Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

यसरी हुँदैछ राष्ट्रपतिको निर्वाचन, यस्तो छ तयारी

खबरडबली संवाददाता

काठमाडौँ। आउँदो फागुन २५ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ। निर्वाचनका लागि दुई उम्मेदवार मैदानमा छन्। सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवास नेम्बाङ उठेका छन्। निर्वाचन आयोगले निर्वाचनको सबै तयारी सकेको बताएको छ। 

कुल ८८२ मतदाताका लागि आयोगले ९९० वटा मतपत्र छपाइ गरेको छ। राष्ट्रपतिको चुनावमा राष्ट्रियसभा, प्रतिनिधिसभा र प्रदेशसभा सदस्यले मतदान गर्न पाउने छन्। संसद भवन नयाँबानेश्वरमा बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ ।

संसद भवनको ल्होत्से हलमा दुईवटा बुथ राखिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उनका अनुसार राष्ट्रपतिका उम्मेदवारको प्रतिनिधि र मतदाताबाहेक अरुलाई मतदान स्थलमा जान दिइने छैन । राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले रमेश लेखक र सुवासचन्द्र नेम्वाङले महेश बर्तौलालाई प्रतिनिधि राखेका छन् । सञ्चारकर्मीको हकमा परिचयपत्र भएकालाई जान दिइने छ । चुनावको सुरक्षामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिने छन् । 

कुन/कुन परिचय पत्रले मत हाल्न पाइन्छ?

निर्वाचन अधिकृतको कार्यालयका अनुसार सांसदलाई निर्वाचन अधिकृतको कार्यालयले दिएको प्रमाणपत्र, नागरिकता, मतदाता परिचयपत्र, संसद सचिवालयले दिएको परिचयपत्र, राष्ट्रिय परिचयपत्रमध्ये कुनै एक भएमा भोट हाल्न दिइनेछ ।

४ बजेबाट गणना, ७ बजे परिणाम

तीन बजेसम्म मतदान सकेर ४ बजेबाट गणना सुरु गर्ने अधिकृतको कार्यालयको तयारी छ । फागुन २५ गते राति ७ बजे नै मतगणना सकेर राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गर्ने तयारी अधिकृतको कार्यालयको छ । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies