Ntc summer Offer
Khabar Dabali २९ बैशाख २०८१ शनिबार | 11th May, 2024 Sat
NIMB

चर्चाको भुङ्ग्रोमा ज्योति मगरको जवानी

\"shivashakti_article\"‘कि रेखाको चल्छ कि देखाको चल्छ,’ यहि वाक्यलाई गुरुमन्त्र बनाएर अगाडि बढिरहेकी ज्योति मगर यतिखेर फेरि एकपटक चरम विवादमा तानिएकी छिन् । चलचित्र क्षेत्रमा चल्नका लागि कसले बढि आफूलाई नङ्ग्याउन सक्छ भन्ने होड त पुरानै हो, चल्नका लागि देखाउनै पर्छ भन्ने भाइरसले यतिखेर लोकसंगीत क्षेत्रमा समेत आक्रमण गरेको छ । उसो त नेपाली समाजले सहजै पचाउन नसक्ने उत्तेजक हर्कत गरेर ज्योति मगर विवादमा तानिएकी यो पहिलो पटक भने होइन । विशेषतः स्टेज कार्यक्रमहरुमा आफूलाई अस्वभाविक रुपमा प्रस्तुत गर्दा दर्शकले उनलाई स्टेजबाटै थुत्नेसम्मका घटना यसअघि नै सार्वजनिक भइसकेका छन् । विवादलाई नै चर्चाको मसला बनाउन पल्किएकी उनी आफ्नो गला र कलाले मात्रै दर्शक/श्रोताको मन जित्न सक्ने निष्कर्षमा पुगेर लोकसंगीतको नाम भजाउँदै आफूलाई नङ्ग्याएर ग्ल्यामरस बन्न खोज्दै छिन् भन्दा अति नहोला । सवाल ज्योति मगर व्यक्तिको होइन ज्योति मगर प्रवृत्तिको हो । उनी जे जस्तो हर्कतको पराकाष्ठ नाघ्दै अगाडि बढिरहेकी छिन्, यसले समग्र लोकसंगीत क्षेत्रलाई अर्को एकपटक लज्जित बनाएको छ । उनको व्यक्तिगत हिसाबमा उनी के–के देखाउँदै हिँड्छिन्, त्यो चासोको विषय होइन तर नेपाली लोकगीतसंगीतको छदम भेषमा जब उनका हर्कतले सिमा नाघ्न थाले, यो भने आम मौलिकता प्रेमी मनहरुलाई कदापि सह्यको विषय हुन सक्दैन । यदि उनलाई आफ्नो प्रतिभामा विश्वास छैन, आफ्नो कला गला बेचेर दर्शक श्रोताको मन जित्न सकिंदैन भन्ने लाग्छ, उत्तेजक जवानीका दृष्य बेचेर व्यापार गर्न लागेकी हुन् भने अरु थुप्रै चलेका व्यापार गर्न सकिन्छ । लोकगीत कै नाम भजाउनु पर्छ जस्तो लाग्दैन । अर्को कुरा एकलौटी रुपमा ज्योति मगरलाई मात्र दोष दिनु पनि त्यति न्याय संगत नहुन सक्छ, किन ज्योति मगरहरुका हर्कतले प्रसय पाइरहेको छ ? किन हाम्रो समाजले ज्योति मगरहरु जन्माईरहेको छ ? यसको पनि सुक्ष्म खोजी हुन जरुरी छ । उनले अभिनय गरेको पछिल्लो तिज गीतको सन्दर्भलाई यहाँ जोड्ने हो भने त्यसमा ज्योति मगरलाई प्रयोग गरेर अर्कै प्रवृत्तिले खेल्न खोजेको बुझिन्छ । ज्योति मगर नाङ्गिएकी छिन्,  विरोध उनको भयो, तर ज्योति मगरलाई नङ्ग्याएर चर्चा बटुल्न उदृत अरु पात्र र प्रवृत्तिको उस्तो विरोध भइरहेको छैन । यो गीतमा ज्योति मगरको देखिने हर्कत जति छ, उनलाई प्रयोग गरेर चर्चा बटुल्ने मानसिकता बोकेकाहरुको नदेखिने हर्कत अझै बढि छ । अब त मानसिकता यसरी अगाडि बढ्दैछ, विशेषतः चर्चा र युट्युव भियोर्सका लागि ज्योति मगरलाई प्रयोग गर्नुपर्छ यदि उनलाई प्रयोग गर्न सकियो भने हिट भइन्छ भन्ने सोचाईले धेरैलाई गाँजेको छ । ज्योतिको जवानी कसैको चर्चाको भ¥याङ मात्रै बनिरहेको छ । \"jyoti-magar1-750\"यस पटकको तिजगीत ‘ढाडे बिरालो’ जुन प्रकाश कटुवाल र श्रीदेवी देवकोटाले गएका छन्, उनीहरुको विगतलाई पनि केलाउन जरुरी छ । गत वर्ष उनीहरुको तिज गीत ‘पिठ्युँ कनाइदेउ’ बजारमा आयो र त्यसको पनि सर्वत्र विरोध भयो । सो गीत धेरै मिडियामा प्रतिबन्ध भयो तै पनि उनीहरुले अर्को हर्कत गरे ‘चोर बिरालो’ नामक गीत बजारमा आयो विरोधाभाषपूर्ण शब्दहरु प्रयोग गरेर लोकसंगीत क्षेत्रलाई प्रकाश कटुवालहरुका आक्रमण जारी रह्यो, फेरी उस्तै हर्कतको श्रृंखला दोहोरियो ‘सिरानी टाङ मुनी’ जुन गीतले पनि ठाडै नेपाली मौलिकतालाई प्रहार  गरेको छ । यस्ता हर्कतहरुका विरोधका वावजुदपनि फेरी अर्को हर्कतको पराकाष्ठ मञ्चन गरिएको छ, यस वर्षको तिजगीत ‘ढाडे बिरालो’ मार्फत । भन्ने गरिन्छ, लोकगीत लोकसंगीत भनेको समाजको ऐना हो, यसमा मौलिकताको वासना चल्नुपर्छ । हाम्रो मौलिक सम्पत्तिलाई पुस्ता हस्तान्तरण गर्दै लैजानुपर्छ । अब सवाल यहाँनिर छ यस्ता प्रवृत्तिलाई हामीले पुस्ता हस्तान्तरण गर्दै लाँदा भावी पुस्ताले के सिक्ला अनि हाम्रो लोकगीत संगीत कस्तो होला यक्ष प्रश्न रहन्छ  । उसै त पश्चिमी संस्कृतिको हमला एकातिर छँदैछ अर्कोतिर लोकगीत संगीतकै छदम भेषीहरुको बारम्बारको आक्रमणबाट यो क्षेत्र थङ्थिलो भएको छ । हुनत मौलिकता संरक्षण र लोकगीत संगीतको विकासका लागि भनेर धेरै संघ संस्था क्रियाशील छन् तर उनीहरुलाई यस्ता गीतको संस्थागत विरोध गर्न सरकारले अधिकार दिएको छैन रे । सदैव सेन्सर बोर्ड भनेर अलाप गर्दा गर्दै उनीहरुको घोक्रो सुकिसकेछ, न त सरकारले सेन्सर बोर्ड दिएको छ, न उनीहरु कराउन छोडेका छन्, न त यस्ता उत्तेजक गीत निकाल्ने तत्वहरुले नै आफ्ना हर्कत कम गरेका छन् । लोकसंगीत क्षेत्रको श्री वृद्धिका लागि लागेका भनिएका संघ संस्थाले मात्रै हामी यस्ता गीतको विरोध गर्छौं भनेर संस्थागत निर्णय मात्रै गरदिने हो भने पनि कम्तीमा एउटा सन्देश जान्थ्यो, अनि कतिपय संचार माध्यममा समेत यस्ता घिन लाग्दो प्रवृत्ति देखियो, हाँस्यव्यङ्ग्य भाकाको नाममा यस्ता गीत प्रशारण भए, यिनै कुराको आडमा फेरी हर्कत गर्नेले, अर्को हर्कत दोहो¥याई रह्यो । यसका विरुद्ध कराउनेहरुको घोक्रो सुक्यो, लेख्नेहरुको मसी सुक्यो, यस्ता प्रवृत्ति रोकिएन, बरु बढ्दै गयो । यहि परिवेशमा केही दर्शक श्रोताहरुको खबरदारी भने महत्वपूर्ण रह्यो । विरोधका स्वरहरुले उग्रता लिइरहेको छ । थाहा छैन यो चौतर्फी विरोधका बिच यी हर्कत गर्नेहरु के सोचिरहेका छन् ? अब यसबाट पछि हट्छन् या अझै यसलाई पनि चर्चाको मसला बनाएर अर्को पराकाष्ठको मञ्चन गर्छन्, त्यो समयले नै देखाउँदै जाला । विशेषत चिन्ताको विषय चर्चाको लागि ज्योतिको जवानी प्रयोग हुनु दुःखको कुरा हो । उनले पनि अब सोच्नुपर्छ, जसरी उनले चर्चाको भुङ्ग्रोमा आफ्नो जवानीलाई झोसेकी छिन्, कुनै दिन त्यसैले उनलाई डढाएर खरानी बनाउन सक्छ । अनि प्रकाश कटुवाल र श्रीदेवी देवकोटाहरुलाई पनि अनुरोध छ, चर्चा बटुल्न जुन मञ्चन तपाईंहरुले गरिरहनु भएको छ, अब अति भै सक्यो । तपाईंहरुको यो कदम तपाईंहरुकै लागि प्रति उत्पादक हुनसक्छ । नेपाली मौलिकतामा व्यापार नगर्नुस् । सुनेको छु प्रकाशजी र तपाईं राम्रो व्यापारी पनि हो रे बरु के गर्दा चर्चा कमाउन सकिन्छ भनेर खर्च भइरहेको दिमाग उता व्यापारमा लगाउनुस् कमाई राम्रो हुन्छ ।  बरु त्यो कमाईबाट मौलिक गीतसंगित निकाल्नुस् । त्यसैमा तपाईंको कल्याण हुन्छ । अझै केही बिग्रिएको छैन, रत्नाकार डाँकु पनि वाल्मीकी बनेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies