काठमाडौँ। तीव्र गतिका बलर चाद सोफरको सानदार बलिङको सहयोगमा पपुवा न्युगिनीले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली युएईमाथि १ सय ३१ रनको सानदार जित हात पारेको छ ।
लिग–२ मा यो पपुवा न्युगिनीको ३० औं खेलमा यो मात्रै तेस्रो जित हो । तीन मध्य दुई जित युएईविरुद्ध रहेको छ।
जितको लागि २ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको युएई ३४।२ ओभरमा १ सय ३१ रनमा अल आउट भयो । युएईका ओपनर मोहम्मद वासिमले १७ बलमा ४ चौकासहित सर्वाधिक २४ रन बनाए । युएईका कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
तीव्र गतिका बलर काबुवा मोरेआले ओपनर अर्यान लर्कानलाई ५ रनमा क्याच आउट गराए । त्यसपछि तीव्र गतिका बलर चाद सोफरले मध्यक्रम धरासयी बनाएका थिए । सोफरले युएईका प्रमुख ब्याटर मोहम्मद वासिमलाई १७ बलमा ४ चौकासहित २४ रनमा बोल्ड आउट गरे । कप्तान सिपी रिजवान पनि एक रनमा सोफरको बलमा बोल्ड आउट भए ।
सोफरकै बलमा रोहन मुस्तफा तीन रनमा टोनी उराबाट क्याच आउट भएपछि युएई ९।४ ओभरमा ४८–४ को दयनीय अवस्थामा पुगेको हो । युएईका प्रमुख ब्याटर वृत्य अरविन्द ३६ बलमा १ चौकासहित २३ रनमा रन आउट भए । आसिफ खानसँग तालमेल नमिल्दा वृत्य रन आउट भएका थिए । वृत्यको रन आउटपछि युएईको जितको आशा टाढिएको थियो । असाद भालाले आसिफ खानलाई २० रनमा बाल्ड आउट गरे ।
सोफरले एलिशान शराफुलाई १४ र कार्तिम मयाप्पनलाई ८ रनमा क्याच आउट गर्दै करिअरमा दोस्रो पटक पाँच विकेट पूरा गरेका थिए । पपुवा न्युगिनीका चाद सोफरले १० ओभरमा १ मेडनसहित २५ रन खर्चेर ५ विकेट लिए ।
त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको पपुवा न्युगिनी ४९।१ ओभरमा २ सय ६२ रनमा अल आउट भएको थियो । पपुवा न्युगिनीको जितमा मध्यक्रमका ब्याटर सेसे बाउले ७६ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ७४ रनको योगदान दिए ।
ओपनर टोनी उराले ४३ बलमा ८ चौका र १ छक्कासहित ५१ रनको योगदान दिए । पहिलो विकेटका लागि उरा र किप्लिङ डोरिगाले १४ ओभरमा ८१ रनको सानदार साझेदारी गरेका थिए ।
डोरिगा ६९ बलमा ४ चौका र १ छक्कासहित ४२, असाद भाला २३ र गौडी टोका २८ रनमा आउट भए । एक समय विशाल योगफलको आधार देखाएपनि मध्यक्रमका ब्याटर नचल्दा प्रतिस्पर्धात्मक योगफलमै रोकिएको थियो ।
युएईका स्पिनर कार्तिक मयाप्पनले १० ओभरमा १ मेडनसहित ४९ रन खर्चेर ४ विकेट लिएपनि जितको लागि पर्याप्त रहेन । अर्यान लर्कानले तीन र जहुर खानले दुई विकेट लिए ।
पपुवा न्युगिनीले अव शुक्रबार नेपालसँग खेल्नेछ । पपुवा न्युगिनी ३० खेलमा ३ मा जित र २६ मा हारसहित ७ अंकका साथ पुछारका छ । पपुवा न्युगिनी पुछारमा रहँदै क्वालिफायर प्लेअफ खेल्ने पक्का भएको छ । पपुवा न्युगिनीले २०२२ सेप्टेम्बरमा अमेरिकालाई उसकै मैदानमा २६ रनले हराएको थियो । २०२२ मार्चमा युएईलाई पनि उसकै घरेलु मैदानमा ६ विकेटले हराउँदै पहिलो जित हात पारेको थियो ।
अंक तालिका
स्कटल्यान्ड ३६ खेलमा २४ मा जित र १० मा हारका साथ ५० अंकका साथ शीर्ष स्थानमा रहँदै अन्त्य गर्यो । ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो अन्त्य गरेको छ । नामिबिया ३६ खेलमा १९ मा जित र १६ मा हारका साथ ३९ अंकका साथ तेस्रो स्थानमा छ ।
अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ । युएई २९ खेलमा १३ मा जित र १३ मा हारसहित २९ अंकका साथ पाँचौं स्थानमा छ । नेपाल २९ खेलमा १३ मा जित र १४ मा हारसहित २८ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी ३० खेलमा ३ मा जित र २६ मा हारसहित ७ अंक जोड्दै पुछारमा छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: