काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह गरेको छ ।
मन्त्रालयले सूचना जारी गर्दै अहिले कोरोना भाइरस सङ्क्रमण र रुघाखोकीको लक्षण मिल्दाजुल्दा देखिएकाले सङ्क्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह गरेको हो ।
मन्त्रालयले ज्वरो आउने, खोकी लाग्ने, हाच्छिउँ आउने, नाकबाट सिँगान बग्ने, टाउको दुख्ने, घाँटी दुख्ने वा खसखस हुने, गन्ध थाहा नहुने, थकान महसुस हुनेजस्ता रुघाखोकीका लक्षण देखिए भने कोरोना भाइरसको परीक्षण गराउन आग्रह गरेको छ ।
भारतको उत्तरप्रदेशमा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै नेपालमा पनि कोरोना भाइरसको सङ्क्रमण ह्वात्तै बढेको छ । आज एक हजार चार सय २९ मा कोरोना परीक्षण गर्दा २४ जनामा पुष्टि भएको छ ।
हिजो (चैत १३ गते) एक हजार दुई सय ६६ मा गरिएको परीक्षणमा ६९ जनामा सङ्क्रमण देखिएको थियो । यसअघि चैत १२ गते १६ जना र चैत ९ गते १७ जनामा सङ्क्रमण देखिएको थियो । अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ७८ पुगेको छ ।
मन्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा (बुस्टर डोज) सबैलाई लगाउन निर्देशन दिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १५ गते, २०८० - २१:०६
काठमाडौँ। स्पेक्ट्रलाइट यूके लिमिटेड र आजियाटा यूके लिमिटेडबीच एनसेलको सेयर कारोबारका लागि सम्झौता भएको छ । यो सम्झौता बमोजिम स्पेक्ट्रलाइट यूकेले आजि...
मंसिर १५ गते, २०८० - २०:५९
लान्झोउ। पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम चीनको गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल...
मंसिर १५ गते, २०८० - २०:४३
काठमाडौँ। प्रदेशको नामकरणलाई लिएर उठेको पहिचानको विषयमा कोसी प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुख पर्शुराम खापुङबीच छलफल भएको छ । चालु आर्थिक वर्ष...
मंसिर १५ गते, २०८० - २०:२०
काठमाडौँ। ८ लाख भारतीय रूपैयाँसहित २ भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा ३५ वर्षीय धर्मेद्र नागर र ४२ वर्षीय पंकज गुप्ता रहेको प्रहरीले जना...
मंसिर १५ गते, २०८० - १९:५३
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र क्युवाका राष्ट्रपति मिगेल डायाज–कनेलबिच भेटवार्ता भएको छ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष...
मंसिर १५ गते, २०८० - १९:१९
काठमाडौँ। उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न २० जनामध्ये ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेश सदर...
मंसिर १५ गते, २०८० - १९:१६
काठमाडौँ। राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट व्यवस्थाको अन्त्य आवश्यक भएको बताएका छन् । राप्रपा नेपाल काठमाडौँ...
मंसिर १५ गते, २०८० - १८:२०
काठमाडौँ। नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई सात दिने स्पष्टीकरण सोधेको छ। प्राधिकरणले निगमकै सुरक...
मंसिर १५ गते, २०८० - १८:०४
काठमाडौँ। नेपालले आईसीसी विश्वकप लिग २ को पहिलो त्रिकोणात्मक एकदिवशीय शृंखला घरेलु मैदानमै खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार नेप...
मंसिर १५ गते, २०८० - १७:५१
काठमाडौँ। रोजगारीको प्रलोभन देखाएर भारत लगी बेचबिखन गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्। बाँके बैजनाथ गाउँपालिका वडा-८ की ३९ वर्षीया मुना ठकुरी ...
प्रतिकृया लेख्नुहोस्: