मनाङ। हिमाली जिल्ला मनाङमा हिउँ पर्ने समय सकिएपछि हिमपात हुन थालेको छ ।
प्राकृतिकरूपमा हेर्ने हो भने मङ्सिरको पहिलो साता हिमपात हुनुपर्ने हो । तर यसपटक समय सकिएपछि हिमपात भएको छ । यस वर्ष बेमौसममा हिमपातको सुरुआत भएको छ ।
समयभन्दा ढिला गरी मनाङमा हिमपात भएको प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले जानकारी दिए। तल्लो मनाङमा हिउँ परेपछि स्थानीयवासी खुसी भएका उनले बताए। मनाङमा फागुनको तेस्रो साता लागेपछि मात्रै केही मात्रामा हिमपात भएको प्रजिअ खनालको भनाइ छ । हिमपातपछि यहाँका किसानमा खुसी छाएको उनले बताए।
“माथिल्लो मनाङमा केही बाक्लो हिमपात भएको छ भने तल्लो मनाङमा आजदेखि केही बाक्लो मात्रामा हिमपात भएको छ”, उनले बताए।
“यस वर्ष हिमपात हुँदैन कि भन्ने डर लागेको थियो, आजदेखि अलि बढी हिमपात भएको छ, खुसी लागेको छ, हिमपात भएन भने उत्पादन नहुनुका साथै सुक्खापन आउनसक्ने सम्भावना थियो”, ङिस्याङ गाउँपालिका–१ पिसाङका ७४ वर्षीय किसान याङदुङ गुरुङ भन्छन्।
ढिला गरी परेको हिमपातले जमिनको सतहमात्रै भिज्ने हुँदा उत्पादन खासै नबढ्ने उनले बताए। “यहाँको मुख्य बाली आलु र करु हो । चैत, वैशाखमा लगाइने यी बालीलाई पुसमा हिउँ पर्नुपर्छ । तर यसपटक ढिला गरी प¥यो, माटो राम्ररी नभिजे पनि सुक्खापन कम हुन्छ”, किसान गुरुङ भन्छन्, “जमिन तातिएपछि हिमपात हुँदा हिउँको पानी जमिनमुनि नपुग्दै माथि नै सुक्छ । चिस्यान नभए खेतीबालीलाई पुग्दैन र राम्रो उत्पादन हुँदैन, तर पनि हामी किसान खुसी भएका छौँ ।”
उनका अनुसार समयमा हिमपात नहुँदा सबैभन्दा बढी स्याउ उत्पादनमा असर गर्छ । “स्याउ फुल्ने भनेको फागुन, चैतमा हो । फागुन सकिने बेलामा परेको हिमपातले स्याउको जरासम्म सिँचाइ हुँदैन”, उनले भने, “माथि नै फुल्ने बेलामा परेको हिउँले केही होला भन्ने आशा छ।”
यहाँ जेठमा फापर रोपिन्छ। चैततिर गहुँ, आलु र केराउ लगाइन्छ । “मङ्सिरदेखि नै प्रायःजसो हिमपात हुन्थ्यो । अहिले फागुनको तेस्रो सातामा मात्रै हिमपात हुन थालेको छ”, नासों गाउँपालिका–५ का वडाध्यक्ष थुतेन लामाले भने, “बल्लमात्र हिमपातको सुरुआत भएको छ ।”
नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कुञ्जो तेन्जिङ लामाले उच्च हिमाली क्षेत्रको बस्तीमा हिमपात भएको तर आवश्यकतानुसार नभएको बताए। “डाँडाकाँडा र हिमालको फेदीमा देखिने हिउँ बल्लमात्र बेँसीसम्म आइपुगेको छ”, उनले भने।
उनका अनुसार चार हजार दुई सय मिटर उचाइमा रहेको नार र चार हजार ५० मिटर उचाइमा रहेको फूगाउँमा समेत आवश्यक मात्रामा हिमपात हुनसकेको छैन। ्
गाउँले सबै हिमपात र चिसो छल्न यसअघि नै बेँसी झरिसकेका छन्। “विगतमा हिमपात हुन्छ भनेर खाद्यान्न र पशुपक्षीका लागि घाँस व्यवस्थापन गरी बस्ने गरिन्थ्यो । तर यसपटक सोहीअनुसारको व्यवस्था गरिए पनि ढिला गरी हिउँ परेको छ”, उनले भने।
मनाङमा गत वर्ष असोज तेस्रो सातामा नै हिमपात भएको थियो । यस समयमा खासगरी हिमपात हुने समय भने होइन । प्रायःजसो मङ्सिर अन्तिमदेखि मात्र हिमपात हुने गर्दछ।
चिसो र हिमपात छल्न मनाङवासी कात्तिक अन्तिम र मङ्सिरको पहिलो साता बेँसी झर्ने गर्दछन्। उनीहरू काठमाडौँ, पोखरा, बेँसीसहरलगायतका स्थानतर्फ जाने गर्दछन् । यसपटक भने उनीहरू गाउँघर फर्किने समयमा हिमपातको सुरुआत भएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: