरै सकारात्मक सन्देश आउने गरि शान्तिपूर्ण देखिएको छ । दलहरुले यो आन्दोलनाई शान्तिपूर्ण बनाउनका लागी एउटा महत्वपूर्ण भुमिका खेलेका छन् । भलै आन्दोलन अहिले पनि संगठित हुन सकेको छैन । आन्दोलनले यसरी उग्र रुप लियो कि कसैले चाहेर पनि नियन्त्रण गर्न सक्तैनन् जस्तो लागेको थियो । जब संघीय प्रदेशको सिमांङ्कन गर्दा मध्यपश्चिम टुक्रियो । कर्णाली अञ्चलका जिल्ला र भेरीका केही जिल्लालाई सुदुरपश्चिमाञ्चल विकास क्षेत्रमा मिसाइयो त्यसपछी नियन्त्रण बाहिर गएको आन्दोलनले जिल्लालाई नै तहस नहस गरायो । मध्यपश्चिमकै जिल्लाहरु मिलेर बनेको प्रदेशको राजधानी सुर्खेत हुनेमा सुर्खेतीहरु विश्वस्त थिए र अहिले पनि छन् । तर, यसलाई निष्कर्षमा पुर्याउन र यो आन्दोलनलाई अझ सम्बृद्ध वृहत बनाउन सबैको एकता अझ जरुरी छ । शान्तिपूर्ण र मर्यादित बनाउन अझ जरुरी छ । यसर्थ, सुर्खेतीले यस अघि गरेका शान्तिपूर्ण आन्दोलनबाट पनि सिकेर कुनै हालतमा आन्दोलनलाई निष्कर्षमा पुर्याउन जरुरी छ । त्यसका लागि गर्न सक्ने जती र अपनाउन सक्ने उपाय जति अपनाएर भोलीदेखि नै खास माग खास समुह खास योजनामा काम गर्न दलहरु संकल्पकृत भए आन्दोलन सशक्त हुन र मर्यादित हुन सक्छ । त्यसका लागी दलहरुको इच्छाशक्ती हुनैपर्छ । दलहरु जाँगर चलाउ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy