Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

मृत्युसँग ८ जम्काभेट

\"pasang\"म धेरैपटक मृत्युनजिक पुगेको छु । जितेर फर्किएको पनि छु । मलाई मृत्युनजिक पुर्‍याएको कसैले होइन, आफ्नै हाँसीखुसीले हो । जनसेनाको कमान्डरका रूपमा म धेरै युद्धहरूमा सहभागी भएँ । त्यहाँ पनि हामीले जितेर फर्कियौँ । त्यो जित युद्धमाथिको जित मात्र थिएन, मृत्युमाथिको जित पनि थियो । मृत्युको सँघारमै पुगेर फर्किएका दिन म झस्कन्थेँ । लाग्थ्यो, ‘कस्सो बाँचियो, अन्यथा आन्दोलनलाई घाटा हुने थियो ।
१४ मंसिर ०५१ त्यतिवेला म स्थायी शिक्षक थिएँ । गाउँकै स्कुल जनसेवा मावि, राङ्सीमा पढाउँथँे । तत्कालीन जनमोर्चामा पनि सक्रिय थिएँ । गाउँमा वेला–वेला राजनीतिसँग सम्बन्धित झगडा भइरहन्थे । ती झगडा लामो समयसम्म राजनीतिक इस्यु बन्थे । त्यस्ता झगडामा म पनि परेको छु । एकपटक गाउँमै कांग्रेसका कार्यकर्तासँग झडप हुँदा मेरो टाउकोमा गम्भीर चोट लागेको थियो । तर, कांग्रेसीहरूले हामीलाई च्यालेन्ज दिन छाडेका थिएनन् । घरनजिकै चप्कामा मेला लाग्थ्यो । त्यो मेलामा जनमोर्चालाई सोत्तर बनाउने कांग्रेसीहरूले च्यालेन्ज गरे । टाउकोमा चोट बोकेरै म त्यो मेलामा पुगेँ । १४ मंसिर ०५१ । म चप्का पुगेँ । मेला चलिरहेको थियो । साथीभाइले पैसेरु नाच्ने भन्नुभयो । बुबाले अगुवा नाच्न थाल्नुभयो । मैले मादल बजाउन थालेँ । नाच चलिरहेको थियो । हामी रमाइरहेका थियौँ । एक्कासि प्रहरी आएर मलाई घेरा हाल्यो । नाचिरहेको त्यो ठाउँमा त अचानक गोली पो चल्न थाल्यो † त्यो गोली ममाथि प्रहार गरिएको थियो । तर, संयोग † मलाई गोली लागेन । मनबहादुर पुन र लोकबहादुर घर्तीलाई गोली लागेछ । उहाँहरूको मृत्यु भयो । त्यसपछि मेलामा भागाभाग भयो । तर, प्रहरीले गोली चलाउन छाडेको थिएन । एउटा प्रहरीले मतिर बन्दुकको नाल सोझ्याएको देखेँ । तत्कालै जम्प गरेँ । उसलाई नाघेँ । पाखुरामा काँडाले घोचेजस्तो भयो । म त्यहाँबाट भागिसकेको थिएँ । सोझै माडी खोलापारि पुगेँ । प्रहरीले मलाई पिछा गरे पनि नचिनोस् भनेर ज्याकेट चेन्ज गरेँ । त्यतिवेला बल्ल थाहा भयो, पाखुरामा त गोली पो लागेको रहेछ । मैले त्यो प्रहरीलाई जम्प गरेर ननाघेको भए त्यो गोली मेरो पिठ्युँमा लाग्ने रहेछ । म त्यहीँ ढल्ने रहेछु । सरकारले आफ्नै शिक्षकमाथि गोली चलाएको थियो, त्यो वेला । म त्यहाँबाट भागेपछि स्थानीय प्रशासनले मेरो टाउकाको मूल्य तोकेको थियो– ३५ हजार । फागुन ०५३ त्यतिवेला हामीले सशस्त्र संघर्ष सुरु गरिसकेका थियौँ । म पार्टीको जिल्लास्तरीय नेता थिएँ । रोल्पाको कुरेलीमा पार्टी प्रशिक्षण थियो । हामी प्रहरी चौकीनजिकैको एउटा घरमा प्रशिक्षण चलाउँदै थियौँ । मैले प्रशिक्षण दिँदै थिएँ । प्रहरी हामी भएकै घरमा आइपुग्यो । आँगनमा पुगेको प्रहरी भित्र पस्न खोज्दै थियो । आठ/दशजना थिए । उनीहरू घरको ढोकैमा पुगिसकेका थिए । उनीहरूले राइफल बोकेका रहेछन् । त्यतिवेला त्यहाँबाट भाग्न सकिने कुनै चान्स नै थिएन । मैले सोचेको थिएँ, ‘आजै हो मेरो अन्तिम दिन ।’ साथीहरू सबैको अनुहार आत्तिएको देखिन्थ्यो । मुखामुख गरिरहेका थियौँ हामी । सानो आवाज पनि निकालेका थिएनौँ । तर, संयोग नै मान्नुपर्छ, ढोकैमा पुगिसकेको प्रहरी यत्तिकै फर्कियो । उनीहरू फर्किएपछि हामी त्यहाँबाट भाग्यौँ । ती प्रहरी ढोकाबाट भित्र पसेको भए के हुन्थ्यो होला ? उनीहरू सशस्त्र थिए, हामी खाली हात । मलाई लाग्छ, यो म दोस्रोपटक मृत्युको सँघारबाट फर्किएको घटना हो । २१ चैत ०५६ प्रहरीविरुद्ध हाम्रो युद्धले मोर्चाबन्दीको रूप लिइसकेको थियो । रुकुमको तकसेरास्थित इलाका प्रहरी कार्यालयमाथि हमला गरेर हामीले मोर्चाबद्ध युद्धको योजना बनाएका थियौँ । त्यसका लागि हामीले २१ चैत ०५६ को रातलाई छान्यौँ । रातको एक बजे हामीले फायरिङ सुरु गर्‍यौँ । त्यो आक्रमणमा म आफैँले पनि हतियार चलाइरहेको थिएँ । प्रहरीले पनि जवाफी आक्रमण सुरु गरिसकेको थियो । तर, उनीहरू हामीभन्दा कमजोर देखिएका थिए । हामी इलाका प्रहरी कार्यालयनजिक पुगिसकेका थियौँ । त्यति नै वेला प्रहरीले फायर गरेको गोली मेरो आँखानजिकैबाट गयो । आँखामा धुलो परेजस्तो भयो । केही बेरसम्म त आँखै देखिनँ । त्यो गोली दबिएर एक इन्च आँखा भएतिरबाट आएको भए गोलीले मेरो टाउको नै उडाउँथ्यो । थ्री–नट–थ्री राइफलको गोली टाउकोमा लागिहाल्यो भने बाँच्ने सम्भावना कमै हुन्छ । तर, गोली मेरो टाउकोमा लागेन । तेस्रोपटक मेरो मृत्युसँग जम्काभेट भयो । तर, त्यतिवेला त्यो गोलीका कारण मेरा आँखाले क्लियर देख्दैनन् । ०५८ साउन ०५८ दरबार हत्याकाण्डपछिको बुटवल घटनामा पनि म संयोगले बाँचेँ । त्यतिवेला पार्टीले मलाई पर्वत, बागलुङ र म्याग्दीका सदरमुकामको रेक्की गर्न खटाएको थियो । यी तीन सदरमुकाममध्ये एकमा हामीले केही समयपछि आक्रमण गर्ने योजना थियो । स्थानीय साथीहरूले पर्वतको कुश्मा सिफारिस गर्नुभयो । त्यसको सर्भेका लागि म कुश्मा पुगेँ । जिल्ला प्रशासन कार्यालयभित्रै गएर सर्भे सुरु भयो । जिल्ला प्रहरी कार्यालय र सञ्चार टावरको सर्भे गरेँ । सबैको फोटो खिचेँ । मसँग राजेश (धनबहादुर मास्की) थिए । कुश्माका सरकारी कार्यालयमा आक्रमण गर्ने हाम्रो योजना थियो । ती सबै कार्यालयको हामीले सर्भे गर्‍यौँ । सर्भे सकिएपछि रिपोर्ट लिएर बुटवल फर्कियौँ । एउटा होटलमा पस्यौँ । कुश्मा सर्भेमा खिचिएका फोटा धुलाएर हेर्दै थिएँ । राजेश पेन्टी मात्रै लगाएर सुतिरहेको थियो । कोठामा पसेको आधा घन्टाजस्तो भएको थियो । कुश्माबाट फर्कने वेला बुटवल बजारबाट ‘प्रचण्डपथका आधारहरू’ नामक किताब पनि किनेर लगेको थिएँ । त्यति नै वेला कसैले ढोका ढकढक्यायो । मैले तत्कालै ढोका खोलेँ । बाहिर त हतियारधारी प्रहरी पो रहेछन् । एउटाले सोध्यो, ‘कहाँबाट आउनुभएको ?’ ‘दाङबाट आएको । व्यापार गर्छु ।’ ‘कहाँ ?’ उसले फेरि सोध्यो । ‘घोराहीको नयाँ बजारमा ।’ ‘नयाँ बजार, कहाँनेर ?’ प्रहरीले सोध्न छाडेन । ‘पृथ्वी (पृथ्वी रोका)को घर छेउमा ।’ मलाई लाग्यो, ती प्रहरी सूचना पाएर त्यहाँ आएका हुन् । अब मलाई पक्रेर मार्ने भए । तर, सोचेजस्तो भएन । उनीहरूलाई मेरो जवाफले कन्फ्युजनमा पारेजस्तो लाग्यो । फेरि भित्र राजेश फ्वाँफ्वाँ गरेर सुतिरहेको थियो । उनीहरूले मेरो कुममा धाप मारे, र फर्किए । मैले कुश्माको फोटो र किताब लगेर ट्वाइलेटको बाल्टीमा लुकाएँ । उनीहरू फर्किएपछि मैले राजेशलाई उठाएँ । हामी तल गयौँ । होटलवालालाई मैले सोधेँ, ‘किन आएका हुन् यिनीहरू ?’ ‘कसैले सूचना पो दियो कि ?’ होटलवालाको जवाफ थियो । होटलवालाको जवाफ सुनेलगत्तै म कोठामा फर्किएँ । झोला बोकेँ र फेरि तल झरेँ । प्रहरी होटलबाहिर थियो । नजिकैको पत्रिका पसलमा पत्रिका किनेजस्तो गरेँ, र अन्तत: भागेँ । मृत्यु मुखैमा पुगेको यो चौथोपटक थियो । तर, मैले यसपटक पनि मृत्युलाई झुक्याउन सफल भएँ । २४ वैशाख ०६९ २४ चैत ०६९ को राति ११ बजे हामीले रोल्पाको गाम गाविसमा रहेको तत्कालीन शाही नेपाली सेनाको ब्यारेकमाथि आक्रमण गर्ने भयौँ । त्यो ब्यारेक अमेरिकी सेनाको सहयोगमा बनेको थियो । त्यसमाथि आक्रमण गर्नु एउटा ठूलो चुनौती थियो । तर, हामीले त्यो चुनौतीको पर्वाह गरेनौँ, ब्यारेकमाथि पहिलो फायर खोल्यौँ । चकमन्न रात थियो । म सहयोगीसहित ब्यारेकतर्फ अगाडि बढ्दै थिएँ । जुन बाटो म गइरहेको थिएँ, त्यही बाटोमा शाही सेनाका एक जवान बसिरहेका रहेछन् । म अगाडि बढ्दै थिएँ । प्लाटुन कमान्डर धर्मेन्द्र (कालिकोट घर भएका) मभन्दा अलि मास्तिर थिए । उनले मलाई रोके । भने, ‘सर तपाईं रोकिनुस्, म जान्छु अगाडि ।’ मैले मानेँ । उनी मेरो अघि लागे । धर्मेन्द्रले दुई पाइला मात्र के सारेका थिए, उनलाई गोली लाग्यो । उनी ढलिहाले । ऐया भन्न पाएनन् । मलाई रोकेर उनी अघि नगएको भए त्यो गोली मैले खान्थेँ, र ढल्थेँ । धर्मेन्द्र ढलेपछि म पछि हटेँ । केहीपछि हाम्रा साथीहरूले बाटो क्लियर गरे, र बल्ल म अगाडि बढेँ । धर्मेन्द्र मलाई रोकेर अगाडि नगएको भए त्यतिवेला मेरो मृत्यु निश्चितप्राय: थियो । ४ फागुन ०५८ अछाम सदरमुकाम मंगलसेनमाथि आक्रमण योजना बन्यो । ४ फागुन ०५८ राति ११ बजे हामीले फायर खोल्यौँ । हामी सैनिक ब्यारेकनजिकै पुग्यौँ । सेनाले जवाफी फायरिङ गरिरहेको थियो । हामी ब्यारेकतर्फ बढिरहेका थियौँ । सेनाले चलाएका गोली खुट्टाका छेउछाउ बर्सिन्थे । संयोगले एउटै गोली पनि खुट्टामा लागेन । जमिनमा ठोकिएका गोलीले उडाएको धुलोले मेरो खुट्टाभरि हुन्थ्यो । यो घटनामा पनि मेरो मृत्यु हुन सक्थ्यो । गोली बर्सिएकै ठाउँबाट हिँडिरहेको यो घटनालाई पनि मृत्युको मुखबाट फर्किएको घटना मान्छु । ७ चैत ०६१ ७ चैत ०६१ मा हामीले म्याग्दी सदरमुकाममाथि आक्रमण गर्ने योजना बनायौँ । राति १२ बजे लडाइँका लागि फायर खोलेका थियौँ । बिहानसम्मै दोहोरो लडाइँ चल्यो । बिहानपख विजयको झन्डा फहराएर बेनीबाट फर्कियौँ । फर्कंदा हामीमाथि हेलिकोप्टरबाट बम वर्षा भयो । हामी ठाउँ–ठाउँमा प्रतिरोध गर्दै अगाडि बढ्दै थियौँ । हेलिकोप्टरबाट हानिएका दुईवटा गोली मेरो दायाँ खुट्टाको बुढीऔँला छेउबाट गए । त्यसपछि म ढलमुनि छिरेँ, र बाँचे । १७ जेठ ०६९ हामी सशस्त्र युद्धमा हुँदा म पटक–पटक मृत्युको मुखमा पुगेको थिएँ । मृत्युसँगको त्यो जम्काभेट शान्तिप्रक्रियामा आएपछि नदोहोरिएला भन्ने लागेको थियो । तर, मेरो स्वास्थ्यमा समस्या देखिन थाल्यो । सामान्य स्वास्थ्यमा गडबडी होला भन्ने सोचेको थिएँ । १६ जेठ ०६९ मा स्वास्थ्य परीक्षण गराएँ । तर, फेरि भोलिपल्ट गाह्रो भयो । १७ गते फेरि म अस्पताल पुगेँ । जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा रिफर गरियो । त्यहाँ आइसियुमा उपचार भयो । मेरा दुवै मिर्गाैला काम नलाग्ने भइसकेका रहेछन् । डाक्टरहरूले नै तपाईं आधा घन्टाभित्र यहाँ नआइपुगेको भए ढल्नुहुन्थ्यो, ढलेको भए तपाईंलाई उठाउन सकिने थिएन भन्नुभयो । काठमाडौंबाहिर भएको भए त्यतिवेला नै मेरो मृत्यु हुने रहेछ । तर, संयोगले म काठमाडौंमै थिएँ । समयमै अस्पताल पुग्न सकेँ, र मृत्युको मुखबाट फर्किएँ । यस्तो होस् मेरो मृत्यु युद्धमा होमिनु मृत्युलाई पनि चुनौती दिनुसरह हो । म जति लडाइँमा सहभागी भएँ र तिनको नेतृत्व गरेँ, ती सबै मैले मृत्युलाई चुनौती दिएका घटना हुन् । मान्छे जन्मनु र मर्नु स्वाभाविक प्रक्रिया हो । मैले मृत्युबारे त्यस्तो ठोस विचार बनाएको छैन । तर, मृत्युवरण गौरवका साथ गर्नुपर्छ भन्ने मेरो मान्यता छ । सामान्य मृत्यु त जसको पनि हुन्छ । तर, एउटा मानिसले आफ्नो मृत्युलाई पनि गौरवमय बनाउने प्रयास गर्नुपर्छ । जस्तो, हाम्रा साथीहरूले जनयुद्धमा सहादत प्राप्त गर्नुभयो, उहाँहरूको मृत्यु साँच्चिकै गौरवपूर्ण छ । म चाहन्छु, मेरो मृत्युपछि मेरो नकारात्मक टिप्पणी नहोस् । कसैको कुभलो गर्न चाहेको छैन मैले । मेरो मृत्युपछि मेराबारे नकारात्मक कुरा गर्नेहरू नभेटिऊन् भन्ने मेरो चाहना छ । र, मेरो मृत्युमा धेरैको आँसु बगोस् † मलामी धेरै होऊन् । यसका लागि म इमानदार भइरहन चाहन्छु र सधैँ जनताका लािग समर्पित हुनेछु । ’पूर्वमाओवादी सेना कमान्डर तथा एमाओवादीका स्थायी समिति सदस्य नन्दकिशोर पुन ‘पासाङ’को मृत्युसँग जम्काभेट बारम्बार भयो । आफ्नै मृत्युको खबरले सनसनी रूप लिएपछि उनी आफैँ खण्डन गर्दै पनि हिँड्न बाध्य भए । तत्कालीन सरकारी सेना–माओवादी सेनाबीच भएका भिडन्तपछि सरकारले प्रत्येकपल्टजसो पासाङको मृत्यु भएको दाबी गथ्र्यो । माओवादीको सशस्त्र युद्ध सुरु हुनुअघि नै पासाङले गोलीको सामना गर्नुपरेको थियो । युद्धबिराम भएर माओवादी शान्तिप्रक्रियामा आइसकेपछि पनि पासाङले मृत्युको सामना गरे । ती घटनाबारे पासाङले नयाँ पत्रिकाका मनोज घर्तीमगरलाई सुनाए :
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending