काठमाडौँ। बारा–२ मा आइतबार हुने उपनिर्वाचनका लागि सीके राउत नेतृत्वको जनमत पार्टीले मौन अवधिमा आफ्नो पार्टीको मात्रै चुनाव चिन्ह राखेर फर्जी मतपत्र बाँडेको भन्दै जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपा एमालले आपत्ति जनाएको छ ।
जनमत पार्टीले कानुनको ठाडो उलघंन गर्दै निर्वाचन आयोगले उम्मेदवारहरूलाई दिएको नमुना मतपत्रको ठाउँमा नक्कली मतपत्र खडा गरेर त्यसमा आफ्नो उम्मेदवार शिवचन्द्र कुशवाहाको तस्बिर समेत राखेर मतदातालाई भ्रमित पार्ने काम गरेको जसपा र एमालेको भनाई छ ।
नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले मतदातालाई भ्रमित पार्ने उद्देश्यले जनमत पार्टीले आफ्नो मात्रै चुनाव चिन्ह्र राखेर नमुना मत बाँडेको भन्दै आपत्ति जनाए । ‘नमुना मतपत्रमा सूर्य र छाता चुनाव चिन्ह छैन्, मुख्य पार्टीको चुनाव चिन्है नराखेर नक्कली मतपत्र बाँड्न पाइन्छ रु’ एमाले उम्मेदवार पौडेलले भने ‘निर्वाचन कार्यालयले यसमाथि तत्काल छानबिन गरेर कारबाही गर्नुपर्छ ।’
यता जनता समाजवादी पार्टी जसपाका मधेस प्रदेश अध्यक्ष रामबाबु प्रसाद यादवले पनि जनमत पार्टीले तल्लो स्तरमा झरेर चुनाव प्रचारप्रसारमा लागेको आरोप लगाएका छन् ।
‘जनमत पार्टीले आफ्नो मात्रै चुनाव चिन्ह र उम्मेदवारको फोटो हालेर गाउँ गाउँमा लाखौँ लाख मतपत्र बाँडेको छ, यस्तो फर्जी काम गर्ने उम्मेदवारको तत्काल उम्मेदवारी खारेज हुनुपर्छ’ जसपा मधेस प्रदेश अध्यक्ष यादवले भने ‘उहाँले निर्वाचन आयोगलाई नै च्यालेन्ज दिने काम गर्नुभएको छ।’
बारा २ मा आइतवार हुने उपनिर्वाचनका लागि २४ जना स्वतन्त्र सहित ३४ जनाले उम्मेदवारी दिएका छन् । जसमध्ये आधा दर्जन उम्मेदवार मात्रै चुनावी प्रतिस्पर्धामा छन् भने बाँकी आफ्नो पार्टीको मुख्य उम्मेदवारलाई जिताउन खडा भएका ‘डमी उम्मेदवार’ रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
जनमत पार्टीले निर्वाचन आयोगले दिएको मतपत्र विपरीत आफूखुसी बनाएको फर्जी मतपत्रमा जसपा, एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह छैन ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय बाराले गत साता नै उम्मेदवारहरूलाई मोबाइल, हेलमेट, ढल्केको छाता, कप प्लेट, घण्टाघर, पिँध भएको सादा ढकिया, मौरी, मुढा, पुतली, ज्याकबल, क्यामेरा, खरायो, टेलिभिजन, कैँची, सूर्य, कुखुराको भाले, चापाकल, खाम मालद, नरिवल, हाते आरा,टायर , माछा, ग्याँसचुलो हलो,महिला, ट्रक, हर्न, ,घण्टी, लाउड स्पिकर लगायत चुनाव चिन्ह प्रदान गरिसकेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: