Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

रास्वपाको संकेत : गृहमन्त्री नै पाए पनि सरकारमा नजाने

खबरडबली संवाददाता

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले उपनिर्वाचनमा दुई क्षेत्रमा विजय हासिल गरेसँगै सरकारलाई दिएको विश्वासको मत फिर्ता लिने संकेत गरेको छ। 
चितवन २ मा सभापति रवि लामिछाने र तनहुँ १ बाट स्वर्णिम वाग्ले विजयी भएसँगै सरकारलाई दिएको विश्वासको मत फिर्ता लिने संकेत रास्वपाले दिएको छ । 

चितवनबाट सभापति लामिछानेले भने, ‘सरकारलाई हामीले दिएको समर्थनबारे अब पुनर्विचार गर्छौं । हामीले अस्थिरता नहोस् भनेर समर्थन दिएका थियौँ,’ उनले भने, ‘अब काठमाडौं फर्किएपछि बसेर छलफल गर्छौं ।’ 

त्यसो त रास्वपाले उपनिर्वाचनअघि नै सरकारलाई दिएको विश्वासको मत फिर्ता लिने निष्कर्षमा पुगेको थियो । तर, चुनावमा जनताको मतका लागि सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको सन्देश जाने भन्दै रास्वपाले सरकारलाई दिएको विश्वासको मत कायम राखेको हो ।

 उपनिर्वाचनमा चितवन र तनहुँबाट जनताको ठूलो मत पाएपछि रास्वपा प्रतिपक्षीमै बस्ने  बताएको हो।  सरकारमा सहभागी हुने गरी रास्वपाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दोस्रोपटक ६ चैतमा विश्वासको मत दिएको थियो ।

तर, रास्वपाबाहेकका दलहरूलाई समेटेर प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गरेपछि रास्वपा असन्तुष्ट भएको थियो ।

 १० पुसमा बनेको गठबन्धनअनुसार गृह मन्त्रालयसहित आफूले पाएको मन्त्रालय पाउनुपर्ने दाबी रास्वपाले गरेपछि प्रधानमन्त्री प्रचण्ड दिन तयार भएनन्। नागरिकतासम्बन्धी मुद्दाको फैसलाले उनको मन्त्री साथै सांसद पद पनि गयो। गृहमन्त्री पाए पनि उनी सरकारमा नजाने निछोडमा पुगेका छन्। 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: