Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

देश टुक्र्याउँछु भन्‍ने अमरेश, महतो र उपेन्द्र यसरी लखेटिए

\"singh\"काठमाडौं । देश टुक्र्याउँछु भन्दै बुधबार थरुहटको एउटा कार्यक्रममा धम्की दिने नेपाली कांग्रेसका सभासद् अमरेशकुमार सिंह, संघीय समाजवादी फोरमका उपेन्द्र यादव र सद्भावना पार्टीका राजेन्द्र महतोको अभिव्यक्तिप्रति बिहीबार संसद्मा आपत्ति प्रकट गर्दै उनीहरूमाथि कारबाहीको माग गरिएको छ। अन्नपूर्ण पोष्टमा खबर छ नयाँ संविधानमा आफूहरूले चाहेजस्तो अधिकार नपाएमा पाकिस्तानबाट बंगलादेश छुट्टिएको घटना स्मरण गराउँदै मधेस टुक्रने चेतावनी दिएका सिंह, यादव र महतो कैलालीको टीकापुरबाट बुधबार लखेटिएका थिए। मधेस र थरुहट प्रदेशले आत्मनिर्णयको अधिकार पाउने गरी स्वायत्त प्रदेश नपाए मुलुकको एकतामै आँच आउन सक्ने धारणा राखेका मधेस केन्द्रित नेताहरू स्थानीयको आक्रोशको सिकार बनेका हुन्। एमाले उपाध्यक्ष एवं सभासद् भीम रावलले शुक्रबार संसद्मा विशेष समय लिएर कैलालीको टीकापुरमा भएको आमसभामा तरबार र खुकुरी लिएर निश्चित भूभागबाट आएर देश टुक्र्याउँछु भन्नेहरूलाई स्थानीयले लखेटेको बताए। उनले त्यसरी अभिव्यक्ति दिनेहरूलाई कारबाही गर्नसमेत सरकार तथा संसद्सँग माग गरे। टीकापुरमा संयुक्त थारू संघर्ष समितिले बिहीबार आयोजना गरेको आमसभाको सन्दर्भ जोड्दै रावलले भने, ‘थारुहरूको अधिकार समेट्ने मागका नाममा सद्भावना पार्टीसँग संलग्न व्यक्तिले जथाभाबी आग्रह गर्न मिल्दैन। जनतालाई उत्तेजित बनाउने कार्य सभासद्बाट गर्न मिल्छ कि मिल्दैन ?’ रावलले यादव र सिंहले यो मुलुकको हालत पाकिस्तान र बंगलादेशजस्तै पार्छु भन्नु दुर्भाग्यपूर्ण रहेको बताए। उनले प्रश्न गरे, ‘कांग्रेसजस्तो पार्टीले सिंहलाई त्यस्तो अभिव्यक्ति दिन निर्देशन त दिएन ?’ संयुक्त थारू संघर्ष समितिले आयोजना गरेको सभामा कैलाली, कञ्चनपुरसहित तराईका जिल्लालाई थरुहट प्रदेशमा राख्न माग गरिएको थियो। सभामा संघीय समाजवादी फोरमका अध्यक्ष यादवले मधेसी र थारुहरूसँग विगतमा गरेको सम्झौता सरकारले बिर्सिएको आरोप लगाए। ‘पीडित थारुहरू जागेमा दलालहरू आफैं पाखा लाग्छन्’उनले सभामा भनेका थिए। आफूलाई प्रमुख दल भन्न रुचाउने चार दल र तीनका शीर्ष नेताहरूले मधेसी र थारूको पहिचान गुम्ने गरी ल्याएको संविधान मान्य हुन नहुने धारणा यादवले राखे। उनले आफूहरू स्वायत्त मधेस प्रदेशका पक्षमा रहेको र उक्त माग पूरा नभए मधेश नेपालबाट अलगिन सक्ने चुनौती दिए। आमसभामा सद्भावनाका अध्यक्ष महतोले आफूहरू थरुहटको आन्दोलनमा साथ दिन मधेसबाट आएको बताए। \'थारू उत्पीडनको मुख्य कारण नै थारू क्षेत्रमा बसोबास गर्ने पहाडी समुदाय हो\' उनले भने, \'थारुहरूलाई संविधानबाट लखेट्न खोज्ने पहाडीलाई थारू बस्तीबाटै लखेट्न नपरोस्।\' महतोले संवाद समितिको प्रतिवेदन मस्यौदा समितिबाट सच्याउन आग्रह गरे। आफूहरू मधेस स्वायत्त प्रदेशका पक्षमा रहे पनि अहिले मधेस र थारु दुई प्रदेश चाहेको उनले बताए। चार दलभित्रको पहाडी बहुलताले मधेसी र थारूले मुलुकको अधिकारबाट वञ्चित हुनुपरेको धारणा महतोले राखे। कांग्रेसका सभासद् सिंहले थरुहट प्रदेशका लागि आफूहरू जस्तोसुकै सहयोग र समर्थन गर्न तयार रहेको बताए। सिंहले भने, ुथारू आन्दोलन सशक्त र परिणाममुखी बनाउनुको विकल्प छैन।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending