काठमाडौं। कोभिड–१९ को महामारीका कारण नेपालमा सञ्चालनमा आएका धेरै उद्योग प्रभावित भएको तथ्याङ्कले देखाएको छ ।
कोभिड–१९ का कारण चार महिना गरिएको बन्दाबन्दीका क्रममा ६३ प्रतिशत उद्योग पूर्णरूपमा बन्द भएका छन् ।
यस अवधिमा २४ प्रतिशत उद्योग प्रतिष्ठान आंशिकरूपमा सञ्चालनमा रहेका र १३ प्रतिशत उद्योग पूर्णरूपमा सञ्चालनमा रहेका तथ्याङ्कले देखाएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालय र तथ्याङ्क कार्यालय चितवनले आज यहाँ आयोजना गरेको अन्तर्राष्ट्रिय औद्योगिक सर्वेक्षणको प्रदेशस्तरीय नतिजा सम्बन्धमा आयोजित अन्तक्र्रिया कार्यक्रममा सो तथ्याङ्क सार्वजनिक गरिएको हो ।
सो समयमा १७ प्रतिशत कामदारले बिनासुविधा आफूले गरिरहेको काम छाड्नुपरेको छ भने ६० प्रतिशत कामदारले बिनातलब सुविधा अस्थायीरूपमा कामबाट अलग हुनुपरेको कार्यक्रममा जानकारी दिइयो ।
यस्तै ११ प्रतिशत कामदारको तलब सुविधा आंशिकरूपमा कटौती भएको र बाँकी १२ प्रतिशतले निर्धारित समयभन्दा ढिला पाएको राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक राजेश धितालले जानकारी दिनुभयो । अहिले देशभर ६० हजार एक सय ८५ उद्योग प्रतिष्ठान सञ्चालनमा छन् ।
त्यसमध्ये खानी तथा उत्खनन क्षेत्रमा तीन सय ५६, औद्योगिक उत्पादन क्षेत्रमा ५६ हजार छ सय ११, विद्युत्, ग्यास, वाफ तथा वातानुकूलित सेवा क्षेत्रमा नौ सय ९४, पानीको आपूर्ति, ढल निकास, फोहर व्यवस्थापन र त्यसको उपचारात्मक क्रियाकलापका क्षेत्रमा दुई हजार दुई सय २४ उद्योग प्रतिष्ठान रहेका छन् ।
नेपालमा सञ्चालनमा रहेका उद्योगमा ठूला उद्योग पाँच हजार १७, साना उद्योग ५१ हजार पाँच सय ९४ रहेको कार्यक्रममा जानकारी दिइयो । जनशक्तिका आधारमा उद्योगलाई वर्गीकरण गरिएको धितालले बताए ।
नेपालमा सञ्चालनमा रहेका उद्योगमा तीन लाख ८१ हजार छ सय ८७ जनाले प्रत्यक्ष रोजगार पाएका छन् । यी उद्योगमा तलब र ज्यालामा गरी रु एक खर्ब सात अर्ब ८९ करोड खर्च गर्ने गरेको तथ्याङ्क सार्वजनिक गरिएको छ ।
नेपालका उद्योग प्रतिष्ठानले गरेको उत्पादन ३९ दशमलव नौ प्रतिशत पूर्णरूपमा उपयोग गरेका छन् । यस्तै १८ दशमलव सात प्रतिशले ७५ देखि ९९ प्रतिशत, २९ दशमलव एक प्रतिशतले ५० देखि ७४ प्रतिशत, १० दशमलव तीन प्रतिशतले २५ देखि ४९ प्रतिशत उपभोग गर्ने गरेको सो अवसरमा जानकारी दिइयो । दुई प्रतिशतले २५ प्रतिशतभन्दा कम उपभोग गर्ने गरेका छन् ।
साना उत्पादनशील उद्योगमा ऋणको अवस्था खासै नरहेको पाइएको छ । साठी प्रतिशत उद्योगले ऋण नलिएको, ऋण लिने प्रक्रियामा रहेका पाँच प्रतिशत, ऋणको प्रतिबद्धता प्राप्त गरेका एक प्रतिशत र ऋण लिनेको सङ्ख्या ३४ प्रतिशत रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: