Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

घरेलु मैदानमै यूएईमाथि पपुवा न्युगिनीको सानदार जित, नेपाललाई राहत

खबरडबली संवाददाता

काठमाडौँ। तीव्र गतिका बलर चाद सोफरको सानदार बलिङको सहयोगमा पपुवा न्युगिनीले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली युएईमाथि १ सय ३१ रनको सानदार जित हात पारेको छ । 

लिग–२ मा यो पपुवा न्युगिनीको ३० औं खेलमा यो मात्रै तेस्रो जित हो । तीन मध्य दुई जित युएईविरुद्ध रहेको छ।

जितको लागि २ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको युएई ३४।२ ओभरमा १ सय ३१ रनमा अल आउट भयो । युएईका ओपनर मोहम्मद वासिमले १७ बलमा ४ चौकासहित सर्वाधिक २४ रन बनाए । युएईका कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

तीव्र गतिका बलर काबुवा मोरेआले ओपनर अर्यान लर्कानलाई ५ रनमा क्याच आउट गराए । त्यसपछि तीव्र गतिका बलर चाद सोफरले मध्यक्रम धरासयी बनाएका थिए । सोफरले युएईका प्रमुख ब्याटर मोहम्मद वासिमलाई १७ बलमा ४ चौकासहित २४ रनमा बोल्ड आउट गरे । कप्तान सिपी रिजवान पनि एक रनमा सोफरको बलमा बोल्ड आउट भए ।

सोफरकै बलमा रोहन मुस्तफा तीन रनमा टोनी उराबाट क्याच आउट भएपछि युएई ९।४ ओभरमा ४८–४ को दयनीय अवस्थामा पुगेको हो । युएईका प्रमुख ब्याटर वृत्य अरविन्द ३६ बलमा १ चौकासहित २३ रनमा रन आउट भए । आसिफ खानसँग तालमेल नमिल्दा वृत्य रन आउट भएका थिए । वृत्यको रन आउटपछि युएईको जितको आशा टाढिएको थियो । असाद भालाले आसिफ खानलाई २० रनमा बाल्ड आउट गरे ।


सोफरले एलिशान शराफुलाई १४ र कार्तिम मयाप्पनलाई ८ रनमा क्याच आउट गर्दै करिअरमा दोस्रो पटक पाँच विकेट पूरा गरेका थिए । पपुवा न्युगिनीका चाद सोफरले १० ओभरमा १ मेडनसहित २५ रन खर्चेर ५ विकेट लिए ।

त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको पपुवा न्युगिनी ४९।१ ओभरमा २ सय ६२ रनमा अल आउट भएको थियो । पपुवा न्युगिनीको जितमा मध्यक्रमका ब्याटर सेसे बाउले ७६ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ७४ रनको योगदान दिए ।

ओपनर टोनी उराले ४३ बलमा ८ चौका र १ छक्कासहित ५१ रनको योगदान दिए । पहिलो विकेटका लागि उरा र किप्लिङ डोरिगाले १४ ओभरमा ८१ रनको सानदार साझेदारी गरेका थिए ।


डोरिगा ६९ बलमा ४ चौका र १ छक्कासहित ४२, असाद भाला २३ र गौडी टोका २८ रनमा आउट भए । एक समय विशाल योगफलको आधार देखाएपनि मध्यक्रमका ब्याटर नचल्दा प्रतिस्पर्धात्मक योगफलमै रोकिएको थियो ।

युएईका स्पिनर कार्तिक मयाप्पनले १० ओभरमा १ मेडनसहित ४९ रन खर्चेर ४ विकेट लिएपनि जितको लागि पर्याप्त रहेन । अर्यान लर्कानले तीन र जहुर खानले दुई विकेट लिए ।

पपुवा न्युगिनीले अव शुक्रबार नेपालसँग खेल्नेछ । पपुवा न्युगिनी ३० खेलमा ३ मा जित र २६ मा हारसहित ७ अंकका साथ पुछारका छ । पपुवा न्युगिनी पुछारमा रहँदै क्वालिफायर प्लेअफ खेल्ने पक्का भएको छ । पपुवा न्युगिनीले २०२२ सेप्टेम्बरमा अमेरिकालाई उसकै मैदानमा २६ रनले हराएको थियो । २०२२ मार्चमा युएईलाई पनि उसकै घरेलु मैदानमा ६ विकेटले हराउँदै पहिलो जित हात पारेको थियो ।

अंक तालिका

स्कटल्यान्ड ३६ खेलमा २४ मा जित र १० मा हारका साथ ५० अंकका साथ शीर्ष स्थानमा रहँदै अन्त्य गर्यो । ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो अन्त्य गरेको छ । नामिबिया ३६ खेलमा १९ मा जित र १६ मा हारका साथ ३९ अंकका साथ तेस्रो स्थानमा छ ।

अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ । युएई २९ खेलमा १३ मा जित र १३ मा हारसहित २९ अंकका साथ पाँचौं स्थानमा छ । नेपाल २९ खेलमा १३ मा जित र १४ मा हारसहित २८ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी ३० खेलमा ३ मा जित र २६ मा हारसहित ७ अंक जोड्दै पुछारमा छ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending