पैँचो बजारः किसानदेखि उपभोक्तासम्म बरदान सावित हुँदै
श्रावण ३० गते, २०७२ शनिवार 15th August, 2015 Sat१५:२०:१३ मा प्रकाशित
बुटवल । किसानद्वारा घर घरमा उत्पादित स्वच्छ र ताजा सामान ल्याएर उपभोक्तालाई सुलभ रुपमा उपलब्ध गराउन थालेसँगै बुटवलमा सञ्चालित पैँचो बजार किसानदेखि उपभोक्तासम्म बरदान सावित भएको छ ।
स्वरोजगार अभिवृद्धिको लक्ष्यका साथ उद्यमी युवाले एक वर्षअघि सुरु गरेको पैँचो बजार यतिखेर सबैको आकर्षण बनेको छ । घरमा उत्पादन भएका साग सिस्नोदेखि अन्य खाद्यवस्तुले सहज रुपमा बजार पाउँदा किसान हर्षित छन् भने सफा स्वच्छ खाद्यवस्तु सुलभ मूल्यमा पाउँदा उपभोक्ता पनि उत्तिकै दङ्ग छन् ।
गुल्मी र पाल्पा जिल्लाका पहाडी भेगका उत्पादन दैनिक रुपमा बुटवलमा ल्याएर बिक्री वितरण गर्ने गरेको पैँचो बजारमा स्वच्छ र ताजा सामानहरु बजार मूल्यभन्दा कममा पाउन थालेसँगै बुटवल आसपासका सर्वसाधारणको रोजाईमा पैँचो बजार पर्दै गएको छ ।
पैँचो पसलमा गुल्मीका पल्लीकोट, रुरु, ग्वादी, बम्घा, हर्दिनेटा, दिगाम, बलेटक्सार, थानापति, रिमुवा र अस्लेवा तथा पाल्पाको अर्गली गाविसका किसानले उत्पादन गरेका विषादीरहित तरकारी, फलफूल र खाद्यान्न बिक्री गरिन्छ ।
एक वर्षअघि पैँचो बजार सञ्चालनमा आएपछि आफूहरुले स्वच्छ र ताजा सामान सुपथ मूल्यमा पाउने गरेको बुटवल सुक्खानगरकी गीता ज्ञवालीको भनाइ छ ।
‘पैँचो बजारको स्थापनाले एक वर्ष यता गाउँमा उत्पादित विषादीरहित सामान पाएका छौँ, बजार मूल्यभन्दा प्रत्येक सामानमा एक÷दुई रुपैयाँ सस्तो पनि छ – उनले भने ।’
ज्ञवाली जस्तै पैँचो बजारकी अर्की नियमित उपभोक्ता सीता पाण्डे बजारमा बसेर पनि गाउँका उत्पादनहरु सहज रुपमा पाउँदा दङ्ग छन् ।
पहाडमा उत्पादन हुने सामान्य मरट्टीदेखि अन्य फलफूल, तरकारी, घ्यूजस्ता ताजा सामान सहरमा बसेर पनि उपयोग गर्न पाइएको छ, पैँचो बजार सञ्चालनमा आउँदा हामी धेरै नै लाभान्वित भएका छौँ ’ – पाण्डेले भने । उपभोक्ता जस्तै उत्पादन गर्ने किसान पनि पैँचो बजारका कारण निकै हर्षित छन् ।
रुरु गाविस वडा नं ४ रातामाटाका किसान राजेन्द्र रानाभाट पैँचो बजार स्थापनाले आफूजस्ता धेरै किसान प्रत्यक्ष लाभान्वित बनेको बताउछन् । उनले भने – ‘पैँचो बजारका कारण पहाडको उत्पादनले सहज रुपमा बजार पाएको छ । उत्पादित वस्तुको मूल्य पनि राम्रो पाएका छौँ ।’
प्राचीन कृषि प्रणालीमा उत्पादित गिठा, तरुल, बेलौती, नास्पाती, निउरो, बाँसको तामादेखि व्यावसायिक रूपमा भएका सबै उत्पादन पैँचो बजारमा पाइन्छ । त्यसका साथै चुक, अमिलो, सुन्तला, अमला, मौसम, नास्पातीको जाम, खुर्सानी, आँप, कागती, अदुवाको अचार पनि बिक्री हुने गर्छ । यसबाट बुटवलका बासिन्दालाई पहाडमै बसेर खाएजस्तै झल्को दिने गरेको उपभोक्ता बताउँछन् ।
सामानले सहजै बजार पाएपछि पहाडी क्षेत्रका किसानको कृषि पेसामा आकर्षण बढ्न थालेको छ । पहाडी जिल्ला गुल्मी र पाल्पाका कृषि उत्पादनलाई सहजै खरिद गरी बुटवलका बजारमा बिक्री हुन थालेपछि बुटवलका सहरिया उपभोक्ता पैँचो बजारमा आकर्षित भएको बजारका बुटवल शाखा व्यवस्थापक केशव न्यौपानेले बताउछन् ।
किसानबाट सङ्कलित सामानको व्यवस्थापनका लागि रिडीमा रु चार करोडको लागतमा कृषि उत्पादन प्रशोधन केन्द्र स्थापनाको तयारी गरिएको उनले जानकारी गराए ।
स्थापना भएको १० महिनामै पसलले एक करोड ५० लाखको तरकारी बिक्री गरेको छ । अघिल्लो वर्षको असोजदेखि बुटवलको सुक्खानगरमा खुलेको पसलले उक्त अवधिमा चार करोड ५० लाखको कारोबार गरेको छ । सहरबाट गाउँमा लगिएका उपभोग्य सामान बिक्रीले नै कारोबार बढाएको हो ।
पहाडका कृषि उपजको कारोबार गर्दै आएको पसलले रु १५ करोड लगानी पु¥याउने क्रममा रहेको न्यौपानेको भनाइ छ ।
गुल्मीका ११ र पाल्पाका एक गरी १२ गाविसका किसानका उत्पादन खरिद गरी बुटवलमा ल्याउँदै आएको कम्पनीले पहाडमा १५ वटा पैँचो पसल सञ्चालन गरिरहेको प्रबन्ध निर्देशक ध्र्रुव न्यौपानेले जानकारी गराए । पछिल्लो समयमा केन्द्रबाट बुटवलका फुटकर व्यापारीले समेत सामान खरिद गर्न थालेका छन् ।
प्रबन्ध निर्देशक न्यौपानेका अनुसार १२ गाविसका ४० हजार किसान आफ्नो उत्पादनले बजार पाएका कारण उनीहरु प्रत्यक्ष लाभान्वित भएका छन् ।‘ती गाविसको एक लाखभन्दा पनि बढी रोपनीमा उत्पादित तरकारी बुटवल आएको छ, यो आवमा उत्पादन दोब्बर बनाउने अभियान किसानले सुरु गरिसकेका छन् – उनले भने । ’
किसानको उत्साह र पैँचोले थप कार्यक्रम विस्तार गर्ने सोच बनाएकाले यस आवमा ५ करोडको तरकारी पहाडी क्षेत्रबाट बुटवलमा निर्यात हुने न्यौपानेको अनुमान छ ।
पैँचोमार्फत सहजै बजार पाएपछि तरकारीखेतीमा उत्साह बढेका कारण ५ रोपनीमा तरकारीखेती गर्नेले वार्षिक ३५ देखि ४० लाखसम्मको तरकारी बिक्री गर्ने गरेका छन् । स्वरोजगार अभिवृद्धिका लागि पैँचो पसल सबैका लागि अनुकरणीय भएको युवा रामप्रसाद भण्डारी बताउँछन् ।
‘घरमै काम गरेर लाखौँ कमाउन सकिने उदाहरण पैँचो पसलले दिएको छ” – भण्डारीले भने ‘केही गर्नुपर्छ भन्ने सोचका साथ युवाको क्रियाशीलतामा स्थापित पैँचो बजार किसानदेखि उपभोक्ता सबैका लागि बरदानसावित भएको छ, सकारात्मक सोचबाट स्थापित यो संस्था प्रत्येक नेपाली युवाका लागि प्रेरणको स्रोत पनि हो । ’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: