Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

बन्दमा बालबालिकाको प्रयोग कानुन विपरीत

\"humanकाठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले सङ्घीय प्रदेशको सीमाङ्कनको विषयलाई लिएर जुम्लालगायत विभिन्न जिल्लामा भएको बन्द, हडतालमा बालबालिकाको प्रयोग गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगका कामु सचिव वेदप्रसाद भट्टराईले आइतबार एक विज्ञप्ति जारी गरी शनिबार कर्णाली स्वायत्त प्रदेशको माग राख्दै जुम्लामा कलिला बालबालिकालाई अर्धनग्न अवस्थामा सडकमा उतारेर बन्द, हडतालमा सहभागी बनाउनु बालअधिकार र कानुन विपरीत कार्य भएको जनाएको हो । धर्ना, विरोध प्रदर्शन, सभालगायतमा बालबालिकाको प्रयोग गर्न नपाइने भनिए पनि बालबालिकाको प्रयोग पछिल्लो समय बढ्दै गएको पाइएको छ र अर्धनग्न अवस्थामा शरीरभरि विभिन्न नारा लेखेर बालबालिकालाई सडकमा उतार्ने कार्य बालअधिकार विपरीत भएकाले त्यस्तो कार्य नगराउन बन्दकर्तालाई आयोगले आग्रह गरेको छ । आफ्नो राजनीतिक स्वार्थ पूरा गर्ने उद्देश्यका साथ अवोध बालबालिकाको प्रयोग हुनु अत्यन्त दुःखद् भएको र बालबालिकाको प्रयोग यस ढङ्गबाट नगर्न तथा विद्यालय सुचारु गर्ने वातावरण निर्माण गर्न आयोगले सम्बन्धित सबैलाई आग्रह गरेको छ । आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, \'बालबालिका शान्ति क्षेत्र हुन भन्ने विषयलाई दृष्टिगत नगरी बालबालिकालाई जथाभावी प्रयोग गर्नु निन्दनीय कार्य हो, जुनसुकै बहानामा जो कोहीले गर्ने बन्द, हडताल जस्ता कार्यक्रममा बालबालिकाको प्रयोग गर्नेमाथि आवश्यक कारबाही गर्न आयोग सरकारको ध्यानाकर्षण गराउँदछ ।\'रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending