नास्त्रेदमसद्वारा ४ सय ५० वर्ष पहिले सन् २०१५ को लागि गरिएका भविष्यवाणी, कुन पूरा भए; कुन हुन बाँकी ?
श्रावण ३१ गते, २०७२ आइतवार 16th August, 2015 Sun१२:१३:३७ मा प्रकाशित
आजको यो लेखमा हामी तपाईंलाईं फ्रान्सका चर्चित भविष्यवक्ता नास्त्रेदमसका ती भविष्यवाणीको बारेमा बताउँदैछौं जुन उनले सन् २०१५ को लागि गरेका थिए । यीमध्ये दुई भविषयवाणी वास्तविक भएको प्रतित भइरहेको छ भने बाँकीका लागि हामीले वर्षको अन्त्यसम्म कुर्नुपर्ने हुन्छ ।
१. खतरनाक एन्टीक्राइस्ट समूहको उदयः
सन् २०१५ मा एन्टिक्राइस्टको जन्म हुनेछ जुन इसाइ र मानवताका घोर विरोधी हुनेछन् । यी समूह पूरै संसारलाई आफ्नो खुट्टामा झुकाउनको लागि तत्पर हुनेछ । एन्टक्रिष्टले चाँडै नै एक वा अनेक देशमा कब्जा गरेर त्यहाँको जमिनलाई रगतले पोतिदिनेछ । यसको क्रुरताले हिटलरलाई पनि पछि पारिदिनेछ । यदि नास्त्रेदमसको भविष्यवाणीमा काम गर्ने विशेषज्ञको विचार मान्ने हो भने यो एन्टीक्रिष्ट धार्मिक कट्टरपन्थीको रुपमा आइएसआइएसको रुपमा जन्म लिइसकेको छ । यो आतंककारी संगठनले कुनै धर्मलाई मान्दैन बरु आफैंलाई खलिफा भएको दाबी गर्दछ । धर्मको नाममा आइएसका सदस्यहरुले अरब जगतमा ध्वंस मच्चाएको छ ।
२. वैज्ञानिकले पत्ता लगाउनेछन् ठूलो रोगको उपचारः
नास्त्रेदमसका अनुसरा सन् २०१५ मा वैज्ञानिकहरुले ठूलो रोगको उपचारमा सफलता पाउनेछन् । उल्लेखनीय छ कि यो वर्ष वैज्ञानिकहश्रले एउटा नयाँ शक्तिशाली एन्टीबायोटिक्स टिक्सोबेक्टिनको खोजी गरेका छन् योभन्दा पहिले अन्तिम एन्टीबायोटिक आजभन्दा २५ वर्ष पहिले बनाइएको थियो ।
३. तेस्रो विश्वयुद्धको तयारी सुरु हुनेः
यो वर्षको अन्त्यसम्म तेस्रो विश्वयुद्धको भूमिका बन्न सुरु हुनेछ । मिडिल इस्ट दुनियाँ लडाईंको मैदान बन्नेछ जहाँ संसारभरीका ताकतले आफ्नो शक्ति प्रदर्शन गर्नेछन् । यहाँ विश्वको कट्टर ताकत अमेरिका र रुस पनि मिलेर एक हुनेछन् र संसारमा शान्ती ल्याउनको लागि आतंकवाद विरुद्ध उत्रनेछन् ।
४. ज्वालामुखी फुट्दा बबाल मच्चिनेः
माउन्ट विसुवियसमा रहेको ज्वालामुखी फुट्नेछ र आफ्नो वरिपरिको सबै ठाउँलाई बर्बाद गरिदिनेछ । यो घटना सन् २०१५ को अन्त्यमा हुनेछ भने सन् २०१६ को सुरुवातमा पनि हुनसक्ने सम्भावना रहेको छ । माउन्ट विसुवियस एउटा निकै खतरनाक ज्वालामुखी हो । ७९ औं इस्वीमा भएको भयानक विष्फोटमा १६ हजार मानिसको मृत्यु भएको थियो । यदि आज त्यति नै तीव्रताको ज्वालामुखी विस्फोटन भएमा मर्नेको संख्या लाखौंमा हुनेछ ।
५. युरोपमा संकट छाउने
युरोप आर्थिक संकटमा घेरिनेछ । फ्रान्स, जर्मनीसहित थुप्रै यूरोपियन राष्ट्रको अर्थव्यवस्था मन्दीको चपेटामा आउनेछ । यद्यपी, आम जनताको समृद्धि बढ्नेछ र ठूला राष्ट्रको समस्या पनि ती राष्ट्रको अनुपातमा बढ्नेछ । बेरोजगारी, मुद्रास्फिती र आर्थिक मन्दीको भयावह यात्रा सुरु हुनेछ ।
६. अमेरिकामा विनाशः
सन् २०१५ अमेरिकाको लागि निकै महत्वपूर्ण हुनेछ । यो वर्ष अमेरिकामा केवल विश्वको उदाउँदो शक्तिहरु जस्तै चीन, रुस र इरानबाट चुनौती पाउनेछ भने यसले प्राकृतिक संकटको पनि सामना गर्नुपर्छ । नास्त्रेदमसका अनुसार अमेरिकाले यो वर्ष भयानक भूकम्पको सामना गर्नुपर्छ । यो भूकम्पका कारण अमेरिकाको एक हिस्सा पूर्ण रुपमा नष्ट हुनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: