Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

अनेरास्ववियु महाधिवेशन : सर्वसम्मत बनाउन ओलीको दबाब, प्रतिस्पर्धा गर्ने विद्यार्थीको चाहना

कुन पदमा कति उम्मेदवार?

खबरडबली संवाददाता

काठमाडौँ। एमाले निकट अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशनमा पार्टी नेतृत्वले सर्वसम्मत चुन्न दबाब दिइरहेको छ। मंगलबारबाट सुरु महाधिवेशनमा पार्टी नेतृत्वमा प्यानल नबनाउन र चुनाव बिना चुनिन दबाब दिइरहेको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले यसअघि नै यस किसिमको अभिव्यक्ति दिइसकेका छन्। ‘विभाजनको दिशामा जान सक्छ। चुनाव हुने स्थिति नआओस्,’ ओलीले केही दिनअघि पार्टी कार्यालय च्यासलमा विद्यार्थी नेताहरूलाई बोलाएर भनेका थिए। आजको उद्घाटन शत्रमा पनि ओलीले त्यही प्रसंग निकालेर भने,‘चुनावतर्फ जाने भन्दा पनि सर्वसम्मतको प्रयास गर्नु।’ 

महाधिवेशनले १९९ सदस्यीय नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ। नेतृत्वका लागि धेरै विद्यार्थी नेताहरुले आकांक्षा देखाएका छन्। 

महाधिवेशनमा उच्चस्तरीय समझदारी भएर नेतृत्व चयन हुनेमा आफू विश्वस्त रहेको समेत ओलीको भनाइ थियो। 

चुनाव लड्न नपाउने देखेपछि कतिपय नेताले भने उम्मेदवार नरहेको घोषणा गर्न थालेका छन्। प्रतिस्पर्धीमध्ये पनि कतिपयले खुलेआम चुनाव बारे आफ्नो आकांक्षा भन्न सकेका छैनन्। ‘नेतृत्वको नजिकको व्यक्ति पर्ने सम्भावना हुन्छ। अहिले नै भन्न मिल्दैन।’ अनेरास्ववियुका एक महासचिवका प्रतिस्पर्धीले भने,‘नेतृत्वसँग व्यापक लबिङ चलिरहेको छ। आकांक्षा राख्ने–नराख्नेमै दोधार छ।।’ 

अनेरास्ववियुका नेता तथा कार्यकर्ता भने चुनाव हुनुपर्ने पक्षमा छन्। अध्यक्षका लागि वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, महासचिव समिक बडाल र उपाध्यक्ष मोति बिक (महेन्द्र) प्रमुख दाबेदार छन्। 

यसअघि आकाङ्क्षी देखिएका अर्का यम पाण्डेले अनेरास्ववियुको राजनीति नै नगर्ने घोषणा गरिसकेका छन्। २३ औं महाधिवेशनमा आफ्नो कुनै पनि पदमा दाबी नरहने उनको भनाइ छ ।

पाण्डे ब्याक भएपछि तीन जना दाबेदार देखिएका छन्। यदि चुनाव भएको खण्डमा तीमध्ये लामिछाने र बडालबीच प्रतिस्पर्धा हुनेछ । तर, चुनावको सम्भावना निकै कम रहेको नेताहरूको संकेतले देखाउँछ।

विद्यार्थी नेताहरूले भने अनेरास्ववियुमा हस्तक्षेप नगर्न पार्टी नेताहरूलाई अनुरोध गरेका छन्। उनीहरूले आफ्नो नेतृत्व आफैँले चुन्न पाउनुपर्ने र पार्टीले हस्तक्षेप गर्न नहुने बताएका हुन्।
कुन पदमा कति उम्मेदवार?

उपाध्यक्षमध्ये कल्पना वाइबाले भने सुरुदेखि नै आफू अध्यक्षको दाबेदार नरहेको भन्दै महासचिवमा उम्मेदवारी घोषणा गरिसकेकी छन्। महासचिव पदमा उपमहासचिवहरु नरेश रोकाय, सुदर्शन शिवाकोटी, नारायण घर्ती, भाष्कर खनाल, गोविन्द गिरी, सचिव धर्म गिरी लगायतको दाबी छ।

अनेरास्ववियुको उपाध्यक्षमा यसपटक हालका कोषाध्यक्ष जेनिश लामासहित मर्यादा विष्ट, तपेन्द्र शाही, एलबी सिंह, डम्बर अधिकारी, रामशरण चौधरीलगायतले दावी गरेका छन्।

सचिवमा सबैभन्दा धेरै आकांक्षी देखिएका छन्। कोषाध्यक्षमा सुजन कार्कीलगायतले उम्मेदवारी घोषणा गरेका छन् । १० सचिवका लागि ७० भन्दा बढी उम्मेदवार भएका छन् 

हालसम्म प्रकाश पौडेल, जिबी गजल, शालिकराम पराजुली, नवराज ढकाल, सजिना थामा मगर, रक्षा बम, स्वरुप सुयल, अन्जु पाण्डे, अन्जना शिवाकोटी, सरोज पोखरेल, सन्तोष राना, घनश्याम भुन, नविन योगी, प्रेम खड्का, पंकज भण्डारी, नरेन्द्र न्यौपाने, वीरेन्द्र रावल, सन्जिव धिताल, आरती भट्टराई, बिनिता काफ्लेले उम्मेदवारी घोषणा गरिसकेका छन्।

त्यस्तै रिता ढकाल, मदन विष्ट, हिरा चौलागाई, आशिर्वाद सुवेदी, रोमश खतिवडा, दिपेश प्रसाई, प्रकाश भुजेल, सागर भट्ट, ओमप्रकाश घिमिरे, जयराम बास्तोला, राजेन्द्र गजुरेल, गोविन्द थपलिया, सौगात कार्की, मनोज राई, कल्पना पाल, टुकलाल गैरे, विनोद भट्टराई, प्रकाश भट्ट, सन्तोष पौडेल, आरपी यादव, एकराज दाहाल, प्रकाश श्रेष्ठ, गोकर्ण घिमिरे, मनोज ताम्ली, निता घतानी, मोहित साह पनि सचिवका उम्मेदवार हुन् ।

अखिल सचिवका लागि उज्ज्वल कार्की, अन्जु गौतम, रविन्द्र सुवेदी, अशेष गोइत, नम्रता महर्जन, समुनराज कार्की, सुन्दर खड्का, विनायक आचार्य, रुपक खनाल, सुन्दर घिमिरे, भुषण सुवेदी, सन्तोष पौडेल, प्रज्वल फुयाल, विभा प्याकुरेल, किरण सापकोटाले पनि उम्मेदवारी घोषणा गरेका छन् ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies