काठमाडौं । २०२४ को पेरिस ओलम्पिक महिला फुटबल एसिया छनोट अन्तर्गत दशरथ रङ्गशालामा भएको पहिलो खेलमा भियतनामले नेपाललाई ५-१ ले पराजित गरेको छ।
नेपाल विरुद्ध दबाब बनाएर सुरुवातबाटै आक्रमक बनेको भियतनामले पहिलो हाफमा ३ गोल गर्दा दोस्रो हाफमा २ गोल थपेको थियो। नेपालका लागि सावित्रा भण्डारीले १ गोल फर्काएकी थिइन।
११ औँ मिनेटमा फाम हाइ एनले हेडमार्फत गोल गर्दै भियतनामका लागि सुरुवाती अग्रता दिलाएकी थिइन्।
नेपाल विरुद्ध ३५ औँ मिनेटमा भियतनामले अग्रता दोब्बर बनायो। कप्तान ह्यु न्हूले पेनाल्टीमार्फत अग्रता दोब्बर बनाएकी थिइन्।
हिराकुमारी भुजेलले भियतनामका खेलाडीले गरेको प्रहार हातमा लागेपछि भियतनामले पेनाल्टी पाएको थियो।
नेपालले ३८ औँ मिनेटमा तेस्रो गोल खान पुगेको थियो। एनगुएन थि विचको प्रहार अमृता जैशीमा डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो।
दोस्रो हाफमापनि नेपाल दबाबमा रह्यो। भियतनामले ४८ औ मिनेटमा चौंथो गोल गर्न सफल भयो। उसका लागि थी लोनको क्रसमा कप्तान न्ह्युलेनै गोल गरेकी थिइन। ७९ औँ मिनेटमा सावित्रा भण्डारीले नेपालका लागि १ गोल फर्काएकी थिइन। सरु लिम्बुको पासमा सावित्राले उत्कृष्ट फिनिसिङ गर्दै गोल गरेपनि खेलको इन्जुरी समयमा भियतनामले पाँचौ गोल थप्यो।
उसका लागि एनगुएन थिले गोल गरेकी थिइन्। त्यसअघि नवौं मिनेटमा नेपालका लागि अमिषा कार्कीले राम्रो मौका गुमाइन्।
उनले भियतनामका डिफेन्डरको समन्वय अभावमा पाएको अवसरमा गरेको चिप क्रसबारभन्दा केहीमाथिबाट बाहिरिएको थियो। त्यसपछि पनि नेपाल खेल अवधिभर पाएका केहि राम्रा मौका चुकाएको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: