Khabar Dabali २ असार २०८३ मंगलवार | 16th June, 2026 Tue
Investment bank

संविधान निर्माणमा सबै दललाई एक जुट हुन प्रमको आग्रह

\"Koiralaकाठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माणमा सबै दललाई एक जुट हुन आग्रह गरेका छन् । पार्टीका केन्द्रीय सदस्य गुरुराज घिमिरेद्वारा लिखित ‘बन्दी जीवनका अनुभूतिहरु’ शीर्षक संस्मरणात्मक कृतिको आज विमोचन गर्दै प्रधानमन्त्री कोइरालाले संविधान निर्माणसँगै मुलुक विकासको बाटामा अगाडि बढ्ने भएकाले आन्दोलनभन्दा वार्ताको बाटाबाट अगाडि बढ्नुपर्ने बताए । एनले भने – ‘मुलुकमा कसरी अमनचयन कायम गर्ने र महिला, जनजाति, दलित, मुस्लिमका हकअधिकारलाई कसरी सुनिश्चित गर्ने भन्ने बाटामा लाग्नुपर्छ,  अब आन्दोलन गर्नुको कुनै आवश्यकता छैन ।’ नेपाली काँग्रेसका सभापति कोइरालाले आफूलाई दुई मुख्य चुनौती रहेको बताउँदै भने – ‘एकातिर संविधान निर्माणको मुख्य जिम्मेवारी र अर्कोतर्फ नेपाली काँग्रेसको १३औँ महाधिवेशन । उनले काँग्रेसको महाधिवेशन आउन लाग्दा पनि आफू संविधान निर्माणका कार्यमा जुटेकाले कुनै पनि तयारी गर्न नसकेको स्वीकार गर्दै महाधिवेशनका लागि चाँडो विभिन्न तयारी गठन गरेर अगाडि बढ्ने विश्वास व्यक्त गरे । नेकपा ९एमाले०का नेता केशवप्रसाद बडालले घिमिरे राजनीतिक र साहित्यलाई सँगसँगै लैजाने बहुआयामिक व्यक्तित्व भएको बताए । काँग्रेसका नेता सुरेन्द्रराज पाण्डेले लेखक घिमिरे पढेका कुरालाई स्मरण गर्न सक्ने असाधारण क्षमता भएको व्यक्ति भएको बताए । अर्का नेता बद्री पाण्डेले लेखकले आफूले कारागार जीवनमा रहँदा भोगेका अनुभवलाई जस्ताको तस्तै उतार्न सफल भएको बतए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending