Khabar Dabali २ असार २०८३ मंगलवार | 16th June, 2026 Tue
Investment bank

बन्दकाे प्रभाव कहाँ कस्ताे पर्दैछ ?

\"KTM_BANDA\"काठमाडौँ । प्रदेशको सीमाङ्कनलाई लिएर असन्तुष्ट नेकपा–माओवादी, जनजाति र मधेस केन्द्रित दलहरुले आह्वान गरेको बन्दका कारण आज दोस्रो दिन पनि काठमाडौँको जनजीवन प्रभावित भएको छ । बन्दकर्ताले कालीमाटीमा भारतीय बीआर ०६ सी ३९८० नम्बरको बुलेरो गाडी तोडफोड गरेका छन् । प्रहरीवृत्त कालीमाटीले जनाएअनुसार मोटरसाइकलमा आएका दुई जना अपरिचित व्यक्तिले सो गाडी तोडफोड गरेका हुन् गाडी तोडफोड गर्ने व्यक्तिको अहिले खोजी भइरहेको छ । बन्दकर्ताले आइतबार र आज दुई दिने बन्द आह्वान गरेका कारण आज पनि बिहानमा सञ्चालन हुने गरेका शैक्षिक संस्थाको पठनपाठन ठप्प भएको छ । बन्दले दैनिक काम गरी खानेका लागि पनि समस्यामा पारेको छ । काठमाडौँ उपत्यकामा बन्दका कारण जनजीवनमा सामान्य प्रभाव परेको छ । बन्दले कुनै अप्रिय घटना नभए पनि सडकमा सार्वजनिक सवारीसाधन नचल्दा कामकाजी सर्वसाधारण मर्कामा परेका छन् । अघिल्लो दिनको तुलनामा आज उपत्यकाका भित्री सडक चोकका पसल खुलेका छन् । पातलो सङ्ख्यामा केही भाडाका सवारीसाधन ९टेम्पो, माइक्रोबस० बिहानैदेखि चलिरहेका छन् । आइतबार बन्दकर्ताले बिहानैदेखि तोडफोडको प्रयास गरेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । आज भने बन्दकर्ताको चहलपहल सडकमा देखिदैन । चाबहिलदेखि सिंहदरबारसम्मको सडक अवलोकन गर्दा बन्दकर्ताको उपस्थिति देखिएन । मुख्य सडक र चोकमा प्रहरीले सुरक्षार्थ खटिएका छन् । चाबहिलबाट मोटरसाइकलमा अनामनगर आउनुभएका रमेश धमला र कोटेश्वरबाट सिंहदरबार आउनुभएका मानबहादुर थापाले पनि सडक सामान्य अवस्थामा कुनै अवरोध नभएको तर सवारीसाधनको सङ्ख्या भने पातलो रहेको बताए । उपत्यकाका तीनवटै जिल्लामा अहिलेसम्म कुनै अप्रिय घटना नघटेको र जनजीवन सामान्य रहेको महानगरीय प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक नारायणसिंह खड्काले राससलाई जानकारी दिए । उनले अहिले सडकमा बन्दकर्ता फाट्टफुट्ट निस्किए पनि कुनै अराजक किसिमका गतिविधि नभएको उल्लेख गरे । पुर्व पनि अस्तव्यस्त सीमाङ्कनको विरोधमा ३३ दलीय मोर्चाले गरेको बन्दका कारण तेस्रो दिन पनि आज पूर्वाञ्चल क्षेत्रको जनजीवन अस्तव्यस्त बनेको छ । पूर्व–पश्चिमराजमार्ग, कोसी राजमार्गलगायत सहायक मार्गमा सार्वजनिक यातायातका साधन ठप्प भएपछि सयौँ यात्रु अलपत्र अवस्थामा छन् । पूर्वको नौ जिल्लामा स्वायत्त लिम्बूवान राज्य हुनुपर्ने माग राखी लिम्बूवानवादी पार्टीले गरेका बन्दले मेची अञ्चल पनि बिहानैदेखि पूर्णरुपले प्रभावित भएको छ । विराटनगर बजारमा छिटफुट रुपमा मोटरसाइकल गुडिरहेका छन् भने अन्य सवारीसाधनमा अतिआवश्यक सेवा बाहेकका गाडी बन्द छन् । लगातार दुई दिनदेखि शिक्षणसंस्था, बजार र कलकारखानासमेत ठप्प अवस्थामा छन् । यसैबीच, जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार बिहान ९ः३० बजेसम्म कुनै प्रकारका अप्रिय घटना भएको छैन् । बन्दको प्रभाव कम हुँदै बनेपा पनि प्रभावित नेपाल बन्दको दोस्रो दिन काभ्रेपलाञ्चोकको जनजीवन आज पनि प्रभावित बनेको छ । जिल्लाको बनेपा, धुलिखेल, पाँचखाल, भकुण्डे, पनौतीलगायतका क्षेत्रमा बन्दको आंशिक प्रभावले पहिलो दिनको बन्दमा भन्दा मोटरसाइकल र केही सवारीसाधन सञ्चालन भए पनि लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालन नभएको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए । बन्दका कारण निजी बैंक तथा वित्तीय संस्था र शैक्षिक संस्था पनि प्रभावित भएका छन् । साउने सोमबार भएका कारण धार्मिक कार्यका लागि पनि आवतजावत बढेको छ त्यसैले अलि खुकुलो भएको हुनसक्छ प्रनाउ केसीले जानकारी गराए । यसैबीच काभ्रेपलाञ्चोकको महादेवस्थान गाविस–९ स्थित कोदारी भिरमा पहिरो जाँदा जिरोकिलोदेखि मेलम्ची सडकखण्डको भित्री सडक अवरुद्ध भएको छ । रातिदेखि परेको अविरल वर्षाका कारण खसेको पहिरोले बाटो पूर्णरुपले अवरुद्ध हँुदा कुनै सवारीसाधन सञ्चालन नभएको प्रहरीले जनाएको छ । संविधानको मस्यौदाप्रति विरोध जनाउँदै नेकपा–माओवादीसहित केहि मधेसवादी दल र जनजाति केन्द्रित पार्टीले संयुक्तरुपमा बन्दको आव्हान गरेको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending