जिल्ला कृषि विकास कार्यालय तथा विभिन्न दातृ निकायको सहयोगमा सञ्चालित परियोजनामार्फत जिल्लामा ४२ वटा साना सिँचाइ आयोजना निर्माण भएको जिल्ला कृषि विकास कार्यालय प्यूठानले जनाएको छ । स्थानीय कृषकको मागमा आधारित सिँचाइ आयोजनामा रु एक लाख ५० हजारसम्मको आर्थिक अनुदान तथा केही प्राविधिक सहयोगमा पनि सिँचाइ आयोजना निर्माण गरिएको कार्यालयका योजना अधिकृत उमेश श्रेष्ठले बताए । जिल्लामा एक वर्षको अवधिमा कार्यालयले मात्रै साना सिँचाइ आयोजनामा रु ३१ लाख ५० हजार कृषक समूहलाई अनुदान दिएको छ । कृषक समूहले गाउँघरमा सिँचाइ कुलोको अभावमा तरकारीखेती तथा व्यावसायिक कृषि उत्पादन गर्न नपाएको साना सिँचाइ आयोजना निर्माण भए पछि राहत महसुस गरेको धर्मावतीका कृषक पवित्रा जिसीले बताए । गाउँमा व्यावसायिक तरकारीखेती गर्नका लागि पानीका स्रोत भए पनि खेतबारीसम्ममा पानी लैजान समस्या भएका साना सिँचाइ आयोजनाले महत्वपूर्ण भूमिका निर्वाह गरेको कृषकले बताएका छन् । कृषि कार्यालयको अनुदानबाहेक कृषकले आफ्नो १५ प्रतिशतसम्म लगानी गर्ने गरी सिँचाइ आयोजना निर्माण गर्ने गरेका छन् ।
जिल्लामा पछिल्लो एक वर्षमा सबैभन्दा धेरै मरन्ठाना, बाँदिकोट र धर्मावतीमा सिँचाइ आयोजना निर्माण भएका छन् । त्यस्तै कार्यालयले बिजुवार, बिजुलीलगायतका क्षेत्रमा पनि सिँचाइ अयोजना निर्माण गरेको वरिष्ठ कृषि विकास अधिकृत शिवनारायण चौधरीले बताए ।
त्यस्तै कार्यालयले जिल्लामा पछिल्लो एक वर्षमा सिँचाइ सुविधा विस्तारका लागि १५ वटा प्लास्टिक पोखरी निर्माण गरेको छ । प्रत्येक पोखरीमा रु ३० हजारका दरले आर्थिक अनुदान दिई बिजुवार, रम्दी, दाखाक्वाडी, तुषारा, ओखरकोटलगायतका क्षेत्रमा प्लास्टिक पोखरी निर्माण गरिएको अधिकृत चौधरीले बताए ।
कार्यालयले केन्द्रीय कार्यक्रमबाट प्राप्त भएको खाद्य तथा पोषण सुरक्षा कार्यक्रममार्फत पनि १४ वटा सिँचाइ आयोजना निर्माण गरेको छ । यी आयोजना निर्माणका लागि रु १३ लाख ५० हजारको अनुदान दिइएको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: