Ntc
Khabar Dabali २४ जेष्ठ २०८० बुधबार | 7th June, 2023 Wed

प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण वैशाख दोस्रो हप्तामा भारतमा : सञ्चारमन्त्री

खबरडबली संवाददाता

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण वैशाख दोस्रो हप्तासम्म भइसक्ने बताएकी छन्।

बिहीबार भारतको दिल्लीमा आयोजित एक कार्यक्रमपछि नेपाली राजदूतावासमा प्रवासी नेपालीहरुसँगको भेटवार्ताका क्रममा सञ्चारकर्मीमाझ मन्त्री शर्माले यस्तो बताएकी हुन्।

मन्त्री शर्माले प्रधानमन्त्री दाहालले पहिलो विदेश भ्रमण भारतबाट नै सुरु गर्ने र अप्रिल महिनासम्ममा भ्रमण भइसक्ने जानकारी आफूले भारत सरकारलाई दिएको बताइन्। भारतले प्रधानमन्त्रीको भ्रमणबारे चासो राखेको उनको भनाइ थियो।

उनले भनिन्, ‘उहाँहरुले प्रधानमन्त्रीको भारत भ्रमणलाई लिएर जिज्ञासा राख्नुभएको थियो। हामीले प्रधानमन्त्रीले सम्भवतः भारत भ्रमणबाट नै विदेश भ्रमण हुन्छ भनेका छौँ। सरकारले विस्तार पाएपछि प्रधानमन्त्रीको भारत भ्रमण हुन्छ भनेका छौँ। अप्रिल महिनामा हुन्छ।’

उनले इन्टरनेशनल टेलिकम युनियनको क्षेत्रीय कार्यालय उद्घाटन कार्यक्रमका क्रममा प्राविधिक धेरै विषयवस्तुमा छलफल भएको बताइन्।  उनले भारत सरकारसँगको छलफलमा आफूले सुनौली नाकाबाहेकका अन्य नाकाहरुमा पनि सहज आदानप्रदान हुने गरी सञ्चालनमा ल्याउन आग्रह गरेको बताइन्।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बङ्गलादेशमा दशकौं यताकै लामो गर्मी, विद्युत् कटौतीसँगै विद्यालय बन्द

ढाका । बङ्गलादेशले आधा शताब्दीयताकै सबैभन्दा लामो गर्मीका कारण हजारौँ विद्यालय बन्द गरेको छ । राजधानी ढाकाको तापक्रम ४० डिग्री सेल्सियस ९१०४ डिग्री...

प्रधानमन्त्री मोदीलाई अमेरिकी संसद्मा सम्बोधनको निम्तो

नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी असार ७ गते अमेरिकी संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् ।  प्रधानमन्त्री मोदीले अ...

पहिचानवादीसँग वार्ता गर्न वार्ता टोली गठन

विराटनगर । कोशी प्रदेश नामकरण भएपछि उत्पन्न विवाद समाधान गर्न कोशी प्रदेश सरकारले वार्ता टोली गठन गरेको छ । कोशी प्रदेश नामभएसँगै पहिचानवादीले निरन...

प्रतिनिधिसभाको आकार ठूलो भयो, तत्काल घटाऔँ

काठमाडौं । सांसद खिमलाल देवकोटाले प्रतिनिधिसभाको आकार ठूलो भएकाले त्यसलाई घटाउनुपर्ने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको बजेट...

रेशम चौधरीलाई आममाफी दिएको प्रकरणमा कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालतले टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई आममाफी दिएको प्रकरणमा कारण देखाउ आदेश गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउ...

सुनकोशीमा वेपत्ता भएका दुई जनाको शव भेटियो

काठमाडौं । पाँचदिन अघि सुनकोशी नदिनमा जिपसहित तीन जना प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का कर्मचारी वेपत्ता भएकोमा २ जनाको शव र ...

ए डिभिजन लिग फुटबलः एफसी खुमलटार विजयी

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा एफसी खुमलटार क्लबले सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई पराजित गर्दै विजयी भएको छ ।    सात...

नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण संविधान प्रतिकूल छः सर्वोच्च बार

काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गर्नु संसदीय प्रणाली, शक्ति पृथकीकरणको सिद्धान्त र नेपालको संविधान प्रतिकू...

कर्णाली प्रदेशः नीति कार्यक्रममाथिको छलफल सुरु

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ ।  मुख्यमन्त्री राजकुमार...

महेन्द्र बहुमुखी क्याम्पसमा प्राध्यापन गर्ने एक शिक्षक मृत फेला

जानकी । महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा प्राध्यापन गर्ने एक शिक्षक मृतावस्थामा फेला परेका छन् । अर्थशास्त्र विषयमा आंशिक प्राध्यापन गर्ने रवीन्द...

अरु धेरै
Right path detel page
Vianet Nepal Internet

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Salt Trending Detail Page