Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

रविले गृहमन्त्री हुँदा ऐन विपरीत दिएको ठेक्का सम्झौताबारे छानबिन गर्न समिति

खबरडबली संवाददाता

काठमाडौँ।  राष्ट्रिय परिचय पत्रमा नागरिकको विवरण प्रमाणीकरण एवम् अन्तर प्रणाली आवद्धता सम्बन्धी कार्यविधिमाथि छानबिन गर्न सरकारले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । 

रवि लामिछानेले गृहमन्त्री हुँदा ऐन विपरीत दिएको ठेक्का सम्झौताबारे छानबिन गर्न प्रधानमन्त्री कार्यालयका सचिव अर्जुनप्रसाद पोख्रेलको नेतृत्वमा तीन सदस्यीय समिति गठन भएको हो । 

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सामाजिक विकास तथा प्रादेशिक समन्वय महाशाखामा कार्यरत सचिव पोख्रेलको संयोजकत्वमा गृह मन्त्रालय र कानून मन्त्रालयका सहसचिव सदस्य छन् । 

गृह मन्त्रालयका अनुसार कानून मन्त्रालयकी सहसचिव ईन्दिरा दाहाल र गृह मन्त्रालयका सहसचिव जितेन्द्र बस्नेत सदस्य रहेका हुन्।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले लामिछानेले ऐनविपरीत दिएको ठेक्का सम्झौता खारेजीसहित छानबिन गर्ने निर्णय गरेको थियो । 

लामिछाने गृहमन्त्री हुँदा नागरिकको विवरण प्रमाणीकरण एवम् अन्तरप्रणाली आवद्धतासम्बन्धी कार्यविधि, २०७९ स्वीकृत गरेका थिए । 

सार्वजनिक खरिद ऐनअनुसार अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्दा कम्तीमा ४५ दिनको र राष्ट्रिय बोलपत्र आह्वान गर्दा ३० दिनको म्याद दिनुपर्ने व्यवस्था रहेको थियो । 

तर लामिछानेले ७ दिनमै दिन मिल्ने कार्यविधि स्वीकृत गरेर राष्ट्रिय परिचयपत्र सम्बन्धी विवरण रुजु गर्न विदेशी कम्पनीलाई ठेक्का दिएका थिए । 

कार्यविधि ऐनसँग बाझिएको र  कार्यविधि ऐन विपरीत हुँदा पनि लामिछानेले कार्यविधि अनुसार ठेक्का दिएको खुलेको थियो ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: