काठमाडौं। कोसी प्रदेशकी पूर्वसांसद (पूर्व प्रदेशसभा सदस्य) गुलेफुन खातुन शुक्रबार कारागार चलान भएकी छन्।
सरकारी कागजात किर्ते मुद्दामा दोषी ठहर भएकी खातुनलाई कैद सजाय भुक्तानका लागि जिल्ला कारागार मोरङ चलान गरिएको हो। उनी नेकपा एमालेका तर्फबाट २०७४ सालमा समानुपातिक सांसद बनेकी थिइन्।
लामो समयदेखि फरार रहेकी खातुन दिउँसो आफैँ जिल्ला अदालत मोरङमा उपस्थित भएकी हुन्। अदालत उपस्थित भएपछि खातुनलाई कारागार चलान गरिएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए।
उनका अनुसार सरकारी कागजात किर्ते मुद्दामा दोषी ठहर भएकी खातुनलाई अदालतले १ वर्ष कैद सजायको फैसला गरेको थियो। जिल्लाको फैसलाविरुद्ध उनी उच्च अदालत विराटनगर पुगेकी थिइन्। तर, उच्चले पनि जिल्लाकै फैसाल सदर गरिदियो। त्यसविरुद्ध उनी सर्वोच्च अदालत पुगिन्।
‘इन्साफ दोहोर्इपाउँ’ भन्दै सुनुवाइका लागि दायर गरेको निवेदन सर्वोच्चबाट अस्वीकृत भयो। खातुनको निवेदन अध्ययन गर्दै २०७९ जेठ २५ गते सर्वोच्चले निस्सा नदिने आदेश गरेको थियो। तर, त्यही मुद्दाका अर्का प्रतिवादी विजय कामतलाई भने सर्वोच्च अदालतले सुनुवाइका लागि निस्सा दियो।
सर्वोच्चबाट निस्सा नपाएकी पूर्वसांसद खातुन मलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५५ को सुविधा माग गर्दै निवेदनसहित जिल्ला अदालत मोरङमा उपस्थित भएकी थिइन्। उक्त दफामा १ वर्षसम्म सजाय तोकिएका कैदीले दिनको ३ सय रूपैयाँ शुल्क तिरेर बाहिरै बसी कैद भुक्तान गर्न पाउने कानुनी व्यवस्था छ।
तर, अदालतले आदेश नदिएपछि खातुनलाई कारागार चलान गरिएको सूचना अधिकारी बुढाथोकीले बताए। उक्त दफा अनुसार दिएको निवेदनउपर अदालतमा हरेक शुक्रबार सुनुवाइ हुन्छ। खातुनको निवेदनमाथि अर्को शुक्रबार सुनुवाइ हुनसक्ने बुढाथोकीले बताए।
अपमान गर्न नमिले भएकाले कानुनको इज्जत गरेर आफैँ अदालत उपस्थित भएको खातुनको दाबी छ। उनले कानुनको परिधिभित्र रहेर न्याय–अन्यायको फैसला गरिदिन पनि माग गरिन्।
खातुनसहित उनका पति शेख शिलबर मियाँ, मोरङको तत्कालीन कदमाह गाविसका कर्मचारी विजय कामत र दीपचन्द मण्डललाई जिल्ला अदालत मोरङका तत्कालीन न्यायाधीश अम्बिकाप्रसाद निरौलाको इजलासले २०७४ वैशाख ३१ गते दोषी ठहर गरेको थियो।
उनीहरूलाई जनही १ वर्ष कैद र ५० रूपैयाँ जरिवानाको फैसला अदालतले सुनाएको हो। साथै सरकारी कर्मचारी रहेका कारण कामत र मण्डललाई थप १ वर्ष गरेर जनही २ वर्ष कैद हुने फैसला अदालतले सुनाएको थियो।
जिल्लाको फैसलाविरुद्ध उनीहरू उच्च अदालत विराटनगर पुगे। उच्चले खातुनसहित कर्मचारी कामत र मण्डलका हकमा जिल्ला अदालतले गरेको कैद सजायलाई कायम गर्दै जनही १४ हजार ५ सय रूपैयाँ जरिवाना हुने फैसला २०७४ पुस ९ गते सुनाएको थियो। खातुनका पति मियाँले उच्चबाट सफाइ पाए।
मोरङको तत्कालीन कदमाह गाउँ विकास समिति ९गाविस०–२ ९हालको कटहरी गाउँपालिका–९० मा मधुसूधनराज पाण्डेको ३ बिघा १० कट्ठा जग्गामा खातुनका ससुरा शेख धाइका मियाँको मोहीयानी हक थियो।
मोहीयानी हकको जग्गा परिवारका अन्य सदस्यलाई नदिइकन आफ्नो नाममा मात्रै पार्ने उदेश्यसहित सरकारी कागजात किर्ते गरेको ठहर अदालतबाट भएको हो।
खातुनले मोहीयानी हकको ३ बिघा १० कट्ठा जग्गा आफ्नो पार्नलाई २०७१ चैत ४ गते तत्कालीन कदमाह गाविसका सचिवको सिफारिस पेश गरेकी थिइन्।
एउटै दर्ता नम्बरका २ वटा सिफारिस गाविसबाट आएपछि उनले किर्ते गरेको खुलेको थियो। त्यसपछि खातुनविरुद्ध मुद्दा चलेको हो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: