Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

प्रचण्डसँग विद्रोहको कुरा हावा र अकल्पनिय हो –नन्दकिशोर पुन ‘पासाङ’

\"pasang\"काठमाडौं । एकिकृत नेकपा माओवादी दोस्रो पुस्ताका नेताहरु वर्षमान पुन ‘अनन्त’ नन्दकिशोर पुन ‘पासाङ’ र जनादर्न शर्मा ‘प्रभाकर’ले प्रचण्डसँग विद्रोह गर्न लागेको भनेर आएको हल्ला भ्रामक र नियोजित भएको जनमुक्ति सेनाका पूर्व कमाण्डर नन्दकिशोर पून ‘पासाङ’ ले बताएका छन् । संविधानको मस्यौदा समितिबाट पारित ६ प्रदेशको विषयमा असन्तुष्टी जनाउँदै प्रचण्डसँग विद्रोह गर्न लागेको भनेर आएको समाचारप्रति पासाङले खेद व्याक्त गरेका छन् । खबरडबलीसँग कुरा गर्दै पासाङले भने,– ‘प्रदेश निर्माण गर्दा पहिचान र सामथ्र्यको आधार मिलेन भन्दै सच्याउनका लागि हामी लगायत नेताहरुले पार्टी र राजनीतिक संवाद समितिमा लिखित असहमति राखेको सत्य हो तर विद्रोहको कुरा हावा र अकल्पनिय हो । अनन्त र प्रभाकर जीको कुरा पनि यहि नै हो । सिमाकंन सच्याउन पर्छ भन्ने हो । सामथ्र्य र पहिचानका आधारहरु आएनन् भन्ने हो । ’ उनले माओवादीलाई कमजोर बनाउने षड्यन्त्रस्वरुप केही शक्ति लागेकोले यस्तो भ्रम फैलाइएको हुनसक्ने बताए । पार्टी निर्माणको बारेमा समग्र पार्टी नै चिन्तित रहेको र कसरी बनाउने भन्ने पार्टीमै छलफल गर्ने बताएका पासाङले प्रचण्डसँग विद्रोह गर्नेबारे सोच्नसमेत नसकिने बताए । सिमाकंनमा शिर्ष नेताहरुको कमजोरी भएको भन्दै त्यो माओवादी मात्रै होइन सबै नेताहरुको कमजोरी भएको समेत पासाङले बताए । कतिपय ठाउँमा नमिल्ने र भोली लागु गर्नै नसकिने गरी सिमा निर्धारण भएको लागेपछि आफुहरुले सच्याउन पहल गरेको उनले बताए । एमाओवादीमा अनन्त, जनार्दन र पासाङ अध्यक्ष प्रचण्डका भरपर्दा र विस्वाश पात्र हुन् । यिनै नेताहरुले सिमाकंनबारे असन्तुष्टी राखेसकेपछि भ्रामक समाचार संम्प्रेशण भएको एमाओवादीका अरु नेताहरुको बुझाई छ । खबरडबलीसँगको टेलिफोन सम्पर्कमा पासाङले आम पार्टी कार्यकर्तालाई आवहान गरे, –‘पार्टी निर्माण र संविधानसभाको शक्तिसन्तुलनका आधारमा प्राप्त हुने उपलब्धिको रक्षाका लागि लागौं, पार्टी बिग्रिएकोले बनाउनतिर लागौं । हल्लाको पछि नलागौं।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending