Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

कहिले बनाउँला गठबन्धनले कोशी प्रदेशमा सरकार?

खबरडबली संवाददाता

काठमाडौँ। नेकपा एमालेका तीन प्रदेशका सरकार ढलिसकेका छन्। सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशमा एमाले सरकार ढलेका छन्। अब एमालेको सरकार कोशी प्रदेशमा मात्र बाँकी छ। 

कोशीमा भने गठबन्धन दलले कहिले आफ्नो नेतृत्वको सरकार गठन गर्छन् भन्ने अझै तय हुन सकेको छैन ।कार्की नेतृत्वको प्रदेश सरकारलाई संघीय सरकारका सत्तासाझेदार माओवादी केन्द्र र जसपाको समर्थन छ । समर्थन फिर्ता लिने विषयमा केन्द्र र प्रदेशमा नेताहरू छलफलमा जुटेका छन्।

माओवादी र जसपा तत्काल सरकार ढाल्ने पक्षमा छैनन्। कोशीमा कसको सरकार बन्ने भन्नेमा विवाद छ। यहाँ कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले सरकारको नेतृत्व गर्ने दाबी गर्दै आएका छन्। 

नेपाली कांग्रेस सांसद केदार कार्कीका अनुसार अहिले काठमाडौं केन्द्रीय नेतृत्वसँग छलफल भइरहेको छ । कोसी प्रदेशमा सत्ता गठबन्धनको सरकार बनाउन पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवार र प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँगसमेत छलफल भएको बताउँदै उनले भने, “कसरी अघि बढ्ने र कसले सरकारले नेतृत्व लिने अनि माओवादी केन्द्र र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा समेत छलफल भएको छ ।”

कार्कीका अनुसार मंगलबार पनि संघीय राजधानी काठमाडौंमा कोसी प्रदेशमा गठबन्धनका संसदीय दलका नेताले छलफल गरेका छन्। अन्य प्रदेशमा एमालेलाई दिएको समर्थन फिर्ता भएसँगै गठबन्धन सरकार गठनको प्रक्रियामा गइसक्दा कोसीमा भएको ढिलाइ र यहाँको राजनीतिक परिस्थितिअनुरूप सरकार गठन गर्ने विषयमा छलफल गर्न नेताहरू केन्द्रमा नै छन् ।

कांग्रेस कोसी प्रदेश संसदीय दलका नेता उद्धव थापा, माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्वो, एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईलगायत नेताहरू छलफलका लागि काठमाडौंमै छन् । 

नेता राजेन्द्र राईले कोसीमा संसदीय अंकगणित र सरकार गठनको प्रक्रियाको विषयमा गहन छलफल भएको बताएका छन् । “गठबन्धनको सरकार यथासक्य चाँडै बनाउने विषयमा केन्द्रीयस्तरमा छलफल गर्न नै हामी काठमाडौंमा छौँ,” राईले भने । 

यसअघि माओवादी केन्द्र कोसी संसदीय दलका नेता इन्द्र आङ्बोले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन तत्कालै फिर्ता नलिने अभिव्यक्ति दिएका थिए । यसबाट असन्तुष्ट बनेका अन्य दलका नेताले भने गठबन्धनको मर्मअनुरूप नै कोसीमा पनि नयाँ सरकार गठन हुनुपर्ने अभिव्यक्ति दिइरहेका छन् । 

यस्तो छ अंकगणित 
कोसी प्रदेश सभा ९३ सदस्यीय छ । सरकार गठन गर्न ४७ सांसदको मत चाहिन्छ । सबैभन्दा ठूले दल एमालेका ४० जना सांसद छन् । माओवादी र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिनासाथ हिक्मत कार्की नेतृत्वको सरकार अल्पतमा पर्छ । राप्रपाको साथ पाउँदासम्म एमालेतर्फ ४६ सांसद हुन्छन् ।

कोसीमा कांग्रेसका २९ सांसद छन् । सभामुखसहित माओवादी केन्द्रमा १३, एकीकृत समाजवादीका ४ र जसपाका एक सांसद छन् । सरकार गठन गर्न चाहिने ४७ सांसद गठबन्धनसँग छ ।

विश्वासको मत लिँदा मत बराबर हुँदा सभामुखले मत हाल्नसक्ने प्रावधानअनुरूप कोसीमा गठबन्धन सरकार बन्न सक्छ । मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता हुना साथ उनले एक महिनाभित्र विश्वास मत लिनुपर्छ । यसबेला राप्रपा एमालेसँग भए ४६ साथ छाडे ४० मतमात्र हुन्छ ।

राप्रपाले साथ नदिए संविधानको धारा १६८ को उपधारा २ अनुसार नै सरकार गठन गर्न गठबन्धनका नेताले कानुन विज्ञहरूसँग समेत छलफल गरेको बताएका छन् । प्रदेशलाई एमालेकै नेतृत्वमा छाड्न र अनिर्णयको अवस्थामा राख्न नसक्ने विषयमा सबैदल एकमत रहेको कांग्रेस सांसद केदार कार्की बताउँछन् । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy